Categories
Uncategorized

झापामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना पुष्टि

झापा । झापामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि हुनेहरूमा पीसीआरतर्फ ११८ जना र एन्टिजेन परीक्षणबाट २० जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या पीसीआरतर्फ ९ हजार ६३२ जना र एन्टिजेन परीक्षणबाट ६४६ जना पुगेको छ ।

आज ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कुल संक्रमणमुक्त हुनेको संख्या ५ हजार ५२८ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा झापाका थप ७ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २२० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *