Categories
समाचार

सप्तरीमा सुतीरहेकै बेला मुखवाट फिज आएको देखेपछि दिदी-भाईलाई परिवारले अस्पताल लगे, तत्कालै भयो मृत्यु

काठमाडौ । वर्षायाममा तराईमा स र्पको विगबिगी हुन्छ । स र्पका कारण धेरै ब्यक्तिले ज्यान गुमाउने गरेका छन् । सप्तरीमा एकै घरका दिदी भाईको निधन भएको छ । उपचारका क्रममा अस्पताल लैजादै गर्दा उनीहरुको निधन भएको हो ।

खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र उनका नौ वर्षीय भाई कृष्ण मण्डलको निधन भएको हो । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई स र्पले ड सेको हो। उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए। राति सुतेको अवस्थामा दुवैको मु खबाट फि ज आएको देखेपछि परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए।

यो अर्को समाचार, पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो।

पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ। २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा(जमुना जुम्ल्याहा हुन्। घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *