Categories
समाचार

कोरियामा कार्यरत गजेन्द्र शेर्माद्वारा गाउँबासीका लागि २ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

यासोक । पाँचथरको कुम्मायक गाउँपालिका २ माङजाबुङ निवासी गजेन्द्र शेर्माले स्थानीय समुदायलाई कोरोना भाईरस कोभिड १९ का स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको छ ।

रोजगारीका शिलसिलामा दक्षिण कोरिया पुग्नु भएका समाजसेवी गजेन्द्र शेर्माले आफ्नो जन्म थलो माङजाबुबासीका समुदायलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि २ लाख १६ हजार बराबरका स्वास्थ्य समाग्री आफ्नो व्यक्तिगत खर्चबाट उपलब्ध गराउनु भएको हो।

माङजाबुङको वडा कार्यलयमा एक औपचारिक कार्यक्रमका साथ माङजाबुङका प्रत्येक घर परिवारका लागि सो स्वास्थ्य समग्री वितरण गरिएको थियो ।
कोरोना कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुगोस भनेर ६ थान अक्सिजन सिलिण्डर, ८ हजार ५ सय थान मास्क र ८ सय ५० थान सेनिटाईजर माङजाबुङबासीका लागि प्रदान गरेको समाजसेबी गजेन्द्र शेर्माले प्रेस बिज्ञप्ती मार्फत जनाउनु भएको छ ।

शेर्माले कोरियाबाट प्रदान गर्नु भएको स्वास्थ्य सामग्री प्रत्येक टोल समितीमा रहेका महिला स्वास्थ्य स्वमंसेवीका मार्फत प्रत्येक घरमा पुर्‍याईने छ ।
रोजगारीको सिलशिलामा कोरिया रहनु भएका गजेन्द्र शेर्माले यो भन्दा अगाडि पनि विभिन्न सामाजिक कामहरु गर्दे आउनु भएको छ ।

आफ्नो गाउँबासीलाई सम्झेर स्वास्थ्य सामग्री सहयोग गरेकोमा माङजाबुङबासीका तर्फबाट शेर्मालालई धन्यावाद व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *