Categories
समाचार

एक सुरमा रमाउँदै दौडिरहेको बालकलाई अजयले कराएर ‘पख भाइ पख भन्दाभन्दै ऊ ढलमा ख स्यो ‘

काठमाडौँ । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । अन्दाजी १० वर्षको बालक पानीमा रुझ्दै, उफ्रिँदै, नाच्दै आयो। ऊ आफ्नै सुरमा थियो। बच्चालाई त्यसरी हुत्तिँदै आएको देखेपछि अजयलाई डर लाग्यो। उनी पसलबाटै आत्तिँदै कराए, ‘भाइ… पख पख… एकछिन पख।’

उनी चिच्याएको सुनेर वरिपरि पसलका मान्छे हेर्न आए। तर एक सुरमा रमाउँदै दौडिरहेको बालकले अजय कराएको सुनेन वा वास्ता गरेन। ऊ हेर्दाहेर्दै ढलमा खस्यो।

‘त्यो भाइले ठूलो मान्छेले भनेको किन मान्नु भन्ठान्यो कि! बाटोमा पानी जमेको होला, म त्यही पानीमा छप्ल्यांग गर्दै उफ्रिन्छु पो भन्ठान्यो कि!’ बालकलाई ढलमा खसेको प्रत्यक्ष देखेका अजयले भने, ‘पख भाइ पख भन्दाभन्दै ऊ ढलमा खसिहाल्यो। सबैतिर पानी जमेकाले कहाँ ढल हो, कहाँ बाटो भन्ने पनि राम्ररी देखिएको थिएन।’

कपनको प्रहरी कार्यालयमा अहिले दुई बच्चा हराएको उजुरी परेको छ। एउटा बच्चा बिहानैदेखि हराएको र अर्को बेलुकी हराएको भन्ने उजुरी परेको हो। बेलुकी हराएको भनिएको बालक नै ढलमा खसेर बेपत्ता भएको हुनसक्छ तर नभेटिएसम्म पहिचान ठ्याक्कै भन्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन्।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *