Categories
समाचार

सैनिक हेलिकप्टर दुर्घटनामा घाइते दुबै पाइलटको निधन

एजेन्सी । भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना भएको छ । यसमा पाइलट र को–पाइलट गरी दुईजना सवार थिए । दुर्घटना हुँदा स्थानीयले जि उँ दै उद्धार गरेका यी दुईको निधन भएको छ । यी दुईलाई हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याए लगत्तै दुबैलाई मृ त घोषित गरियो । पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भाग शिव गढ धारमा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका थिए ।

जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय नागरिकको मद्दतले सेना र स्थानीय प्रहरीले गम्भीर रुपमा घाइते पाइलटलाई दुर्घटनाग्रस्त हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याए । इलाकामा भारी वर्षा र कुहिरोका कारण दुर्घटना भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *