Categories
समाचार

इन्डोनेसियाको माउन्ट सेमेरु ज्वा’ला’मुखी वि’ष्फोट हुदा ११ गाउँ ध्वस्त, कम्तीमा १३ जनाको मृत्यु

लुमाजाङ । इन्डोनेसियाको माउन्ट सेमेरुमा अचानक ज्वा’ला’मुखी वि’स्फो’ट हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । जाभाकोमा सबैभन्दा ठूलो हिमालको वि’ष्फो’ट हुदा जताततै विनाशको दृश्य छ ।

शनिबार भएको वि’ष्फो’टले हजारौं मानिस विस्थापित भएर अस्थायी स्थानमा बस्न बाध्य भएका छन् ।

इन्डोनेसियाको भूवैज्ञानिक एजेन्सीले ज्वा’लामु’खीबाट निस्किएको खरानी ज्वा’ला’मु’खीबाट चार किलोमिटर टाढा जाभा टापुको दक्षिणी भागमा रहेको हिन्द महासागरमा पुगेको बताएको छ ।

अस्ट्रेलियाको ज्वा’ला’मुखी खरानी सल्लाहकार केन्द्र, जसले उड्डयन उद्योगलाई सल्लाह दिन्छ, आइतबार सेमेरु वरिपरि खरानी फैलिएको बताएको छ।

Categories
समाचार

एकै परिवारका ९ जना सहित एकै दिन १७ जनामा देखियाे ओमिक्राेन

भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन भाइरस देखिएकाे छ । पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ ।

भारतमा दक्षिण काेरियाबाट अ‌ाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे । अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।

एकै परिवारका ९ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको समाचार सार्बजनिक भएको छ । राजस्थानमा ९ जनामा ​​ओमिक्रोन संक्रमण पुस्टि भएको हो । विभागले दक्षिण अफ्रिकाबाट आएका परिवारलाई आरयूएचएसमा भर्ना गरिसकेको चिकित्सा सचिवले बताए। दक्षिण अफ्रिकाको राज्यमा उनको सम्पर्कमा आएका अन्य ५ जनामा ​​पनि संक्रमण देखिएको छ । उनीहरुलाई पनि आरयूएचएसमा भर्ना गरिएको छ ।

सचिवले दक्षिण अफ्रिकाबाट परिवारसहित आफूसँग सम्पर्कमा आएका ३४ जनाको नमूना लिइएको थियो जसमध्ये ९ जनामा ​​कोरोना संक्रमणको नयाँ संस्करण ओमिक्रोन पोजेटिभ देखिएको छ भने बाँकी २५ जनाको नेगेटिभ आएको छ । सिकर जिल्लाको अजितगढको एक परिवार पनि उक्त परिवारको सम्पर्कमा आएको उनले बताए ।

विभागले ती सबै ८ जनालाई सिकरमा पनि ट्रेस गरेको थियो । उनीहरु सबैको कोरोना नेगेटिभ देखिएको छ । उनले सम्पर्कमा आएका सबैको ठूलो परिमाणमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना परीक्षण भइरहेको बताए । दक्षिण अफ्रिकाबाट परिवार जयपुर आएपछि मात्र विभाग पूर्ण सक्रिय भएको गलरियाले बताए । उनीहरुलाई निरन्तर निगरानीमा राखिएको छ । विभागले सघन ठेक्का ट्रेसिङ गरिरहेको उनले बताए । सम्पर्कमा आएका सबैको पहिचान गरी उपचार सुरु गरिनेछ ।

चिकित्सा सचिवले सर्वसाधारणलाई कोरोनाको पालना गर्ने आचरणलाई कडाइका साथ पालना गर्न अपिल गरेका छन् । उनले घरबाट बाहिर निस्कँदा सबैले मास्क लगाउने, सामाजिक दुरीको पालना गर्ने, साबुन पानीले हात धुने र कोरोना भ्याक्सिनको डोज लिन नबिर्सने बताए । उनले संयमता अपनाएर मात्रै कोरोना जस्तो महामारीबाट बच्न सकिने बताए ।

Categories
समाचार

छिमेकीसंग शिकार खेल्न जंगल गएका मल्लको मृत्यु

तनहुँ : तनहुँमा गो’ ‘ली ला’गेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोहित मल्लको आइतबार मृत्यु भएको हो ।

शि’कार खेल्न जंगल गएका उनको भरुवा ब’न्दु’क प’ड्के’र मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई ब’न्दुक’स’हित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शि’कार खेल्न गएका रहेछन् । रोहित आफैँले बोकेको ब’न्दु’क प’ड्कि’एको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएको छन्,’ खड्काले भने । नियन्त्रणमा लिइएको भरुवा ब’न्दु’कको लाइसेन्स नरहेको जनाइएको छ ।

दुई जना मात्र शि’का’र खेल्न गएकाले घटना रहस्यमय हुन सक्ने स्थानीयको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Categories
समाचार

काठमाडौंमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कलंकीमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ओम जनता यातायातको बसले पठायो​ स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्कुटरमा चालक धादिङ खरि घर भइ हाल थानकोट बस्ने ३५ वर्षीय रामबहादुर आचार्य र स्कुटरमा सवार बाँकेका इमाडोल बस्ने ५२ वर्षीय यादवकुमार साह रहेका छन्।

मंगलबार अपरान्ह बसको ठ’क्करबाट गम्भीर घाइते भएका उनीहरुलाई वयोधा अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो।

कलंकीको सीता पेट्रोल पम्प नजिक कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३ –०२ –०१४ प ७७६३ नम्बरको स्कुटरलाई कलंकीतर्फ जाँदै गरेको प्रदेश ०३–०१– ००५ ख ९३०० नम्बरको सार्वजनिक बसले ठ’क्कर दिएको ट्राफिक महाशाखाका डीएसपी सुनिलजंग शाहले जानकारी दिए।

Categories
समाचार

कस्तो दुखान्त ! श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमान्, छोराछोरीको सडक दुर्घटनामा मृत्यु

भारतको बिहारका लखिसरायमा भयानक सडक दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यी सबै एक दाहसंस्कारमा समावशे भएर सुमो गाडीमा फर्किरहेका बेला ट्रकसँग ठो’क्कि’एपछि दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा ज्यान गुमाउने ६ जना बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका नातेदार भएको स्रोतले बताएको छ । सुमोमा १० जना सवार थिए । जानकारीका अनुसार लालजीत सिंहकी श्रीमती गीता देवीको दाह संस्कारमा समावेश भएपछि चालकसमेत एकै परिवार १० जना सुमो गोल्डमा गाउँ फिर्ता भइरहेको थिए ।

बाटोमा नै खाना पकाउने खाली ग्यासले भरिएको ट्रकसँग उक्त सुमो ठो’क्कि’यो । यसमा गीता देवीका श्रीमान् लालजीत सिंह, जेठो छोरा अमित शेखर उर्फ नेमानी सिंह, कान्छो छोरा रामचन्द्र सिंह, छोरी बेवी देवी, भाञ्जी अनिता देवी तथा चालक प्रितम कुमारको घटनास्थलमा नै मृत्यु भयो ।

Categories
समाचार

मन परेकी केटी लिएर विदेश गएको छोरा सम्पर्क बिहिन : बुबा बित्दासम्म घर फर्किएन् -आमा रुँदै छोराको खोजिमा (भिडियो हेर्नुस्)

काठमाडौ । जवान छोरा एक वर्ष देखि वेपत्ता छन् । छोराकै पिरले ६ महिना अघि बुवाको पनि निधन भयो । माया लामा नाम गरेको आइडीवाट हराएका युवकको फोटो अपलोड भएको देखिन्छ तर उनी न घर आउँछन् न फोन गर्छन । आमा भन्छिन्, उतै विवाह गरेको छ भनेपनि हामीलाई भने हुन्थ्यो । हाम्रो माया लाग्दैन हेर्दैन भनेपनि केही छैन तर हामीलाई एक पटक तिमीहरुलाई हेर्दिन भने पनि हुन्छ तर किन यसरी सम्पर्क विहिन भयो आमाले रुँदै भनिन् ।

झापाको शिवसतासीका एक युवक हराएका हुन् । उनी एक वर्ष देखि हराएका हुन् । आमा पार्वती थापा अहिले रुँदै छोराको खोजिमा हिँडेकी छन् । आमाबुवा भारतमा बसेका थिए । छोरालाई भारतमै पढाए ठूलो बनाए । छोराले अब म विदेश जान्छु भन्न थाल्यो उनीहरुले ऋण धन गरेर विदेश पठाए । उनी एक दुई पटक विदेशवाट घर आएका थिए । तर एक वर्ष अघि फेरी विदेश जान भनेर काठमाडौ हिँडेको छोरा त्यसपछि सम्पर्क विहिन भए ।

छोराले एक युवतीसंग विवाह गरेको र त्यसपछि सम्पर्क विहिन भएको बताएकी छन् । विवाह पछि परिवारका सदस्यलाई सामाजिक सञ्जालमा ब् लक गरेका छन् । टिकटक र फेसवुकमा फोटो देख्छन् तर परिवारसंग सम्पर्कमा आउँदैनन् । आफुहरुले आफुले मन परेको केटी छ भने विवाह गर भनेका थियौं, पहिलाको केटीसंग व्रेकअप भयो अब केही वर्ष विवाह गर्दिन भनेको थियो, आमाले भनिन् । दिदीसंग भने विदेश वस्दा आफ्नो प्रेम बसेको सुनाएका थिए । दिदीले पनि माया बसेको छ भने उनैलाई विवाह गरेर ल्याउ भनेर आफुले पनि भनेको दिदीले बताइन् ।

Categories
समाचार

दोस्रो श्रीमानसंग डिभोर्स भएकै दिन महिलाको रहस्यमय मृत्यु, राती ९ वजे कसलाई भेट्न गएकी थिइन् (भिडियो हेर्नुस्)

काठमाडौ । एक दिन अघि पनि पती पत्नी विच अदालतमा डिभोर्स भएको थियो । तर डिभोर्स भएको भोलीपल्टै महिलाको मृत्यु भयो । उनी झु ण्डि एको अवस्थामा फेला परेकी हुन् । डिभोर्स भएकै दिन महिलाको मृत्यु भएपछि स्थानियले उनका पूर्व श्रीमान माथि अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । १४ वर्ष अघि विवाह भएकी एक महिलालाई उहि गाउँका अर्का पुरुषले निकै जोडबल गरेर विवाह गरे । दोस्रो विवाह गरेकी ति महिलाको दोस्रो श्रीमानसंग पनि ७ वर्ष पछि विवाह भयो ।

विवाहित महिलालाई जब र जस्ती आफुसंग विवाह गर्न बाध्य पारेको स्थानियको भनाई छ । घटना हुनुभन्दा अघिल्लो दिन उनीसंग एक जना महिला पनि थिइन् । त्यती बेला ति महिला मोवाइलमा ब्यस्त भएकी थिइन् । साथीले को संग मोवाइल म्यासेन्जरमा कुरा गरेको हो भनेर प्रश्न गर्दा उनले कोही होइन भनेर टारिन् । उनीहरु राती ८ वजे त्यहाँवाट अलग भएका थिए । तर उनी आफ्ना श्रीमानसंग नै कुरा गरेको होला भन्ने अनुमान गरिन् ।

उनीहरुबीच डिभोर्सको कुरा फाइनल भैसकेका कारण अब ति श्रीमानसंग कुरा नगर, भेट्न पनि नजाउ भनेर साथीले सम्झाएकी थिइन् । तर साथीले श्रीमानलाई भेट्न जान दिन्न भन्ने ठानेर साथीलाई को संग कुरा गरेको हो भन्ने सुनाइनन् । तर राती उनी ९ वजे उनै श्रीमानलाई भेट्न गएकी रहिछन् । भोलीपल्ट महिला मृ त फेला परेकी हुन् । घटना रहस्यमय भएको र घटनास्थलमा पनि दुई जनाबिच संघर्ष भएको देखिएका कारण महिला आफै त्यस्तो निर्णय नगरेको हुनसक्ने साथीको भनाई छ ।

Categories
समाचार

एकादशीको दिन मन्दिर दर्शन गर्न हिंडेका एकै गाउँका चार जनाकाे मृत्यु

ओखलढुंगा : ओखलढुंगाकाे चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुकाे दुर्घटनामा ज्यान गएकाे छ । सुनकाेसी गाउँपालिका-९ कटुञ्जेमा भएकाे दुर्घटनामा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

क्षमताभन्दा बढि यात्रु बाेकेकाे प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको थियाे । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल ख’सेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गाेविन्द काफ्लेका अनुसार तीन जनाकाे घटनास्थल र एक जनाकाे उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्या’न गएकाे हाे । गम्भीर घाइते चार जनालाई हेलिकाेप्टरबाट काठमाण्डाैं पठाइएकाे छ । अन्य नाै जनाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।

दुर्घटनामा ज्या’न गु’माउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् । अन्य एक जनाकाे समेत ज्या’न गएकाे बताइए पनि पहिचान हुन सकेकाे छैन ।

एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारकाे मृत्यु र दर्जन बढि घाइते भए पछि गाउँ नै शाेकमा डुबेकाे छ । गाउँका मान्छे यति धेरै दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शाेकमा डुबेकाे सिद्धिचरण- १० का वडा अध्यक्ष दामाेदर धमलाले बताए ।

Categories
समाचार

आमा नरगिसको मृत्यु भएको दुई वर्षपछि सञ्जय दत्तले भेटाए आमाले उनका लागि छोडेको अन्तिम अडियो सन्देश, सुनेर ५ घण्टासम्म लगातार रोए

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तले इन्डस्ट्रीमा निकै नाम कमाएका छन् । सन् १९८१ मा रिलिज भएको फिल्म ‘रकी’ बाट अभिनेताले यस उद्योगमा डेब्यु गरेका थिए । यसपछि सञ्जय दत्तले धेरै हिट फिल्म दिए जसका कारण उनले फ्यानहरुको मन जितेका थिए । अभिनेताको व्यावसायिक जीवन जस्तै उनको व्यक्तिगत जीवन पनि खुला किताब जस्तै छ । संजय आफ्नो जीवनको अधिकांश समय आफ्नी आमा नरगिससँग नजिक थिए, जो यो संसारमा छैनन्।

सन् १९८१ मा सञ्जय दत्तको डेब्यू फिल्म रकी रिलिज हुनुअघि नै नरगिसको क्या न्स रका कारण मृत्यु भएको थियो । आमाको असामयिक मृत्युले सञ्जयको परिवारलाई सबैभन्दा ठूलो ध क्का दिएको थियो । आमाको मृत्युमा संजय रोएनन् । तर अभिनेताले आमाको मृत्यु भएको दुई वर्षपछि एउटा सन्देश प्राप्त गरेका थिए, जुन उनकी आमाले रेकर्ड गरेकी थिइन्। यो सुनेर सञ्जय दत्त बेस्सरी रोए, यो कुरा सञ्जय दत्तले एक अन्तर्वार्तामा भनेका थिए ।

सञ्जय दत्तले आफ्नो एक अन्तर्वार्तामा भनेका थिए, ‘जब मेरी आमाको मृत्यु भयो, म पटक्कै रोइनँ । म भित्र कुनै भावना थिएन। अभिनेताले भने, म न्युयोर्कमा ड्रग रिह्याबमा थिएँ जब मैले मेरी आमाको आवाज सुनें। त्यतिबेला उनी साथीहरूसँग बसिरहेका थिए ।

यस क्रममा उनीहरु मध्ये एक साथीले आमाको रेकर्डिङ बजाए । त्यसपछि सञ्जय दत्तले पनि आफ्नी आमाको रेकर्डिङलाई अन्तर्वार्तामा सुनाए, जसमा नरगिस भन्छिन्, ‘सञ्जु छोरा, अरुभन्दा आफ्नो नम्रतालाई प्राथमिकता दिनु । घमण्ड कहिल्यै नदेखाउनुहोस्। ठूलालाई सधैं आदर गर्नु र विनम्र हुनु। यी कुराहरुबाट तिमी जीवनमा अगाडि बढ्न सक्छौ । यसले तिम्रो कामलाई पनि बल दिनेछ।

यसपछि सञ्जय दत्तले भनेका थिए, ‘मैले दुई वर्षपछि आमाको आवाज सुनेँ । यस क्रममा म चार–पाँच घण्टा रोएँ । जब म मौन थिएँ, म पूरै बदलिएको मान्छे बनेको थिएँ। सञ्जय दत्त अहिले पनि आमालाई धेरै मिस गर्छन् । नरगिसको ४० औं मृत्यु वार्षिकोत्सव ३ मे २०२१ मा थियो। यस अवसरमा सञ्जय दत्तले एउटा पुरानो तस्विर सेयर गरेका छन्, जसमा सानो सञ्जय आमाको काखमा छन् । यो तस्बिरसँगै अभिनेताले लेखेका छन्, ‘कुनै दिन पनि यस्तो हुँदैन जब म तिमीलाई सम्झन्छु आमा।

Categories
Uncategorized समाचार

केहीबेर अघि यी नेपालका बरिस्ठ ब्याक्तिको निधन, बनायो स्तब्ध

वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मनुभएको थियो ।

विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।’

कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादन गर्नुभएको थियो ।

बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक सङ्घको केन्द्रीय नेतृत्वमा रहिसक्नुभएको थियो । अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उहाँको जन्मथलो पोखरा आजै लगिएको छ ।