Categories
समाचार

काठमाडौंमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कलंकीमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ओम जनता यातायातको बसले पठायो​ स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्कुटरमा चालक धादिङ खरि घर भइ हाल थानकोट बस्ने ३५ वर्षीय रामबहादुर आचार्य र स्कुटरमा सवार बाँकेका इमाडोल बस्ने ५२ वर्षीय यादवकुमार साह रहेका छन्।

मंगलबार अपरान्ह बसको ठ’क्करबाट गम्भीर घाइते भएका उनीहरुलाई वयोधा अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो।

कलंकीको सीता पेट्रोल पम्प नजिक कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३ –०२ –०१४ प ७७६३ नम्बरको स्कुटरलाई कलंकीतर्फ जाँदै गरेको प्रदेश ०३–०१– ००५ ख ९३०० नम्बरको सार्वजनिक बसले ठ’क्कर दिएको ट्राफिक महाशाखाका डीएसपी सुनिलजंग शाहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *