Categories
समाचार

कठै बिजोग ! एकै घरका खेल्ने पढ्ने उमेरका दाजुभाइको दु’खत निधन !

ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दाजु र भाइको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको बुधबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता मदन कुँवरका अनुसार पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै ईंटा उद्योगका मजदुर र गाउँलेले पानीबाट निकालेर उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएलगत्तै उनिहरुको मृत्यु भएको हो । यस्तै मोरङको रङ्गेली नगरपालिकामा चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो वर्षासँगै एक्कासि परेको चट्याङले लागेर रङ्गेली नगरपालिका–६ मलङ्गथानका २० वर्षीय नितेश रायको मृत्यु भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *