Categories
समाचार

आफ्नै छोराले आमालाई पटक-पटक मा’र्न खोजिरहेका छन, आमा रुँ’दै मिडियामा (भिडियो हेर्नुस्)

रेशम राना हेर्दै खाईलाग्दा छन ।तर उनको मा’नशि’क स’न्तुलन गु’मेपछी उनी बि’जोक अ’वस्थामा साङ्लोमा बा’धिएर बस्न बा’ध्य छन ।आमलाई कु’टपि’टबाट ठूलो चो’ट पुर्याएका थिए । उनलाई खुल्ला छो’डेपछि बि’गार गर्दै जाने भएकाले बा’धेर राख्नु परेको बताउनु भयो ।

उनी बिगत १६ वर्ष देखि मा’नशिक रो’गको सि’कार छन ।उनको घर बाहिरै बाँस छ ।बाहिरै खान्छन ।बाहिरै सुत्छन । आगनमै दि’सा_पि’साब समेत गर्छन ।उनलाई केही थाहा हुदैन ।जो भेट्यो त्येसलाई नै कु’ट्छन ।बुबा आमा समेत आ’जित भईसक्नु भयो ।छोरो को यो अ’वस्था देखेर ।

उ’पचार गर्नका लागि अनेक ठाउँ पुर्याईयो तर कतैपनी लैजादा ठिक नभएपछि बा’धेर राखेको बताउनु भयो ।आर्थिक अ’वस्था न्यू’न भएका कारण बेलैमा उ’पचार गर्न सकिन अहिले यो हाल भयो भन्दै आमा बे’लौना गर्नु हुन्छ । जिन्दगिमा यो छोरोलाई हामी हुन्जेल त हेरौला त्यसपछि कसले हे’र्ला भन्दै आँ’सु झार्नु हुन्छ बुबा ।

खेतिपाती गरेर जिबिको पार्जन गर्दे आएको यो परिवारले छोरा बचाईदिन सहयोगको अपेक्षा गरेको छ ।सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुले सहयोग गरि यो जवान युवालाई ब’चाईदिन हामी पनि अनुरोध गर्दछौ ।यस्तो हालतमा कसैलाई पनि देख्न न’परोस ! अब हेर्नुस भिडियो सामग्री :

Categories
समाचार

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

गलेश्वर । कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो ।

काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन महिनाको अनवरत प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल हुनुभएको हो । त्यसका साथै उहाँले व्यक्तिगतरूपमा रु एक लाख खर्चेर आवश्यक निर्माण सामग्रीको जोहो गरी हावाबाट बिजुली उत्पादन गर्नुभएको लभ्लीहिल निवासी स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार म्याग्दी आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको स्थल बनेको लभ्लीहिलमा साँझ परेपछि अँध्यारो हुँदा निकै असजिलो महसुस हुने गथ्र्यो । कोरोना कहरकै बीचमा अहिले यहाँ हावाबाट विद्युत् उत्पादन गरी श्रेष्ठले उज्यालो बनाइदिएपछि बेलुकी पख शीतल हावा खान यहाँ आउने गाउँलेहरुलाई सहज भएको छ ।

यतिबेला कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका कारण बेनी वा अन्यत्रबाट मानिसहरु आउन सक्ने वातावरण नभए पनि परिस्थिति सहज हुने बित्तिकै पर्यटकहरुको घुइँचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भएपनि बिजुलीको व्यवस्था भने हुन सकेको थिएन ।

म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक श्रेष्ठका अनुसार सात वटा बल्ब बाल्न सक्ने क्षमता भए पनि अहिले चार वटा बल्ब मात्र बाल्न सकिएको छ । सात वटा बल्ब बाल्ने क्षमताको उत्पादनका लागि एउटा ठूलो टर्वाइन र पोल आवश्यक पर्ने भएकाले अहिले ल्याउन सक्ने अवस्था छैन । स्थिति सहज भयो भने तुरुन्तै त्यो पोल र टर्वाइन ल्याएर जडान गरेपछि बाल्न सकिने सम्भावना भएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार भर्टिकल टर्वाइन पोलमा हावाको गति कम भए पनि चल्न सक्ने क्षमता हुन्छ ।

Categories
समाचार

गायक ढकालले नेपाली संक्रमितका लागि अमेरिकामा जुटाए १५ हजार डलर

काठमाडौं । गायक रामकृष्ण ढकालले नेपालका कोरोना संक्रमितहरुका लागि १५ हजार २ सय ८८ अमेरिकी डलर सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक ढकालले सोसल मिडिया फेसबुकमार्फत् कोरोना संक्रमित नेपालीका लागि १५ हजार २८८ डलर (करिब १८ लाख रुपैयाँ) सहयोग जुटाएको जानकारी गराएका हुन् ।

गायक ढकालले अमेरिकामा रहेका नेपाली र नेपाली भाषी भूजनिजबाट उक्त सहयोग रकम जुटाएको जानकारी दिएका छन् । गायक ढकालले भनेका छन्, ‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।’

त्यस्तै, गायक ढकालले पहिलो चरणमा जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको पनि जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘पहिलो चरणमा जम्मा भएको १५,२८८ अमेरिकी डलर (करिब १८ लाख नेपाली) यस्तो विषम परिस्थितिमा पनि निस्वार्थ भावले सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायरमार्फत् जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु ।’

यसका साथै गायक ढकालले अझै पनि केही मनकारी ब्यक्तिहरुबाट सहयोग रकम प्रदान गर्ने बचन आएको र उक्त रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएका संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने जानकारी पनि गराएका छन् ।https://m.facebook.com/RamKrishnaDhakalOfficial?fref=nf