Categories
समाचार

खोप सकिएपछि काठमाडौँ महानगरद्वारा खोप अभियान स्थगित

खोप सकिएपछि काठमाडौँ महानगरपालिकाले बिहीबार खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । महानगरको शहरी स्वास्थ्य विभागले एक विज्ञप्ति जारी गर्दै जिल्ला छुट्याइएको संख्या पुरा भइसकेको सूचना प्राप्त भएकाले खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने भनिएको थियो । काठमाडौँ महानगरले ३२ वटै वडामा खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए ।

चीनले दोश्रो पटक १० लाख भेरोसिल खोप अनुदानमा दिएपछि सरकारले उमेर समूह छुट्याएर जेष्ठ नागरिकलाई खोप लगाउन थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *