Categories
Uncategorized

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी, २१ घर जलेर न ष्ट

काठमाडौ । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गए राति साढे १२ बजेदेखि आगलागी सुरु भएको हो । आगलागीमा परि २१ घर जलेर पूर्णरुपमा न ष्ट प्रहरीले जानकारी दिएको छ। अहिले आ गो लाई फैलनबाट रोके पनि पुरै आ गो भने नियन्त्रणमा आइनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

उनले भने, आगलागीबाट धेरै नोक्सानी भएको अनुमान छ मानवीय क्षति भने भएको छैन। अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको उनको भनाइ छ ।

‘आगो अन्य घरमा नफैलियोस् भनेर केही घर भत्काइएको छ,’ प्रजिअ महतले भने, ‘पसलै पसल रहेका २१ घर ज लेका छन्। आगो अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। ज लेका घरहरुमा अझै आ गो बलिरहेको छ। अन्य घरमा आ गो फैलिनबाट भने हामीले रोकेका छौँ।’

स्थानीय खिन्ने लामाको पूजाकोठामा बालिएको बिजुली बत्तिबाट आगलागी सुरु भएको प्रजिअ महतले बताए। ‘गमगढीको साँघुरो सडक र बाक्लो बस्ती भएको बजारमा आगलागी भएकाले नियन्त्रणमा लिन निकै समय लाग्यो,’ महतले भने, ‘रातभरको प्रयासपछि अघि बिहान साढे ४ बजे मात्रै आगलागी नियन्त्रणमा आएको छ।’

गमगढी नगरपालिकासँग बारुण यत्र छैन। बारुणयन्त्र नहुँदा पनि आ गो निभाउन समस्या भएको प्रजिअ महतले बताए। सुरक्षाकर्मी र स्थानीयले पानी, सेउला र माटो प्रयोग गरेर आ गो नियन्त्रमा लिएका हुन्। क्षतिको विस्तृत विवरण संकलन सुरु गरिएको प्रजिअ महतको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *