Categories
समाचार स्वास्थ्य

ससुरालीमा बस्दै आएका दीपेन्द्र झु ण्डिएको अवस्थामा फेला

काठमाडौ । ससुरालीमा बस्दै आएका एक युवक मृ त फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका¬–१ कोटदेवलमा एक किशोर झु ण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका १७ वर्षीय दीपेन्द्र रोकाया झु ण्डिएको अवस्थामा फेला परेका जानकारी दिए ।

उनको मृ त्युबारे अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । ११ असोजदेखि ससुराली बस्दै आएका रोकाया घरभन्दा पर रुखमा झु ण्डिएको अवस्थामा फेला परेका हुन् । फाइल तस्बिर

गुल्मीमा यात्रु सहायता कक्ष स्थापना
गुल्मीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व नजिकिएसँगै यात्रुको संख्या अधिक हुने र ठगी हुने सम्भावनालाई ख्याल गर्दै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीको संयुक्त पहलमा सहायता कक्ष सञ्चालन गरिएको हो ।

तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुको सहजताका लागि तम्घास बजारका दुई बसपार्कमा र गुल्मी भित्रिने मुख्य प्रवेशद्वार रिडीमा सहायता कक्ष सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सहायता कक्षमा यात्रुहरूको समस्याहरू समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यवस्था गरिने आचार्यले बताए । सहायता कक्षमा यात्रुले गाडी नपाउने, भाडा दोब्बर असुल्लने, क्षमताभन्दा बढी यात्रु चढाउनेजस्ता समस्या समाधानको काम हुनेछ ।

त्यस्तै, तम्घास बजारको चापलाई घटाउने प्रहरी प्रशासन र यातयात व्यावसायीबीच दैनिक बिहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *