Categories
समाचार

शाहरुख खानकी छोरी र अमिताभ बच्चनका नातीले फिल्ममा डेब्यु गर्दै

काठमाडौ । बलिउड अभिनेता अमिताभ बच्चनको नाती र शाहरुख खानकी छोरी जोडी बन्ने भएका छन् । तर यो जोडी फिल्मका लागि बन्ने भएको हो । बलिउड निर्देशक जोया अख्तरले आफ्नो नयाँ फिल्म घोषणा गरेकी छिन् । उनले आर्ची कमिक्सलाई फिल्मको आकार दिन लागेकी छिन् । जोयाको यो प्रोजेक्ट नेटफ्लिक्समा स्ट्रिम हुनेछ। सामाजिक सञ्जालमा यस प्रोजेक्टको जानकारी दिँदै जोयाले आर्ची कमिक्सको स्क्रिनसट सेयर गरेकी छिन् ।

आफ्नो पोस्टमा, जोया अख्तरले फिल्मको स्टारकास्ट खुलासा गरेकी छैनन्। तर जोयाको फिल्ममा सुहाना खान (शाहरुख खानकी छोरी), अगस्त्य नन्दा (अमिताभ बच्चनकी नाती) र खुशी कपूर (बोनी कपुरकी छोरी) मुख्य भूमिकामा रहने खबरहरू सामाजिक सञ्जालमा छन्।

यी तीन कलाकारका छोराछोरी जोया अख्तरको फिल्मबाट डेब्यु गर्ने चर्चा थियो । यो लिस्टमा इब्राहिम अली खानको नाम पनि परेको छ । यद्यपी सुहाना, खुशी र अगस्त्यको कास्टिङबारे आधिकारिक बयान भने आएको छैन । न त यीनीहरुले नै आफ्नो फिल्मबारे केही प्रतिकृया दिएका छन्।

जोयाको यो फिल्मको नाम द आर्चिज हुनेछ । यो चार साथीको कथा हुनेछ। जसमा उनको किशोर जीवन देखाइनेछ । यसमा लभ ट्रयाङ्गलको ट्वान्टीज पनि हुनेछ । आर्ची ग्या ङ को यो भारतीय संस्करण फ्यानहरुलाई निकै मन पर्ने अनुमान गरिएको छ । यो म्युजिकल ड्रामा जोया अख्तरले निर्देशन गरेकी हुन् । यो प्रोजेक्टका लागि जोयाले रीमा कागतीसँग हात मिलाएकी छिन् । जोयाको नयाँ फिल्मको घोषणा भएदेखि नै सामाजिक सञ्जालमा निकै हलचल भएको छ ।

सोनाक्षी सिन्हा, दीपिका पादुकोण, महिप कपूर लगायत धेरै सेलिब्रेटीहरूले कमेन्ट सेक्शनमा आफ्नो उत्साह देखाएका छन्। जोया यस परियोजनाको लागि धेरै उत्साहित छिन्। जोयाले आफ्नो एक बयानमा आर्ची कमिक्स उनको बाल्यकाल र किशोरावस्थाको महत्वपूर्ण हिस्सा रहेको बताएकी थिइन् । यसका पात्रहरू प्रतिष्ठित छन्, जसले विश्वव्यापी रूपमा मानिसहरूको माया पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *