Categories
समाचार

पिङ खेल्ने क्रममा डोरीमा झुण्डिएर ९ वर्षिया बालकको मृत्यु

काठमाडौ । हुम्लामा पिङ खेल्ने क्रममा पिङको डोरीमा झुण्डिएर ९ वर्षिया बालकको मृत्यु भएको छ । निधन हुनेमा सर्केगाड गाउँपालिका वडा नं १ निवासी हरिया दमाईका छोरा धौला दमाइ रहेका छन् ।

सोमबार दिउसो ३ वजे सर्केगाड गाउँपालिका १ जैर गाउँको स्याँडी भन्ने वनमा गोठालो गएका दमाई साथिहरुसंग रुखमा लगाईको पिङ खेल्ने क्रममा पिङको एक तिरको डोरी चुण्डिएर घाँ टी मा बेरीदा उनको मृत्यु भएको जैरका स्थानियबासि धनलाल बुढाले बताए ।

घटनास्थल गाउ भन्दा टाढा रहेकाले गाउबाट मान्छे घटनास्थलमा पुग्दा सम्म बालकको मृत्यु भईसकेको थियो । मंगलबार हिन्दु परम्परा अनुसार वालकको अन्तिम संस्कार गरीएको उनले बताए ।

यो अर्को समाचार, कोरोना संक्रमणको कारण हिमाली जिल्ला हुम्लामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना संङ्क्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५५ वर्षका पुरुषको थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

गएको साता लक्षणसहितको संक्रमण पुष्टि भएका टोप्ले कामीको सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न संभव नभएपछि थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले बताए । कोरोना संक्रमणबाट हुम्लामा पहिलो पटक एकजनाको मृत्यु भएको छ ।

संक्रमित कामीको अक्सीजनको लेवल ४० भन्दा तल थियो गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सीजन दिने अवस्था नभएका कारण उनको ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *