Categories
समाचार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइतेको अबस्था कस्तो छ ?

धनगढी । कैलालीमा मोटरसाइकल दु’र्घट’नामा प’रेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका-५ मा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्युु भएको सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दु’र्घटनामा परेर लम्की चुहा नगरपालिका-७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्युु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार अन्य तीन जना समान्य घाइते भएका छन् । लम्की चुुहा नगरपालिका-७ का मोटरसाइकल चालक २५ वर्षकै अभिषेक चौधरी, २० वर्षका जीवन चौधरी र २४ वर्षीय प्रकाश चौधरी घाइते भएको प्रहरीले जनाएको छ । सामान्य उपचारपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

यो पनि, अझै बनेन रोल्पा अस्पताल भवन
जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६÷०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेकोे बताउनुभयो ।

उहाँले भन्नुभयो “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ । भवन अभावमा उनीहरु आएका छैनन । समयमै भवन नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा परेका छन् ।” जिल्लामै पहिलो पटक चिकित्सा विशेषज्ञ सेवाका लागि ‘एमडी’को तहको दरबन्दी स्वीकृत भई तिहारलगत्तै हाजिरी हुने भनिए पनि भवन अभावले चिकित्सक आउन पछि थकेलिएको जनाइएको छ ।
संविधानले दिएको मौलिक हकसमेत उपभोग नपाएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । “सामान्य स्वास्थ्योपार गर्नसमेत जिल्ला बहिर जानुपर्दा पैसा र समयको नोक्सानी बेहोर्नुपरेको छ”, उहाँले भन्नुभयो । “भवन निर्माण समयमै भए जिल्लाबाटै विशेषज्ञ सेवाले जिल्लावासी लाभान्वित हुने थिए”, उहाँले भन्नुभयो । निर्माण व्यवसायीले दलीय आवद्ध भएर बस्ने भएकाले यस्ता लापर्बाही बढ्ने गरेका जिल्लावासीको गुनासो छ ।

अस्पताल भवन रु ३३ करोडको लागतमा निर्माण गर्न थालिएको अस्पतालका सूचना अधिकृत कुलबहादुर डाँगीले जानकारी दिनुभयो । निर्माण व्यवसायी खगेन्द्र बुढामगरले निर्माणको काम गर्दै आएको उहाँको भनाइ छ । निर्माण व्यवसायी बुढामगरसँग सम्पर्क गर्न प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । दुई÷चार कामदारबाहेक साइटमा थप मजदूर परिचालन गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *