Categories
Uncategorized

जन्मदिनकै दिन हिमानीले भनिन्, ‘अब सहेर बस्ने छुट छैन’

नवलपरासी – पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन्। नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले अब यो स्थितिलाई रोक्नुपर्ने बताएकी हुन्।

‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन,’ उनले भनिन्। हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो। कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ। त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन्। उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् । उनले भनिन्, ‘सबै जनसंख्यालाई खोप लगाउनुपर्नेछ। किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *