Categories
Uncategorized

सौतेनी हजुरवुवाले ११ वर्षकी बालिकालाई गर्भवती बनाए, पूरै देशमा बबाल

काठमाडौं। सौतेनी हजुरवुवाका कारण गर्भवती भएकी एक ११ वर्षकी बालिकाले गर्भ पतन गराउने विषयमा अहिले देशभर बबाल भएको छ । यो घटना दक्षिण अमेरिकी देश बोलिभियामा भएको हो । मानव अधिकार कार्यकर्ताहरुले उनको गर्भपतन गराउनुपर्ने कुराको समर्थन गरेका छन् भने केही धार्मिक संगठनहरुले यसको विरोध गरेका छन् । जसका कारण पुरै देशमा बबाल भएको छ । धार्मिक संगठनले बालिकाको आमा र अभिभावकलाई समेत आफ्नो कुरामा समर्थन गर्ने बनाएका छन् ।

डेलीमेलको एक रिपोर्टअनुसार सौतेनी हजुरबुवाले ११ वर्षकी बालिकालाई गर्भवती बनाएका थिए । हजुरबुवालाई जेल पठाइयो तर बालिकाका विषयमा भने देशभर बबाल भएको हो । एकतिर मानवअधिकार संगठनले बालिकाको गर्भपतन गराउने सल्लाह दिइरहेका छन् भने क्याथोलिक चर्च र धार्मिक संगठन यसको विरोधमा छन् । यो विवादले अहिले त्यहाँ तीब्र बहस सुरु भएको छ ।

यो घटनामा क्याथोलिक चर्चको हस्तक्षेपमाथि गम्भीर रुपमा प्रश्न उठाइएका छन् । धार्मिक समूहहरुले पी डि तकी आमासँग कुरा गरेको र उनलाई पनि विरोध गर्न राजी बनाएको दावी गरिएको छ । तर, मानवअधिकार संगठन र गर्भपतन सम्बन्धी कानुनका कारण पी डि तको परिवारले आफ्नो फैसला बदलेका छन् ।

बोलिभियाकी मानव अधिकार कार्यकर्ता एन पाओला गार्सियाले भनिन् ‘बालिकालाई यो पनि थाहा थिएन कि गर्भवती हुनु भनेको के हो ? उनले आफ्ना काकातर्फका दाइलाई आफूले पेटभित्र केही हल्लिरहेको महसुस गरेको बताएकी थिइन् । दाजुले आमालाई बताएपछि आमाले पुलिसलाई सूचना दिएकी थिइन् ।’ बोलिभियामा आम रुपमा गर्भपतन अ वै ध छ तर यस्ता घटनामा परेका, जन्मजात विकृति वा आमाको ज्या न खत रा मा भएको अवस्थामा भने गर्भपतन गराउन पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *