Categories
Uncategorized

अमेरीका बस्ने अर्को केटा भेटेपछि बिदेशमा भएको श्रीमान सँग श्रीमतीले डिभोर्स मागीन्, हतारीदै नेपाल फर्के किशोर (भिडियो हेर्नुस्)

काठमाडौ । नेपालगन्जका किशोर थापा परिवारको सपना साकार पार्न विभिन्न खाडी मुलुकमा पुगे । ससुरालीको सल्लाहमा ससुरालीकै जग्गामा उनले घर बनाए । ससुरालीकै जग्गा किनेर उनीहरुकै संरक्षणमा श्रीमतीलाई राख्न घर बनाए । उनले त्यो नै आफ्नो ठूलो गल्ती भएको बताउँछन् । तर यता नेपालमा भएकी श्रीमती पब्जी खेल्दा खेल्दै अमेरिकामा भएका अर्का युवकसंग प्रेममा परेको थाहा पाएको बताए ।

उनले श्रीमती र ति युवकबीचका कुराकानी पनि आफुले देखेको बताए । तर उनकी श्रीमतीले भने श्रीमानले लगाएको सबै आरोप खण्डन गरेकी छन् । किशोरको पहिलो श्रीमतीसंग स म्ब न्ध विग्रिएर दोस्रो विवाह गरेका थिए ।

तर दोस्रो विवाह गरेपछि पनि आफु खुसी हुन नसकेको उनको गुनासो छ । परिवारकै खुसीका लागि खाडी मुलुकमा आफुले पसिना बगाउँदै गर्दा नेपालमा भएकी श्रीमतीले भने अन्तै खुसी खोज्न लागेको गुनासो गरेका छन् । तर अहिले अमेरिकामा भएका ति युवकसंग जान मिल्ने अवस्था नभएपछि कुरा फेरेको उनको भनाई छ । यता श्रीमतीले भने श्रीमानकै गल्ती भएको बताएकी छन् ।

आफ्नो कुनै युवकसंग स म्ब न्ध नभएको बताएकी छन् । श्रीमानले कमाएको आम्दानी र सम्पत्ती पनि हिनामिना गरेको श्रीमानको आरोप छ यता श्रीमतीले भने आफुलाई गलत आरोप लगाउने श्रीमानसंग अब संगै बस्न नसक्ने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *