Categories
मनोरञ्जन

शिशिर भण्डारी र उनको श्रमिती कलाकार ‘इकु’ को घरमा पुग्दा | अचम्मको कुरा, इकुको १४ जना छोराछोरी रहेछन् (भिडियो हेर्नुस)

शिशिर भण्डारी इन्टरटेनमेन्टको अर्को भिडियोमा शिशिर भण्डारी र उनको श्रीमती इकुको आश्रममा पुगेका छन् । मुलपानीको आश्रममा पुग्दा शिशिर र उनको श्रीमतीले त्यहा रहेका १४ जना बालबालिकाहरुका लागि खाद्यान्न लिएर पुगे । कलाकार सुलेमान शंकर इकु बिगत लामो समयदेखि १४ जना नानी बाबुहरुलाई आश्रय दिएर बसेका छन् । उनले परिवार बिहिन बालबालिकाहरुको जिम्मा लिदै आफ्नो कलाकारिता र अन्य सहयोगीहरुको साथले हुर्काउँदै र बढाउँदै आएका हुन् । इकुको आश्रममा पुग्दा यतिबेला लकडाउनका कारणले आफुलाई नानी बाबुहरुलाई खुवाउन गाह्रो परिरहेको इकुले बताए ।

शिशिर भण्डारीसँगको कुराकानीमा इकुले आफुलाई लकडाउनको समयमा ऋण लाग्ने गरेको बताए । वरीपरीको घरमा कोरोना सँक्रमण बढेसंगै नानी बाबुहरुको स्वस्थयलाई लिएर चिनितत रहेका इकुले स्नेह आश्रमका लागि एउटा सानो घर बनाउने सपना पनि बुनेका छन् । त्यसका लागि सबैको साथको खाँचो उनलाई छ । शिशिरकी श्रीमतीले आफु इकुको फ्यान रहेको बताईन् र उनको फिल्म इकु हेर्दाको अनुभव साटिन् । भिडियो हेर्नुस

Categories
मनोरञ्जन

ब्वाईफ्रेण्डले बादर्नी भनेपछि डेटिङमै भयो ल,फ,डा (भिडियो सहित्)

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिषय समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता प्रकारका भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

भिडियो दर्शकलाई भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिए हो । दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । भिडियोमा सदिक्षा अधिकारी ईस्वर दुलाल फिचर छन्, भने भिडियोलाई मनोज तिम्सीनाले छांयकन गरेका हुन् ।

Categories
मनोरञ्जन

चटपटेवाली रचना यसरी बनिन् चर्चित गायिका (तस्बिर सहित)

सानै उमेरमा ठूलो सफलता पाउने कलाकारहरू मध्ये रचना रिमाल पनि एक हुन् । धेरै गीतहरु गायकी सुन्दरी रचनाको जन्म १९८८ अगस्ट १३ मा झापाको भद्रपुरमा भएको थियो । उत्कृष्ट गायन क्षमता भएकी उनको साङितिक करियर भने २०२० बाट सुरु भएको थियो । उनी तीन दिदिबहिनी मध्येकी माइली छोरी हुन् ।

भन्छन् नी संघर्ष बिनाको सफलता बिरलै पाइन्छ । हो त्यहि अनेकौं संघर्षलाई पार गर्दै अगाडि बढेकी गायिका हुन् रचना रिमाल । झापाको भद्रपूरमा जन्मिएकी रचनाका बाबा टेम्पो कुदाउनु हुन्थ्यो । आमा सानो चटपटे र चकलेट पसल चलाउनुहुन्थ्यो अनि फुर्सदमा कपडा सिलाउने काम पनि ।

उनी सानैदेखी निकै राम्रो गीत गाउथिन् । उनको मिठो आवाज सुनेपछि विभिन्न युट्युब च्यानलहरुले अन्तर्वार्ता र गीतहरु लिग्न थाले । उनको भिडियोहरु धेरैले मन पराएपनि । कतिपय भिडियोहरु भाईरल नै बन्यो ।उनले चटपट बनाउदै, गीत गाउदै, सबैलाई मन्त्रमुग्ध पार्थिन । उनको यहि भिडियो निकै भाइरल बन्यो । त्यसपछि सामाजिक संजालमा पनि उनलाई ‘चटपटेवाली गायिका’ भनेर मन पराउन थालियो ।

भन्ने गरिन्छ आफू सँग प्रतिभा भएर मात्र पुग्दैन, अवसर खोज्दै जानुपर्छ तर रचना रिमाल यस्ती भाग्यमानी गायिका हुन् जस्को सुरिलो आवाजमा गीत सुन्न र अन्तर्वार्ता लिन थुप्रै मिडियाहरु उनको घर बाहिर पालो कुरेर बस्थे । नेपाल आइडल जस्तो ठूलो प्ल्याटफम पनि उनलाई अडिसन लिन उनकै घर पुगेको थियो । फ्रेन्चाइज सिङ्गीङ रियालिटी–सो नेपाल आइडल सिजन–३ बाट चर्चामा आएकी रचना भोटिङ राउण्डबाट बाहिरिएकी थिईन ।

त्यो समयमा तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचना चौथो हप्तामा भने सबैभन्दा कम भोट पाउँदै प्रतिस्पर्धाबाट बाहिरिएकी थिईन । तर नेपाल आईडलबाट बाहिरिएपनी उनको साङितिक यात्राले भने गति लिग्यो । गायन रियालिटी शोबाट चर्चामा आएर त्यसरी नै चर्चामा बसिरहने गायकगायिकाहरु कमै देख्न पाईन्छ । रचना पनि यहि कम मध्येमा पर्छिन ।

उनको पहिलो पटक वसन्त सापकोटाको शब्द सङ्गीतमा “रुमाल चिनो देउन कान्छा पसिना आउँदा पुछौला” बोलको गीत रेकर्ड भएको थियो । रचनाको यो गीत अडियोमा मात्र भए पनि यस गीतलाई धेरै दर्शक श्रोताले अत्यधिक मन पराइदिएका छन् । थुप्रै चर्चित गीतमा स्वर दिएकी उनले गाएको गीत ‘फोटो फिरिममा’ निकै हिट भयो । त्यही गीतबाट उनको नाम पनि चर्चामा आयो ।

यतिमात्र होईन सोहि गीतबाट उनले जीवनकै पहिलो अवार्ड हात पारेकी थिईन । उनले ‘फोटो फिरिममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी थिईन् । रचना रिमाललाई नचिन्ने कमै छन् होला । सुन्दरी गायिका रचना निकै भाईरल भैरहनी गायिका हुन् । गीतबाट भन्दापनि अन्तरबार्ताबाट भाईरल भैरहने रचनाका कतिपय क्लिप्सहरु त ट्रोल पनि बनेका छन् ।

तर उनलाई चुरोट खुवाएर, चस्मा लगाईदिएको ट्रोल देख्दा राम्रो नलाग्ने बताउछिन् । अन्तरबार्ता रचनाले दिएको सर्टिक उत्तरहरु निकै भाईरल बन्ने गरेका छन् । कतिपयले उनलाई सार्है सोझो भएको बताउछन् भने कतिपय रचनालाई चलाख ठान्दछन । उनले अघिल्लो लकडाउनमा मात्र ४० भन्दा बढी गीत गाएकी थिईन ।

Categories
मनोरञ्जन

प्रयाँक गरेर श्रीमती रुवाएका शिशिरलाई माईतीबाट फर्केपछि श्रीमतीले नै दिईन्, यस्तो सजाय (भिडियो हेर्नुस)

शिशिर भण्डारीको नयाँ युट्युब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्ट पनि चर्चित बन्दैछ । पछिल्लो लकडाउनमा शिशिर र उनको श्रीमती मिलेर बिभिन्न रमाईला भ्लग, खेल र प्रयाँकहरुलाई अप्लोड गर्दै अगाडि बढाएको यो च्यानलका भिडियोहरु लोकप्रिय बन्दै छन् । यसैबिच अघिल्लो भिडियोमा शिशिरले आफ्नी श्रीमतीलाई प्रयाँक गरेका थिए । प्रयाँपछि श्रीमती रोएकी थिईन् ।

यस च्यानलमा अर्को भिडियो आएको छ जसमा शिशिरलाई श्रीमतीले माईतबाट फर्किएपछि सजाय दिन्छिन् । उनले शिशिरलाई २० पटक उठबस गराउँदै प्रयाँकको बदला लिन्छिन् । यता शिशिरले पनि श्रीमतस्को कुरालाई स्विकार्दै उठबस गर्दछन् । यो रमाईलो भिडियोलाई पनि दर्शकहरुले रुचाएका छन् । यस सँगै शिशिर र उनको श्रीमतीले आगामी दिनहरुमा यस च्यानल मार्फत पनि सामाजिक कामहरु पनि गर्ने बताएका छन् । भिडियो हेर्नुस

Categories
मनोरञ्जन

बिना मेकअप हिट भएकी यी अभिनेत्रीले २ करोड दिदा पनि किन गरिनन मेकअप ? यस्तो अनौठो कारण –हेर्नुस् फोटोफिचरस

काठमान्डौ : दक्षिण भारतको चर्चित अभिनेत्री साई पल्लवी उत्कृस्ट अभिनयको कारण सबैमाझ चर्चित छिन् । दर्शकमाझ उनले एक छुट्टै स्थान बनाएकी छिन् । उनको केहि दिन अगाडी २९ औ जन्मदिन परेको थियो । अभिनेत्री साई पल्लवीले अहिलेसम्म तामिल, तेलुगु र मलयालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

सन २०१५ मा रिलिज भएको फिल्म प्रेमबाट अभिनयको सुरुवात गरेकी अभिनेत्रीले त्यसपछि कहिलेपनि बिगतलाइ फर्केर हेर्न परेन । साई पल्लबीको एक बिशेषता जसले सबैलाइ प्रभावित पारेको छ ।

उनि जुनसुकै फिल्महरुमा साधारण र कुनैमेकअप बिना देखा पर्छिन्। यो कुरा सुनेर दर्शक अचम्मित छन् ।आजको समयमा युवतीहरु बीच एक अर्को भन्दा राम्रो देखिने प्रतिष्पर्धा चलिरहेको छ।

साई पल्लवी धरै फिल्महरुमा बिना मेकअप अभिनय गर्छिन्। गर्नै परेमा पनि उनि हल्का मेकअपमा देखिन्छिन्। आजसम्मको फिल्महरुमा प्रायजसो उनि बिना मेकअप नै देखिएकी छिन् ।

साईले एक अन्तर्वार्तामा भनेकी थिइन्, उनको पहिलो फिल्म प्रेमम मा डाइरेक्टरले उनलाई बिना मेकअप अभिनय गर्न प्रोत्साहन गरेका थिए। त्यसपछि फिल्ममा काम गरेका डायरेक्टहरुले पनि उनलाई बिना मेकअप अभिनयको लागी प्रोत्साहन गरेका थिए ।

साई भन्छिन् कि उनी फिल्महरुमा मेकअप नगरी उनी जस्तो सबै केटीहरुको आत्मविश्वास बढाउन चाहन्छिन ।अभिनेत्री साई चर्चामा आउनुको एक बिशेष कारण छ, जब उनलाई एक फेयरनेस क्रीमको विज्ञापनमा अभिनयको लागि अफर गरिएको थियो ।

बिज्ञापनमा अभिनय गरेको २ करोड दिने अफर गरिएको थियो। उनले उक्त्त प्रस्तावलाइ अस्विकार गरेकी थिइन्। उनले भनेकी थिईन कि यस्तो बिज्ञापनबाट मिलेको पैसाले के नै गर्नु छ र ? अगाडी उनले थपिन, “म घर जान्छु, तीन ओटा रोटी र भात खानेछु । मेरो आवश्यकता धेरै कम छ।” हेर्नुहोस तस्बिरहरु:

Categories
मनोरञ्जन

जङ्गबहादुरका ती रोचक दिनहरू !

(इतिहास) – एक हप्तापछि स्टिमर माल्टानजिक किनारामै पुग्यो । त्यहाँ पनि जंगबहादुरको सम्मानार्थ उन्नाइस तोपको सलामी दियो । माल्टामा नेपाली प्रतिनिधिहरू स्टिमरबाट ओर्लेनन्, खालि समुद्री किनाराको अवलोकन मात्र गरे । ६ दिनपछि सो ‘रिपन’ नामक स्टिमर ‘जिब्राल्टर’को छेडोभित्र पस्यो । जिब्राल्टरको छेडो काटेपछि स्टिमर पनि छिटो-छिटो बग्न लाग्यो । सन् १८५० मे २५ ता. का दिन इङ्ल्यान्डको किनारा ‘साउथ एम्प्सटन’ South Ampston मा स्टिमर पुगी लङ्गुर गिरायो ।

जंगबहादुरको सम्मानको निमित्त खटिएका अफिसरहरू स्टिमरभित्र पसी उनको स्वागत सत्कार गरे । जंग सोही स्टिमरमै बसिरहे । सुरुमा त्यहाँका भन्सारका कर्मचारीहरूले नेपाली प्रतिनिधिहरूको मालसामान केही नखोल्ने आदेश पाएका रहेछन, तर पछि पुनः मालसामानहरू सबै खोल्नै पर्ने र लागेको भन्सार महसुल तिर्नै पर्ने आदेश पाएकाले भन्सारका कर्मचारीहरूले मालसामान नजाँची छोडेनन् । जंगले तुरुन्त स्टिमरबाट सम्पूर्ण मालसामानहरू उतार्न लगाई सो सामान कुर्न ६ जवानहरूलाई नाङ्गो खुकुरी लिएर बस्न लगाए ।

जंगले आफ्नो इज्जतको ख्याल राखी कप्तान क्याभिनेजसँग सामान नजाँची इङगल्यान्डभित्र पस्न नपाउने हो भने म इङ्गलैन्ड पास्दिन, यतैबाट फ्रान्सतर्फ जान्छु तसर्थ तपाईं भन्सारका कर्मचारीहरूसँग कुरा जानुहोस् र मलाई यकिन जवाफ दिनहोस् भनी पठाए । क्याभिनेजले भन्सारका कर्मचारीहरूलाई सोही कुराको बोध गराएबाट बल्ल नेपाली प्रतिनिधिहरूका सामानहरू खोल्दै नखोल्नु भन्ने आदेश पाएर नेपाली प्रतिनिधिहरूको सामान नखोलिने भयो । जंगले पनि सन्तोष माने । भोलिपल्ट लन्डनमा बस्ने घरको के कस्तो बन्दोबस्त गरेका छन्, सोको निरीक्षणार्थ कप्तान क्याभिनेज र लेफ्टीनेन्ट लालसिंह सिजापतिहरूलाई जंगले लन्डनतर्फ पठाए । तिनीहरू फर्केर आई टेम्स नदीको किनारामै ‘रिकमन्ड टेरेस’ नामक भव्य महलको बन्दोबस्त भएको सूचना पाएपछि जंगले पुनः सन्तोष माने । नेपाली प्रतिनिधिमण्डल रेलद्वारा लन्डनतर्फ प्रस्थान गरे । लन्डन पुगी सोझै ‘रिकमन्ड टेरेस’ महलभित्र पसी केहीबेर आराम गरे ।

सो समयमा महारानी भिक्टोरिया सुत्केरी भएकी थिइन् । प्रिन्स अर्थर ‘ड्यूक–अफ–केन्ट’ को जन्म भएको जम्मा तीन हप्तामात्र भएको हुँदा जंगवहादुरले जून १९ ता. का दिन दिउँसो तीनबजे ’सेन्ट जेम्स प्यालेस’ मा अनौपचारिक भेटवार्ता गर्ने समयको निर्धारण भएकाले सो फुर्सदको समयमा नेपाली प्रतिनिधिहरूले ठाउँठाउँको अवलोकन गर्ने मौका पाए ।

महारानी भिक्टोरिया मे. २७ ता. १८५० ई. को वेलुकीपख लन्डनस्थित तत्कालीन इस्टइन्डिया– कम्पनी सरकारको कार्यालयका अध्यक्ष र उपाध्यक्षहरू रिकमन्ड टेरेसमै आई जंगबहादुरलाई भारतसम्बन्धी ‘इन्डिया अफिस’ को निरीक्षणार्थ निमन्त्रण गरे । उनीहरूले भने- ‘तपाईको स्वागतार्थ लन्डन टेभरनमा भोजको आयोजना गर्ने भएका छौं, तपाईलाई कुन दिन अनुकूल पर्छ ? भनी प्रश्न गरे । अति खुशी हुँदै जंगले भोजको निमित्त मे ३० ता. को दिन निर्धारण गरी भने- ‘भोजमा हामी सामेल त हुन्छौं, तर छुट्टै बसी फलफूलमात्र खान्छौं ।’

भोजको मिति तय भएको दिन साँझ जंगबहादुर जगतशमशेर, धीरशमशेर, सिद्धिमान राजभण्डारी सेन्टजेम्स नाचघरमा नाच हेर्न गए र आधा रात बितेपछि फर्किए । मे २८. ता. का दिन लन्डन सोसाइटीको फ्लावरका तर्फबाट प्रतिनिधिहरूलाई निमन्त्रणा आएको हुँदा सो निमन्त्रणामा सरिक हुन नेपाल पुगे । मे २९ ता. का दिन नेपालीहरू घोडदौड हेर्न गए । निमन्त्रणा गरेबमोजिम मे ३० ता. का दिन नेपाली प्रतिनिधिहरू इन्डिया अफिस पुगे । त्यहाँका अध्यक्षले जंगको स्वागत गर्दै बोर्ड-अफ-डाइरेक्टरहरूको समेत परिचय गराए । त्यसपछि जंगबहादुरलाई सम्बोधन गरी अध्यक्षको अभिवादन भाषण गरे । जंगलाई इन्डिया अफिसको सम्पूर्ण कक्षहरूको अवलोकन पनि गराए । त्यहाँको सम्पूर्ण कार्यक्रम सकी नेपाली प्रतिनिधिहरू रिकमन्ड टेरेसमा फर्के ।

मे ३१ ता का दिन जंग चिसोको कारण बिरामी भए, तसर्थ जगतशमशेर र धीरशमशेरहरूलाई लिई कप्तान क्याभिनेज गिर्जाघरमा गए । त्यहाँबाट उनले आफ्नो परिचित ठाउँमा लगे, जहाँ लेडी केम्बर मेरी र दुईजना ब्रिटिश जनरलहरूसँग जगतशमशेर र धीरशमशेरको परिचय भयो । लेडी केम्बरमेरीले जंगबहादसंग भेट गर्ने इच्छा प्रकट गरिन् । साथै त्यहाँ उपस्थित दवै ब्रिटिश जनरलहरूले यी दुवै शमशेर राणाजीहरूलाई डिनरको निमित्त जोड गरे । यी दुवै राणाजीहरूले तपाई सम्मानित आइमाईले प्रेमपूर्वक बनाउनु भएको परिकार हेरी हामी तृप्त भैसक्यौ तर केम्बरमेरीले हिन्दू धर्मावलम्बीहरूको रीतिरिवाज केही नबुझेको हुँदा आश्चर्य मानी टोलाएर हेर्न थालिन् । यथार्थ कुरा थाहा पाएका कप्तान क्याभिनेजले ‘म्लेच्छ’ ले छोएको खाना हिन्दूले खान नहुने विषयको कुरा लेडीलाई बताइदिएपछि उनको आश्चर्य हट्यो । केहीबेरको गान-बजानपछि यी दुवै भाइहरूका साथ कप्तान क्याभिनेज त्यहाँबाट फर्के ।

जून १ ता. १८५० ई. का दिन बिहान सबेरै जंग ठाउँ-ठाउँका तबेलाहरूमा पुगी घोडाहरू हेर्न थाले । उनले एउटा तबेलाबाट ४ बटा फुर्तिला छिटो छरितो बग्गी तान्ने घोडाहरू खरिद गरे, साथै बग्गीसमेत किन्न खोजे । तर भनेजस्तो बग्गी नभएकाले उनले भाइ धीरशमशेरलाई बग्गी बनाउने कारखानामै पठाए । कारखानाबाट धीरशमशेरले भने जस्तो बग्गी खरिद गरी ल्याए । सोही दिन साँझ लेडी पल्मसटनले जंगलाई निमन्त्रणा गरेकीले जंग उनीकहाँ गए । त्यहाँ ड्यूक-अफ्-वेलिङ्गटन र बेलायतका लागि अमेरिकी राजदत लरेन्ससँग उनको परिचय भयो । ड्यूकले जंगबहादुरसँग परिचय भएकोमा ज्यादै खुशी प्रकट गर्दै भने- ‘भारतमा पनि मेरा साथीहरू छन् तापनि तपाई एक योग्य नेपाली व्यक्तिसँग चिनजान भएकोमा म अति खुशी भएको छु ।’

जून २ ता. का दिन लर्ड गुज रिकमन्ड टेरेसमा आई जंगबहादुरलाई भेटवार्ता गरे । गुजले जंगसँग नेपालमा उनको प्रशासनसम्बन्धी कुरा गरे । जंगले छोटकरीमा- ‘नेपाल एक सानो स्वतन्त्र राष्ट्र हो जो हमेसै कम्पनी सरकारको समर्थक छ’ भने । पुनः लर्ड गुजले ‘जंगबहादुरको अर्थ के हो ? भनी प्रश्न गरे । जंगले ‘युद्धको समयमा वीरता देखाउनेलाई जंगबहादुर भन्दछन्’ भनी जवाफ दिए ।

जन ३ ता. का दिन जंगबहादुर पिक्याडेलीमा घोडा खरिद गर्नको निमित्त गए । त्यहाँको एउटा घोडा जंगलाई ज्यादै मन परेको हुँदा उनले त्यस घोडाको मूल्य सोधे । घोडा धनीले घोडाको मूल्य एक सय गिन्नी बतायो । घोडा उफ्रेर कति नाघ्न सक्दछ जाँच्न जंगबहादुरले तगारो बाहिर घोडालाई ल्याउन आदेश दिए । घोडा धनीले त्यस घोडालाई कुनै तालिम नदिएको हुँदा त्यसरी नाघ्न सक्दैन भन्यो । जंगले तैपनि त्यो घोडालाई तगारो बाहिर निकाल्न लगाई नाग्न सक्छ कि सक्दैन हेर्न भाइ धीरशमशेरलाई ना’ङ्गो तरवार जमिनदेखि करिब ३ फिट मात्र अग्लो पारेर समाउन लगाए । यदि तरवारले घोडाको खट्टामा चोट लाग्यो अथवा कुनै नोक्सानी भयो भने घोडाको मूल्य ३ सय गिन्नी घोडा धनीले पाउनेछ भनी जंगले सुनाए ।

त्यसपछि जंगबहादुर आफै सो घोडामा चढी सहजै तरबार नघाई घोडा फर्काए । घोडा धनी छक्क पऱ्यो र आफ्नो घोडाको बढी गुण देखेर अब घोडाको मूल्य ४ सय गिन्नी भन्न थाल्यो । जंगलाई त्यस घोडा धनीदेखि रिस उठ्यो । उनले आफ्नो सेक्रेटरी म्याक्लियडलाई फर्केर भने- ‘घोडा धनीले अब घोडा २ सय गिन्नीमा बेच्छ भने मात्र म किन्छु । म पचास कदम हिडुन्जेलसम्ममा पनि २ सय गिन्नीमा दिन मञ्जुर गरेन भने घोडाको मोल एक सय पचास गिन्नीभन्दा बढी पाउने छैन । म बग्गीमा पुगेन्जेलसम्म पनि उसले घोडा बेच्न मञ्जुर गरेन भने म घोडाको मूल्य जम्मा एक सय गिन्नीदेखि बढी दिनेछैन भन्ने कुरा घोडा धनीलाई सुनाइदिनुहोस् ।’

जंगले भनेका कुरा म्याक्लियडले घोडा धनीलाई यथार्थ बताइदिए । त्यसपछि जंगबहादुर सुरुसुरु आफ्नो बग्गीतर्फ लागे । घोडाधनी पनि आफ्नो घोडाको तारिफ गर्दै जंगको पछि-पछि लाग्यो, तर जंगलाई खुशी तुल्याउन सकेन । बग्गीमा बसेर जंगले बग्गी चलाउनू भने । अब त्यस घोडाधनीले घोडाको मूल्य एक सय गिन्नीमै मात्र भए पनि बेच्न मञ्जुर गऱ्यो । आफ्नो इच्छा पुगेकाले जंगले सो घोडा किने । त्यस घोडा धनीको चित्त साह्रै दुखेझै लागेकोले पचास गिन्नी अरू थप गरी जम्मा एक सय पचास गिन्नीमा जंगले सो घोडा खरिद गरे ।

भोलिपल्ट जून ४ ता. का दिन नेपाली प्रतिनिधिमण्डल ‘यन्जिलसफेन्सिङ्गम्स’ तर्फ खेल-तमासा हेर्न गए । त्यहाँका अनेक प्रकारका खेलतमासाहरू नेपाली प्रतिनिधिहरूले हेरे । यसै क्रममा एक ठाउँमा मानिसहरूको भीड लागेको नेपाली प्रतिनिधिहरूले देखे । त्यहाँ कुस्ती खेल्ने अखडा रहेछ, अखडाभित्रको एक पहलमानले नेपालीहरूलाई देखी कुस्ती खेल्नको निमित्त ललकाऱ्यो । उसले दिएको हाँकले जंगबहादुरलाई झोंक चलिहाल्यो । जंग त्यस घमण्डीसँग आफै कुस्ती खेल्छु भन्न थाले । भाइ धीरशमशेरले उनलाई रोकी, ‘हजुरले कुस्ती खेलिबक्सनु हुँदैन, कुस्ती म खेल्छु कुस्ती खेल्दा हारे मै हार्नेछु’ भनेकाले अब धीरशमशेर कुस्ती खेल्ने भए । त्यस युरोपियन पहलमानले अरू धेरै पहलमानहरूलाई हराइसकेको रहेछ । पहलमान अति बलियो थियो । अखडाभित्र पस्नु अगावै जंगबहादुरले भाइ धीरशमशेरलाई भने, ‘सान्नानी ! तँलाई पहलमानले समातेमा त फुस्कन सक्दैनस् तसर्थ समात्न नदिनू, मौका हेरी मैले भनेको दाउपेच तैले तुरुन्त त्यस पहलमानलाई हानिहालेस् ।’

धीरशमशेर अखडाभित्र पसे । पहलमानको भीमकाय गोरो शरीर, त्यसको अगाडि धीरशमशेरको कालो फुच्चे शरीर दखियो । अखडामा धीरशमशेरलाई त्यस भीमकाय पहलमानले समात्नको लागि अघि बढ्न थाल्यो भने धीर विस्तारै-विस्तारै पछि हट्दै अखडामा घुम्न थाले । भयंकर होहल्ला हुन थालेकाले युरोपियन पहलमानले शरीरको प्रदर्शन गर्दै दङ्ग परी दर्शकतर्फ मुन्टो के फर्काएको थियो, सोही अवसरमा नजिक उभिइरहेका जंगबहादुरले कराएर ‘सान्नानी ! ढाक दाउ चाँडै हान्’ भन्नासाथै धीरशमशेरले त्यस पहलमानलाई तुरुन्त ‘ढाक’ दाउ हानी चित् पारे । अब होहल्ला अरू जोड-तोडका साथ भयो । दर्शकहरू पनि चकित परे । हारेपछि त्यस पहलमान ज्यादै लाज मानेको हुँदा जंगलाई दया आयो, तसर्थ एक मुठी गिन्नी बक्सिस दिए । भाइ धीरशमशेरसँग जंगबहादुर अति खुशी भए । लन्डनबाट प्रकाशित हुने समाचारपत्रहरूमा समेत उपरोक्त समाचार छापियो ।

(पद्यजङ्ग राणाकृत ‘जङ्गबहादुरको जीवनयात्रा’बाट, हामीले घटना र विचार बाट )

Categories
मनोरञ्जन

टिकटकमा खुबै रुचाएकी एकदमै सुन्दर सशस्त्र प्रहरी महिलाका रमाइला टिकटक भिडियो (भिडियो)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा धेरै मानिसहरु यहीँबाट सेलीब्रेटी समेत भइसकेका छन । उनीहरूका भिडियोलाई लाखै करोडौंले रुचाएर उनीहरू यो उचाईमा पुगेका हुन । त्यस्तै अहिले एकजना सशस्त्र प्रहरी जवान पनि टिकटकमा खुवै रुचाएकी छिन । सशस्त्र प्रहरीकै भेषमा उनले कयौं टिकटक भिडियोहरु अप्लोड गर्ने गरेकी छिन ।

हिमकला लिम्बू नाम गरेकी उक्त महिलको टिकटक भिडियोहरु निकै नै लोकप्रिय छन । उनका भिडियोहरु टिकटकमा लाखौ पटक हेरुन्छन । त्यस्तै लाइक र कमेन्ट पनि उत्तिकै आउने गरेका छन उनको भिडियोमा ।

अब हेरौ उनै हिमकला लिम्बुका रमाइला टिकटक भिडियोहरु: हेर्नुहोस।।।

Categories
मनोरञ्जन

दुनियाँ चकित पार्ने बेहुलिको यस्तो दमदार पन्चेबाजा नाच ,आहा (हेर्नुस् भिडियो )

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरुलाई ती नै नवजोडि जस्ले आफ्नोे बिवाहमा यस्तो दमदार नृत्य देखाएका थिए । जिवनभर सगै जिउन म`र्ने कसम खाएर आइसकेपछि र ल्याउनेले पनि ल्याइसमेपछि दुखि आखिर किन पो हुनुछर । नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना ।

हेर्नुस् उक्त भिडियो सामाग्री