Categories
Uncategorized

तीन दिनदेखि हराएका बालक मृत फेला

विराटनगर / तीन दिनदेखि हराएका मोरङको बुढीगंगा गाउँपालिका-५ हात्तीमुडाका एक बालक मृत फेला परेका छन् ।उपेन्द्र रायका १४ वर्षीय छोरा निश्चल रायको शव बुधबार बिहान घरदेखि पूर्वपट्टिको सिंघीया खोलामा फेला परेको हो । निश्चल कात्तिक २२ गतेदेखि हराएका थिए ।तीन दिनदेखि हराएका निश्चलको शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीले जनाएको छ। बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ रहेको छ । घट्नाबारे अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।घटना रहस्यमय रहेको भन्दै मृतकका परिवारले हत्या गरेर छोराको शव फालेको भन्दै घटनाको अनुसन्धानका लागि माग गरेका छन् । छोरा हराएको लिखत उजुरी प्रहरी कार्यालयमा समयमै दिँदा पनि प्रहरीले गम्भीर रूपमा खोजी नगरेको परिवारको आरोप छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *