Categories
रोचक

सलमानसंग ९ वर्ष प्रेममा रहेकी पूर्व प्रेमिकाले सलमानवारे यस्तो कुरा खुलाएपछि फेरी चर्चामा

एजेन्सी । बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमीका फेरी एक पटक चर्चामा छन् । उनले सलमान र आफ्नो प्रेमका बारेमा केही कुरा खुलासा गरेकी छन् । उनी अहिले पनि अविवाहित नै छन् । करिब ९ वर्ष सलमानको प्रेममा रहेकी उनले अहिले भने उनले प्रेम छुटेकोमा कुनै पछुतो मानेकी छैनन् । उनी पछिल्लो ५ वर्ष देखि सलमानसंग सम्पर्कमा नरहेको बताएकी छन् ।

सलमानको थुप्रै नायीकाहरुसंग नाम जोडियो । तर उनको पूर्व प्रेमिका सोमी अलीसंग लामो समय प्रेममा रहे । सलमान आफ्नो फिल्मका अलावा अफेयर्सको कारण पनि चर्चामा आइरहन्छन् । उनको प्रेम जिवनमा कहिले उनले धोका खाए भने कहिले उनलाई धोका दिए । सलमानको नाम बलिउड अभिनेत्री रहिसकेकी सोमी अलीसँग पनि जोडिएको छ । सलमान र सोमी अली ९ वर्षसम्म प्रेममा थिए । तर उनीहरुको प्रेम पनि दिगो रहन सकेन ।

हालै अभिनेत्रीले सलमानसँगको प्रेमका बारेमा सार्वजनिक गरेपछि उनी चर्चामा आएकी छन् । उनी गत ५ वर्षदेखि सलमानसँग सम्पर्कमा नरहेको बताउँछिन् । उनले भनेकी छन्, उनीसँग टाढा हुन ठिक भयो । थाहा छैन उनको कति गलफ्रेन्ड रहे होलान् ।

उनी अगाडी खुलेर बताउँछिन्, म पछिल्लो ५ वर्षदेखि सलमान खानसँग कुरा गरेको छैन । मलाई लाग्छ जीवनमा अगाडी बढ्न जरुरी छ । हामी सन् १९९९ मा अलग भएका थियौं । मलाई थाहा थिएन त्यसपछि पनि उनको कति गलफ्रेन्ड रहे होलान् । मलाई यो सम्म थाहा छ कि उनको एनजीओ बिइङ ह्युमन फाउन्डेशनले राम्रो काम गर्दैछ । मानसिक रुपमा पनि सलमानसँग सम्पर्क नराख्नु नै मेरो लागि उत्तम हुन्छ ।

सोमी अली र सलमान खानको सम्बन्धको सुरुवात फिल्म बुलन्दको सेटबाट भएको थियो । सलमान खानसँग सम्बन्धमा रहेकी सोमी अली ४५ वर्षसम्म पनि अविवाहित छिन् । सोमीले बलिउडमा सैफ अली खान, मिथुन चक्रवर्ती र सुनील शेट्टीजस्ता स्टार कलाकारसँग पनि काम गरिसकेकी छन् । ९० को दशककी अभिनेत्री सोमी अली फिल्मी क्षेत्रबाट टाढा रहेर विदेश फ्लोरिडामा बस्दै आएकी छन् ।

Categories
रोचक

जब बिहे भएको लगतै मड़पमै नयाँ बेहुलीले ‘मार्शल आर्ट’ देखाएपछी जन्ती आएका सबै छक्क परे (भिडियो सहित)

बीबीसी । एउटी दुलहीले विवाहको लुगा लगाएर ‘मार्शल आर्ट’ को कौशल प्रदर्शन गरेको भिडिओ भाइरल भएको छ। बीबीसीले पनि यसवारे भिडियो सार्वजनिक गरेको छ ।

यो घटना भारतको हो । भारतको तमिलनाडुको तूतीकोरिनमा निशाले आफ्नो बिहे सम्पन्न भए लगत्तै बेहुलीको भेषमा परम्परागत मार्शल आर्ट ‘सिलमबम’ गरेर देखाइन्। महिलाहरू आत्मरक्षामा सक्षम हुन सकून् भन्ने निशा चाहन्छिन्। निशाले यसरी मार्शल आर्ट प्रदर्शन गरेकी भएर धेरैले उनको तारिफ गरेका छन्।

विवाहको साडी र गहनामै उनले आफ्नो कौशल देखाउन थालेपछि उपस्थितहरु निकै उत्साहित भएको भिडियोमा देख्न सकिन्छ । उनलाई सबैले साथ दिइरहेका छन् । यो परम्परागत मार्शल आर्ट हो जसमा महिलाले आफ्नो आत्मरक्षा गर्न सक्छन् ।

यसमा बाँसको लठ् ठी प्रयोग हुन्छ । यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुनासाथ धेरैले हेरिसकेका छन् । भिडियोमा वेहुलीको तारिफ गर्दै कमेन्टहरु लेखिएका छन् ।

Categories
रोचक

पानी पानी गीतबाट रातारात भाइरल बनेको यो जोडी मिडियामा, गरे यस्तो रमाइलो (भिडियो हेर्नुस् )

काठमाडौँ | लकडाउनको समय भ्लग र टिकटकमा राम्रो कन्टेन्ट दिनेहरुका लागि राम्रो समय हो । मानिसहरु घरमै हुने भएका कारण यो समयमा राम्रो कन्सेप्ट सहितका भ्लगहरु र टिकटक बनाएर अप्लोड गर्न सकियो भने भाईरल हुने धेरै सम्भावना रहन्छ । यसै अनुरुप अघिल्लो लकडाउनमा पनि धेरै टिकटकका युजर्सहरु भाईरल भए र पछि लकडाउन खुलेपछि उनीहरु आफ्नो कला अनुसारका क्षेत्र जस्तै म्युजिक भिडियो र गायन, त्यस्तै अभिनयमा व्यस्त पनि रहे । यसैबिच यो लकडाउनमा पनि एक जोडी निकै भाईरल भैरहेको छ ।

बिना राउत र सरोज प्रजाको जोडी टिकटकमा बिभिन्न नृत्य सहित उत्कृष्ठ कन्सेप्टका भिडियोहरु प्रस्तुत गर्दै दर्शकहरुको मन लोभ्याईरहेका छन् र उनीहरुको फलोअर्स पनि दिनदिनै बढिरहेको छ । सरोज र बिना नयाँ अनुहार भने होईनन्, दुवैले थुप्रै म्युजिक भिडियोहरुमा काम गरिसकेका छन् । हेर्नुहोस बल्ल बोलेका छन् खास कुरा –

Categories
रोचक

छत्र शाही र जुरेलीको हिलोमा गा’डिएको भिडियो बन्यो भा’इरल, (भिडियो हेर्नुस्)

यो असारको महिना हो त्यो पनि अझै बिशेस दिन असार १५ गते। असार १५ गते इन्र्द्रेनीको टिम खेत रोप्न पुगेका छन्। यस महिना भरि मानिसहरुले धान रोपेर बर्षौ भरि खानपुग्ने गरि खेतीमा काम गरिरहेका हुन्छन। समयमै पानी परेका कारण मौसमको अनुकूलता र को रोना भा इरसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ ।
यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृष्ण कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका छन् । रमाइला रमाइला गीत गाउदै इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो ।एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको हो । सो ठाउमा इन्द्रेणि परिवारसहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उपस्थिति थियो ।

एकदिन मात्रै यसरी जम्मा भएर धान रोपेर कृषिमा क्रान्तिनै हुने भन्ने हैन् तर धानले संसारको ६५ प्रतिसतभन्दा बढि मानिसहरुलाई आश्रित गराएको र यशको महत्त्व र कृषकलाई उर्जाका निमित्त सो रोपाइमा समावेश भइएको सन्देश दिन खोजिएको छ । नेपालमा आफ्नै भाषा सास्कृतिक भेष भुषा र रहन सहन रहेको र कोरोना महामारीका कारण यस वर्षकोदिवसमा सांस्कृतिक, परम्परागत कार्यक्रम गरिने छैन ।

कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । नेपालमा खेती हुने कूलजमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । अघिल्लो वर्षको तुलनामायस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ ।

Categories
रोचक

बेहुलिले बिदाईमा रुनै आएन भनेपछि ,हंगामा मच्चियो (हेर्नुहोस् भिडियो)

छोरिले आफ्नो घर छोडे’र परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामक’रण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अव’धारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कु’रो सत्य हो ।

सामा’जिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो मा’इति भयो ,मान्छे उहीँ छन् तर स’म्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामा:जिक संजालमै देखेका छौ ।

तर आजको यो भिडियो सामा’ग्री अलि भिन्न छ ।बेहुलिको बिदाई हुँदै गर्दा परम्परागत सबै बेहुलि अक्सर रुने गर्छन् तर यी बेहुलिले आफुलाई रुनै नआएको भन्दै ठट्टा गरेपछि एकदमै हासोको माहोल बनेको थियो ।जिव’नभर सगै रहेर जिन्दगी बेथित गर्नुपर्ने छ फेरि आँसु झार्नु पो किनर ।नवबिवाहित जोडिलाई हार्दिक बधाई तथा सुखद दाम्पत्य जिवनको शुभकामना ।

हेर्नुस् भि’डियो सामाग्री:

Categories
रोचक

पूर्णकला बिसीको घरमा पुग्दा लास्टै रमाइलो भयो, सानो सानो कुरामा झ’गडा पर्छ भन्दै हँसाए (हेर्नुस् भिडियो)

काठमाडौं | नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका हुन् पुर्णकला बिसी। विशेषगरी लोकदोहोरी क्षेत्रको चर्चित यो नाम थाहा नहुने सायदै होलान् । सुमधुर आवाजकी धनी पुर्णकलाका हजारौं गीतहरू बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू स्रोता दर्शकमाझ निकै लोकप्रिय छन् ।

बर्दियामा जन्मिएकी पुर्णकलाले विगत लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी छिन् । प्रायः अरुकै एल्बम अनि लगानीमा गीत गाउने पुर्णकलाले भने पछिल्लो समय आफ्नै लगानीमा पनि गीत बजारमा ल्याउन थालेकी छिन् । उनले आफ्ना लगानीका गीत आफ्नै “पुर्णकला बिसी” नामक युट्युब च्यानलबाट रिलिज गर्नेगर्छिन। यसै गीतको रिलिजको क्रममा घरमा पुग्दा पुरै परिवार बसेर रमाइलो गरेका छन् |

आफ्नै श्रीमानको अभिनय भएको हुदा यो गीत बिशेष रहेको भन्दै एक एक पोल खोलेका छन् श्रीमान श्रीमतीले हेर्नुहोस –

Categories
रोचक

यी युवती टिकटकमा रातारात भाइरल – को हुन यिनी ?(भिडियो)

टिकटकको भाईरल निशाना अहिले धनकुटा तर्फ फर्किएको छ । धनकुटाकी लक्ष्मी बिष्ट रातारात टिकटकमा भाईरल भएकी छिन । भाईरल बन्दै गएको उनको भिडियो ४ दिनमा झण्डै ४ लाखले हेरिसकेका छन भने २६ हजार बढी लाईक (लभ) गरीसकेका छन । यहि अबधि भित्र ७ हजार बढीले फ्लो गरिसकेका छन ।छथर जोरपाटी गाउपालिका वडा. न. ६ सिधुवा मजुवा धनकुटा घर भएकी उनि हाल धनकुटा वहुमुखी क्यायाम्परसमा प्रथम वर्षमा अध्ययनरत छिन । उनको परिवारमा आमा बाबा दिदी दाईभाई लगायत ६ जना छन्।

एसईइ पछि उत्तरपानी प्राविधिक शिक्षालय बाट plant science JTA level १८ महिने पछि ´काेर्ष´ सकेर सिधुवा मा रहेको सरस्वती मा. वि बाट म्यानेजमेन्ट १२ कक्षा अध्ययन गरिसकेकी उनि नृत्य गर्ने, हास्या व्यंग्य खेलकुदमा फुटबल भलिबल खेल्न, अभिनय गर्ने , नया ठाउ हरु घुम्न मन पर्ने, गीत सुन्न, किताब हरु पढ्न, आफुले सक्ने सहयोग अरुलाइ गर्न रुची राख्छिन्।

उनको सपना चही आफुलाइ अरु सामु चिनाउन सक्नु नृत्य सिक्दै अफिसियल म्यूजिक भिडियो खेल्ने ताकि जस्ले उनको भविष्य पनि बनियोस, पैसा पनि कमियोस, र साथै पहिचान पनि बन्नियोस । परिवारले आफु प्रती गर्व पनि गर्न सकुँ भन्ने छ।

Categories
रोचक

सुन्दर केटीहरु किन दाह्री पालेको केटा संग आकर्षित हुन्छन ? यस्तो छ कारण –

काठमान्डौ : आजभोलीका तन्नेरीहरुमा दाह्री पाल्ने फेशन नै भएको छ। दाह्री पाल्नेहरुको फेसबुकमा एउटा ग्रुप नै छ ‘दाह्री ग्यांग’ नामको। दाह्री पाल्दा परिपक्व देखिने साथमा युवतीहरु आकर्षित हुने दाह्री पालकहरुको विश्वास रहेको छ।

दाह्री पाल्ने प्रचलन नेपालमा मात्र होइन, भारत लगाएत पश्चिमा देशहरुमा पनि उत्तिकै प्रचलित छ।केटीहरूलाई दाह्री नपालेका भन्दा दाह्री पालेका केटा बढी मनपर्ने एक अध्ययनले देखाएको छ ।हालै गरिएको एक अनुसन्धानले केटीहरू ट्रिम दाह्री भएका केटाहरु तर्फ आकर्षित हुने उल्लेख गरेको छ ।

अध्ययनमा उल्लेख भए अनुसार केटीहरूलाई दाह्रीका कारण केटाहरूको बलियो इमेज बन्ने गरेको भान हुन्छ ।हल्का दाह्रीवाला केटाहरू देख्दा धेरै केटीहरूको नजर केहीबेरका लागि उनीहरूमै अडिने गरेको अध्ययन बताउँछ । दाह्री भएका केटाहरू धेरै नै रोमान्टिक हुने भएकोले उनीहरूसँग साथ बिताउन केटीहरूलाई एकदमै मनपर्ने पनि अनुसन्धानले बताएको छ ।

उनीहरूको ‘क्लासिक’ लुक्समा पनि प्राय केटीहरुको आँखा रहने गरेको देखिएको छ । हरेक केटी आफूले मन पराएको केटा परिपक्क होस भन्ने चाहाना राख्ने भएकोले पनि उनीहरुलाई दाह्री राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् भन्ने लाग्छ ।यस्ता केटाहरुप्रति केटीहरु बढी नजिक हुने गर्छन् ।दाह्री हुने केटाहरु मर्द हुन्छन भन्ने केटीहरूको मनोविज्ञानले बताएको अध्ययनमा जनाइएको छ ।

आजकल दाह्री पालेका केटाहरु केटीहरुलाई हट लाग्न थालेको अध्ययनमा बताइएको छ ।त्यतिमात्रै हैन केटीहरूलाई क्लिन सेभ गरेका भन्दा दाह्री पालेका युवकले चाँडै नै आर्कषण गर्ने गरेको पनि अध्ययनमा उल्लेख छ । केटीहरुकोले क्लिन सेभ गरेका केटाभन्दा हल्का दाह्री पालेका केटा बढी ह्यान्डसम मान्ने गरेको समेत बताइएको छ । युवतीहरुलाई केटाको दाह्री मनपर्नुका केही कारण यस्ता छन्।

बलियो इमेज-केटीहरुका अनुसार दारीका कारण केटाहरुको बलियो इमेज बन्ने गर्छ । हल्का दारीवाला केटाहरु देख्दा धेरै केटीहरुको नजर केही बेरका लागि उनीहरुमै अडिने गर्छ ।केटीहरुलाई लाग्छ दारी भएका केटाहरु धेरै नै रोमान्टिक हुने गर्छन् । उनीहरुसँग साथ बिताउन केटीहरुलाई एकदमै मनपर्छ ।

म्याचुरिटी-हरेक केटी आफुले मन पराएको केटा परिपक्क होस भन्ने चाहान्छन् । उनीहरुलाई लाग्छ दारी राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् । यस्ता केटाहरुप्रति केटीहरु क्रेजी हुने गर्छन् ।

मर्दको निशानी-धेरै युवतीहरुलाई लाग्छ दारी हुने केटाहरु मर्द हुन् । यस विषयमा किताबी अध्ययन गरेका कारण पनि उनीहरु यस बिच बलियो सम्बन्ध रहेको उनीहरु बताउने गर्छन् । कुनै समय क्लिन सेभ गरेका केटाहरु केटीहरुलाई आजकल भने दारी पालेका केटाहरु हट लाग्न थालेको छ ।तस्विर : भ्लगर सिसन बनिया र पुर्व मिसनेपाल शृंखला खतिवडा।

Categories
रोचक

यसरी अर्काको बारीमा तरकारी चोर्दा चोर्दै फेला परिन चर्चित नायिका बिपना थापा (हेर्नुहोस भिडियो सहित )

काठमाडौ । कुनै जमानाकी निकै चर्चीत नेपाली नायीका अहिले भारतमा छन् । उनी भारतीय नागरिकसंग विवाह गरेपछि उतै बस्न थालेकी हुन् । त्यसैले नेपाली फिल्ममा उनी धेरै वर्ष देखि देखिएकी छैनन् । तर बेलाबेलामा उनी नेपाल भने आइरहन्छिन् । उनले भारतमै रहे पनि नेपाल प्रति निकै चासो राख्छिन् । उनले युट्युव च्यानल संचालन गरेकी छन् । जसमा आफ्ना दैनिक गतिविधि सार्वजनिक गर्छिन ।

उनले भारतमा आफु बसेको ठाउँ वृन्दावनमा फर्सि, लौका लगायतका तरकारी बारीमा गएर फ्रिमा ल्याउन पाइने बताएकी छन् । तर उनलाई फर्सि भन्दा फर्सिको मुन्टा निकै मन पर्छ । त्यसैले उनी फर्सिको मुन्टा चोर्ने गरेको बताउँछिन् । वारीमा फर्सिको मुन्टा टिप्न दिँदैनन यदि टिपेको देखेभने उनले बच्ने एउटा गजबको उपाय पत्ता लगाएकी छन् ।

उनीसंगै जाने एक जना उनको दिदीले यो विभिन्न रोगको औषधी हुन्छ हामीलाई यस्तो रोग लागेको छ औषधीको लागि लैजान लागेको भनेर झुटो बोल्ने गरेको विपना आफैले पोल खोलेकी छन् । भारतीय र भारतमा बस्ने नेपालीहरुले फर्सिको मुन्टाको महत्व नबुझेको देखेर भने उनलाई कहिले काँही रिस पनि उठ्छ । फर्सि भनेर लौकाको मुन्टा टिप्न लागेकी एक जना नेपाली महिलालाई उनले त्यसो नगर्नु भन्दै सम्झाएको पनि भिडियोमा देखिन्छ ।

उनी गाडी लिएर फर्सिको मुन्टा चोर्न गएको भिडियो सार्वजनिक गरेकी छन् । जसमा तरकारी वारीको मालिकले त्यो किन टिपेको त्यता नटिप भनेर उनलाई भनेको पनि भिडियोमा देख्न सकिन्छ । उनले म छेउतिर टिप्छु नी भनेर अनुमति समेत मागेकी छन् ।

Categories
रोचक

कस्तो अचम्म ! मानिसले झै चाराले ठाडो घाँटी पारेर कुल्ला गरेको भिडियो भाइरल

काठमाडौँ । कहिलेकाहीँ जनावर र पशुपंक्षीले देखाउने ब्यबहार दुरुस्तै मिल्न जान्छन् । जनावर र पंक्षीले दुरुस्तै मानिसको जस्तो दृश्य देखाउँदा कस्लाई पो हाँसो उट्ठैन र ? यस्तै दृश्य अहिले ट्वीटरमा भाइरल बनिरहेको छ ।

जहाँ एउटा चराको भिडियो अहिले निकै चर्चामा छ । केवल १० सेकेण्डको यस भिडियो झट्ट हेर्दा कुल्ला गरगल गरे जसरी कुल्ला गरिरहेको देख्न सकिन्छ । भाइरल भिडियोमा चरा टाउको मास्तिर फर्काएर मानिसले कुल्ला गरे झै कुल्ला गरेको जस्तो देखिन्छ ।

यो भिडियो ट्विटर प्रयोगकर्तामाझ निकै चर्चामा छ । उनीहरूले चराको समझदारीलाई सकारात्मक प्रतिक्रिया दिँदै बुद्धिमानी चरा समेत भन्न भ्याएका छन् । चराको यो रमाइलो दृश्य देखेर तपाईको पनि हाँसो थामिने छैन ।