Categories
समाचार

“मलाई बचाउनुहोस् म डक्टर बनेर तपाइँको सेवा गर्ने छु” १४ वर्षिय एलिशा थापा मगर सक्दो शेयर गर्नुहोस।।

कान्ति बाल अस्पताल
बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती। रक्तक्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचाररत छिन्। पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोकप्यास सबै हराएको छ। केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ।

रामेछापको दोरम्बाकी १४ एलिशा थापा मगरका मातापिता निकै ठूलो तनावमा छन्। कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा। उनलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ।ट्याक्सी चलाउने कृष्णबहादुरमाथि परेको विपत्ति

कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन्। छोरीका लागि आमाबुवा पनि संघर्ष
गरिरहेका छन्। कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन्। तर, एकाएक उनीहरूमाथि नसोचेको तनाव आइपरेको छ अहिले। सामान्य आर्थिक हैसियतका कृष्णबहादुर र दीपाले छोरीको उपचारमा आफूसँग भएको सम्पूर्ण रकम खर्च गरिसकेका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

दिउँसो प्रहरी कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने कृष्णबहादुर रातको समयमा भाडाको ट्याक्सी चलाउँछन्। एलिशाको अवस्था दिन्दिनै जटिल बन्दै गएको छ।

कान्ति बाल अस्पताल बाहिर श्रीमान् श्रीमती निकै तनावपूर्ण अवस्थामा भेटिन्छन्। ‘तनाव हुन्छ, चिन्ता हुन्छ नि, एक मात्रै सन्तान,

पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच छ, छोरीलाई रोगले सतायो, उनी अहिले अस्पतालको बेडमा पुगिन्,’ यति भनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *