Categories
समाचार

आमा धान कुटाउन गएको बेला छाेराकाे कुलोमा डु’बेर मृ’त्यु

दाङमा कुलोमा डु’बेर तीन वर्षीय बालकको मृ’त्यु भएको छ । जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का कब्यान्सन डाँगीको तुलसीपुर-१२ कौवापुरस्थित कुलोमा डुबेर शनिबार मृ’त्यु भएको हो ।

आमासँगै गाउँकाे घरमा पुगेका उनकाे तोरी खेतीमा पानी सिचाइ गर्ने कुलोमा डुबेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।डिएसपी अर्यालकाअनुसार आमा स्थानीय मिलमा धान कुटाउन गएको समयमा बालक कुलोमा हा’म फा’लेको र ह्युमपाइपमा मृत अवस्थामा फेला परेका थिए ।

उनको तुलसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। उनको शव पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।यसैबीच भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित सिद्धपोखरीमा शनिवार साँझ चाँगुनारायण नगरपालिका–३ झौखेलका २७ वर्षीय राजेश सुलुको डुबेर मृ’त्यु भएको हो।

डुबेको जानकारी पश्चात महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक श्याममणि पोख्रेलको नेतृत्वमा १० जनाको टोली परिचालन भएको थियो।साँझ करिव पौने ५ बजे डु’बेका उनलाई उद्धार गरी भक्तपुर अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा करिब साढे पाँच बजे मृ’त्यु भएको प्रहरी परिसरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *