Categories
समाचार

खुसीको खबर आज एकैदिन झण्डै १० हजार जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । यो संख्या नयाँ संक्रमितभन्दा संख्या नयाँ संक्रमितभन्दा २९ सय ८६ ले बढी हो ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृ त्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् ।

त्यस्तै तमानखोलामा सङ्क्रमितसँगै जटिल बिरामी बढी
भूगोल र जनसङ्ख्याले सानो रहेको तमानखोला गाउँपालिकामा कोरोनाका सङ्क्रमित थोरै छन् । यहाँका सङ्क्रमितमध्ये धेरै बिरामी छन् ।

कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म सङ्क्रमणबाट बचेको तमानमा भारतबाट आएका मात्रै सङ्क्रमित भएका थिए । अन्यत्र नियन्त्रणमा आएपछि यहाँका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखियो । दोस्रो लहरका क्रममा भने तमानखोला पनि बढी प्रभावित भएको छ । अहिलेसम्म तमानखोलाका ७१ जनामा मात्रै कोरोना पुष्टि भएको छ । तीमध्ये २२ जना डिस्चार्ज पनि भइसके । बाँकी ४९ मा नौजना गम्भीर बिरामी छन् ।

बिरामी बागलुङ र पोखराका अस्पतालका आइसियुमा छन् । यो सङ्ख्या सङ्क्रमितको २० प्रतिशत हो । कूल सङ्क्रमितको २० प्रतिशत गम्भीर बिरामी हुनु राम्रो नभएको स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले बताउनुभयो ।

“एकदुई पटक मात्रै परीक्षण गर्दा यो सङ्ख्या देखिएको हो, परीक्षण बढाउँदा डरलाग्दो हुन सक्छ”, उहाँले भन्नुभयो, “परीक्षण गर्दा ७० प्रतिशतमा सङ्क्रमण देखिएको थियो ।” यस क्रमले परीक्षण बढाउने र सङ्क्रमित भेटिने हो भने डरलाग्दो अवस्था आउने उहाँले बताउनुभयो ।

गाउँपालिकाले थप ८५ जनाको स्वाब सङ्कलन गरेर पिसिआरका लागि पठाएको छ । ती स्वाबबाट पनि धेरैमा सङ्क्रमण देखिन सक्ने उहाँले बताउनुभयो । घरघरमा लक्षणसहितका सङ्क्रमित र शङ्कास्पद बिरामी भएकाले रिपोर्ट डरलाग्दो बन्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

अघिल्लो वर्ष झैँ क्वारेन्टिन नबन्नु, शहरी क्षेत्र र भारतबाट आएका मान्छे सोझै गाउँ पुग्नुले सङ्क्रमण घरघरमा पुगेको स्थानीयवासीले बताएका छन् । तमानखोलालगायत ग्रामीण क्षेत्रको चेतना कमी भएकाले सङ्क्रमण बढ्दै गएको उहाँले बताउनुभयो ।

ढोरपाटन नगरपालिकामा पनि सङ्क्रमितमध्ये बिरामी भएर आइसोलेशन र अक्सिजनसहितको उपचार दिनुपर्ने बढिरहेका छन् । बोबाङलगायतका ग्रामीण बस्तीमा जुनसुकै बेला डरलाग्दो गरी सङ्क्रमण फैलन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका प्रमुख डा मिलन मल्लले बताउनुभयो ।

Categories
समाचार

राजेश हमालले दिए सरकारलाई महत्वपुर्ण सन्देश, राजेशले भने जस्तै गरे कोहि मर्दैन कोरोनाले (हेर्नुस भिडियो)

माहानायक राजेश हमालले सरकारलाई सुझाब दिएका छन । उनले अहिलेको बि”सम परि”स्थितीमा सरकारले मात्र कुर्चीको मोह गरेको तर जनतालाई नहेरेको बताएका छन ।

केहि दिन अगाडी ब्रिटेनको संसद भवनमा नेपालको अहिलेको अवस्थाको चर्चा भएको स्मरण गराउदै यस्तै बिश्वका अन्य देशले समेत नेपाल प्रती चासो राख्नुपर्ने बतए र त्यसको लागी हामी कति गम्भिर छौ त्यो महत्वपुर्ण हुने हमालले बताए ।

राजेशले सरकारलाई अब सबै कुरा छोडेर मात्र जनता बचाउन तर्फ लाग्नुपर्ने सुझाब दिएका छन् । यो परिस्थीतीमा छिमेकी देशहरु तथा मित्रराष्टहरु संग राम्रो सम्बन्घ राख्नुपर्छ उनले भने । यसको साथै अन्य धेरै कुरा महानायक राजेश हमालले भिडियो मार्फत सरकारलाई सुझाब दिएका छन । हेर्नुस भिडियो-

Categories
समाचार

जन्मेको २४ घण्टा पनि बाच्दैन भनिएका व्यक्तिले सबैलाई चकित पारे, ४४ वर्षमा गर्दैछन् यस्तो !(फोटो फिचर)

हामी कसैलाई थाहा हुन्न कि किस्मतले मानिसलाई कता लैजान्छ भनेर। ब्राजिलका एक मानिस जो आफ्नो टाउको खुट्टा तर्फ फर्किएको अवस्थामा जन्म लिएका थिए। उनलाई डाक्टरहरुले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका थिए तर आज उनी ४४ वर्षका भइसकेका छन्।

टाउको भुइँ तर्फ फर्केका यी ब्राजिलियन व्यक्तिको नाम क्लाउडियो भिएरा डी ओलीभरा हो। उनी उत्तर-पूर्वी ब्राजिल राज्य बहियामा बस्छन्। उनी जन्मजात रूपमा आर्थ्रोग्रीपोसिस मल्टिप्लेक्ससँग लडिरहेका छन्। यस्तो अवस्थाको कारण उनको खुट्टाको मांसपेशीहरू क्षय हुन्छ, उनको पाखुरा उसको छातीमा अड्कन्छ र उनको टाउको खुट्टातर्फ फर्किएको छ।

विशेषज्ञहरूले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका क्लाउडियो एक प्रेरणादायक वक्ता हुन्। ब्राजिलका यी अदभूत मानिसलाई उनको अशक्तताले आफूलाई मनपर्ने कुरा गर्नबाट रोक्न सकेको छैन। तर कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण भने उनको सबै रहर तत्कालका लागि भने रोकिएका छन्।

उनले ब्राजिलियन समाचार साइट जी १ सँग कुरा गर्दै भने, “मलाई कुनै पनि प्रकारका कठिनाइहरु छैनन्, मेरो जीवन सामान्य छ। म पूर्ण रूपमा क्वारेन्टाइनमा छु किनकि यो कोभिड धेरै आक्रामक र खतरनाक छ, त्यसैले हामी डराएका छौं। म अरु भन्दा दोब्बर होशियार छु, मैले डेढ वर्ष देखि आफूलाई घरमै आइसोलेट गरिरहेको छु। अत्यावश्यक काम पर्दा बहेको घरबाट बाहिर निकिएको छैन।”

क्लाउडियोले एउटा कुरा सुनिश्चित गरेका छन् कि उनको शारीरिक अवस्थाले उनलाई कुनै पनि तरिकाले पछि नपारोस्। बरु सात वर्षको उमेरदेखि नै उनले आफ्नो जीवनको हरेक पल अर्थपूर्ण बनाएका छन्। उनले आफ्नी आमाको सहयोगमा घरमै कसरी पढ्ने र लेख्ने भनेर सिकेका थिए।

उनको शारीरिक अवस्थाले धेरै चीजहरुमा समस्या हुने भएता पनि आजसम्म उनको ४४ वर्षको जीवनमा कहिल्यै पनि हेर्न, खान, पिउन र सास फेर्न भने कुनै समस्या भएको छैन। जो व्यक्तिलाई २४ घण्टा भन्दा धेरै बाच्न सक्दैन भनिएको थियो, उसले डिभिडी लन्च गरेका छन्, एक आत्मकथा लेखेका छन् र सन् २००० देखि मोटिभेशनल स्पिकरको रूपमा विभिन्न स्पीच दिँदै आएका छन्।

तर चलिरहेको महामारीका कारण उनले आफ्ना यस्ता कार्यहरु रोक्नु परेको छ। उनले प्रकाशनसँग बताए, “मैले मेरो कामलाई धेरै याद गरिरहेको छु। यहि अप्रिल २८ मा पर्नाम्बुको राज्यको बेजाररा नगरपालिकामा मैले एउटा स्पीच दिनु पर्नेछ। यदि महामारी सजिलो भयो भने हामी अगाडि बढ्नेछौं।” उनी यो महामारी सकिए लगत्तै आफ्नो काममा फर्किन आतुर छन्।

Categories
समाचार

घरबेटीले कोठा खालि गर भनेपछि यी महिलाले आफ्नै जग्गामा बनाइदिने भईन घर… (हेर्नुस् भिडियो)

बाईक दुर्घटनाकै कारण पुरा शरीर नचल्ने बिक्रमको अबस्था निकै दयनीय भए संगै उनलाई देश विदेशबाट सहयोग आइरहेको छ।केहि दिन देखि उनि बस्ने ठाउमा पनि समस्या देखिए पछि बस्ने समस्या भयो भन्दै फोन गरेकी मनु र विक्रमलाई अब भने बस्नको लागे समस्या तर्ने भएको छ। उनीहरुलाई अब भगवान भेटे झैँ भए छ कलाकार सुमी पुरी भेट्दा।

छिट्टै घर बनाइदिने भन्दै सुमी मिडियामा आएकी हुन्।विक्रमको अबस्थालाई बुझेर उनले अब आफु सधै बिक्रम र मनुको सेवामा खटिने समेत बताएकी छिन भन्दै बिक्रमलाइ सबैले सहयोग गरिदिन समेत आग्रह गरेकी छिन।

एता मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो,घरबेटीको समस्या पनि हट्ने भयो’।मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।

दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क बिक्रम सुनार :

Categories
समाचार

मकालु हिमालबाट साढे छ हजार किलोग्राम बढी फोहोर संकलन

किमाथाङ्का । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ ।

नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ ।

मकालु हिमालको आधार शिविरबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि नेपाली सेनाका सेनानी रुपकजंग थापाले जानकारी दिनुभयो ।

फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको उहाँले जानकारी दिनुभयो ।

टोलीले गत जेठ ११ गते सम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौँथो क्याम्प फोहोर संकलन गरेको थियो । यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु,सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरी, आमादब्लम हिमालको सरसफाइ गरेको टोलीले जनाएको छ । सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गते सम्म फोहोर संकलन हुने टोलीले जनाएको छ ।

सङ्खुवासभाको मकालु गाउँपालिका २ मा पने मकालु हिमालको उचाई आठ हजार चार सय ६२ मिटर हो । अभियान टोलीले मकालु हिमालको ७ हजार ४ सय मिटर उचाई सम्मको फोहोर संकलन गरेको जनाएको छ ।

‘सफा हिमाल अभियान २०२१’ अन्र्तरगत फोहोर संकलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको सेनानी थापाले जानकारी दिनुभयो ।

टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताउनुभयो । फोहोर संकलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहोर बुझाएको छ । भने अन्य नकुहिने फोहोर काठमाण्डौ लगिको सेनानी थापाले बताउनु भयो ।

Categories
समाचार

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिच्चली

बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताउनुभएको छ ।

अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन् । आमा रेखा दमाईको उपचारका क्रममा दुई वर्ष पहिला भारतमा मृत्यु भएको थियो भने बुवा विनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडाध्यक्ष महतको भनाइ छ ।

यतिबेला नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नाति नातिनी पाल्न निकै समस्या भएको छ । गाउँभरि डुलेर अरुसँग मागेर नाति नातिनाको पेट भर्ने काम गरेको बज्यै बिस्ना बताउनुभयो ।

कहर बढेसँगै लकडाउनका कारण उनीहरुमा झनै समस्या थपिएको छ । लकडाउन नहुनु पहिला ज्याला मजदूरी गरेर पाल्थे, अहिले भने गाउँभरि मागेर पाल्ने गरेको बाजे अर्जुनले बताउनुभयो । “सबै सानै छन्, जेठी करुणा गाउँकै सत्यवादी मावि कक्षा २, माइली कोपिला नेपाली कक्षा १ मा पढ्ने गरेकी छन्, बाँकी भने सानै रहेका छन्”, उहााँले भन्नुभयो ।

अर्जुनको परिवारले माथिल्लो जातिको काम गरेवापतको अन्नले केही दिनलाई खान पुुगे पनि अहिले भने परिवार पाल्न निकै समस्या भएको बताउनुभयो । वडाध्यक्ष महतले भन्नुभयो, “आफूहरुले पनि कहिलेकाहीँ खाद्यन्न मिलाउने गरिरहेका छाँै, यिनीहरुको पढाइ त टाढाको विषय हो छाक टार्न पनि समस्या भएको छ, यी साना बालबालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रहसमेत गरेका छौँ ।”

नगरपालिकाको महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायाले त्यस्ता अलपत्र परेका बालबालिकालाई यो आर्थिक वर्षमा प्रतिव्यक्ति रु एक हजार सहयोग गरेको बताउनुभयो । “युनिसेफको सहयोगमा रु एक हजार सहयोग गरेका छौँ, बाँकी नगरपालिकामा कोष स्थापना हुन लागेको छ, त्यसपछि सहयोग गर्न सकिने छ ।”

Categories
समाचार

श्रीमानले मलाई चाहे तर मैले अर्कैलाई चाहेर गए, २ हफ्ता बसे गल्ति भयो भन्दै श्रीमतीले माफी मागेपछि श्रीमानले अंगालो हालेर स्वीकार गरे (भिडियो सहित)

काठमाडौ । श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।

जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ । वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको हत्या गर्न पनि पछि पर्दैन । त्यसको लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्ने हुन्छ ।

श्रीमान श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।

धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।

यसै क्रममा पछिल्लो समय एउटा श्रीमान श्रीमतीको घटनाले अहिले चर्चा बटुली रहेको छ । उनी फोनको कारणले रिसाएर हिडेकी थिइन् । श्रीमानले अर्कै पुरुषसंग फोनमा धेरै कुरा गरेको देखेर श्रीमान श्रीमतीसंग विवाद भयो । देश परदेशी राई भन्ने ब्यक्तिलाई फोनमा कुरा गरेको देखेपछि तँ जो संग फोनमा कुरा गर्छेस् त्यसैसंग जा भनेर श्रीमानले भनेपछि विमला राई घर छोडेर हिडेकी थिइन् । उनी धेरै दिन पछि मोरगंमा फेला परिन् ।

सुरुमा त श्रीमानसंग म घर फर्केर आउँदिन भनेकी थिइन् । तर श्रीमानले उनलाई फकाएर ल्याए । बलबहादुर दर्नाल र विमला राई अहिले खुसी साथ घर फर्किएका छन् । मलेसियामा बस्ने देश परदेशी राईका कारण संखुवासभामा बसेका श्रीमान श्रीमतीबीच विवाद भएको थियो । त्यसपछि घर छोडेर हिँडेकी विमला घर फर्केका छन् । श्रीमती कानेपोखरीमा छन् भन्ने थाहा पाएपछि संखुवासभावाट उनी श्रीमती लिन कानेपोखरी पुगेका थिए ।

अर्को मान्छेले जतिबेला पनि फोन गरीरहने र श्रीमती त्यो मानिससंग बोलेको बोल्यै गर्ने गरेका कारण उनीहरुबीच विवाद भएको हो । श्रीमानले त्यती बेला राम्रो तरिकाले सम्झाएको भए म घर छोडेर हिडेकी थिएँ, जो संग फोनमा कुरा गर्थे ति ब्यक्ति मेरा गाउँले दाई हुन् ।

देश परदेशी राईलाई दोशी भन्नेहरुलाई म भन्छु त्यसमा म पनि दोशी हो । मैले पनि उहाँसंग कुरा गरेका कारण यो समस्या भएको हो । घर छोडेर हिँडेपछि आफुलाई पनि निकै पछुतो लागेको बताएकी छन् । मैले बेकारमा घर छोडेर आएँ भन्ने लाग्यो, मैले फेरी देश परदेशी राईसंग कुरा गर्दा तिम्रो श्रीमान निकै रोएका छन् तिमी फर्केर घर जाउ भनेर उनैले सम्झाएको बताएका छन् ।

उनले तिनलाई दाई नै भन्ने गरेको र उनीसंग सबैसामु माफी समेत मागेकी छन् । उनले अब देखि विदेशमा रहेका ति ब्यक्तिसंग कुरा नगर्ने बताएकी छन् । मैले आफ्नै तरिकाले घर छोडे तर आरोप दाईलाई आयो । म माफी चाहन्छु ।

Categories
समाचार

“हप्ता-दिन देखी केही खाएको छैन” भन्दै मिडिया गुहार्ने नक्कली पि:डीतलाई कोठामै गएर कार्वाही (भिडियो )

मैले सात दिनदेखि केही खान पाएको छैन,मात्र बिस्कुटको भरमा बसिरहेको छु भन्दै मिडिया गुहार्ने चितवन घर भइ हाल एक महिनादेखि काठमाडौ बस्दै आएका रमेश श्रेष्ठको कोठामा Good TV कि पत्रकार गंगा लामा पुग्दा उनले उल्लु बनाएका रहेछन् भन्ने थाहा पाएर उनले सार्वजनिक रुपमै माफी माग्न लगाइ कुखुरा बनाएर कार्वाही समेत गरेकी छिन्। यसरी नक्कली पीडित बनेर न्याय खोज्दा वास्तविक पिडीतमाथी अन्याय भएको भन्दै उनले कार्वाही गरेकी हुन्।

त्यी व्यक्तिको कोठामा पुगेर खाटमुनी लुकाइराखेको सामान हेर्दा उनीसँग एक केरेट अण्डा,कार्टुनमा चाउचाउहरू र राम्रो खालको चामल समेत भेटिएको थियो।उनले आफूले केही खान पाएको छैन भन्दै आज पनि तीन चोटी फोन गरेर मिडियालाई बोलाएका थिए।तर उनको कोठामा पुग्दा आफूलाई कोठामा सामान थियो भन्ने थाहै नभएको उनले बताएका छन्।

उनलाई पत्रकार गंगा लामाले राम्रोसँग झपारेपछी उनले उनी लाइनमा आएका थिए र अबदेखि यसरी गल्ती नगर्ने पनि स्वीकार गरेका थिए। गंगाले यस्तो विषम परिस्थितिमा ज्यानको बाजि लगाएर हामी आइरहेका छौँ सहयोगका लागि तपाईं भने हामीलाई उल्टै नक्कली पीडित बनेर सताउनुउन्छ,तपाईंको सट्टामा यतिबेला अरु कुनै पीडितले सहयोग पाउने थियो।यस्तो संवेदनशील बिषयमा यसरी खेलाँची गर्न मिल्छ तपाईंले ? भन्दै त्यी व्यक्तिको सातो लिएकी थिइन्।

उनले आफूसँग भएको चाउचाउ लिएर जानू भएर दिन खोजिरहेका थिए तर गंगाले अस्वीकार गरीन्। उनले वास्तविक पीडित हो या होइन सम्बन्धित ठाउँमा पुगेर,बुझेर मात्रै राहत दिने गरेको बताइन् र अन्त्यमा त्यी झुठ बोल्ने व्यक्तिलाई कोठामै १० चोटी उठबस समेत गर्न लगाइन्।र त्यी व्यक्तिले मिडिया मार्फत सबैजनासँग माफी समेत मागेका थिए।

उनले सबैजनासँग माफी माग्ने क्रममा आफूले लोभ लालचका कारण यस्तो गल्ती गर्न पुगेको र आइन्दा दिनमा नगर्ने प्रतिबद्धता सहित माफी मागेका छ्न्।उनी खाइलाग्दो र काम गर्न सक्ने उमेरका पनि छन्।कृपया यहि विषयमा गरिएको उनको स्टिङ अपरेसनको भिडियो ..

Categories
समाचार

भाईलाई बचाउन म डाक्टर पढ्छु रुदै भन्छिन् ९ बर्षिय दिदी ,भाइको यस्तो अ’वस्था… (हेर्नुस् भिडियो )

जन्मेको एक बर्षसम्म त ठिकै थिए हिमागिरिको छोरा त्यस्पछि शरीर सुन्निन थाल्यो ,हस्पिटल कुदाउन थालियो ।नौ बर्षकि बहिनी आफ्नो भाईलाई हेरेर काखमा राखि अङ्गालोमा बाधेर बसिरहेकि थिइन् ।उनी हामिलाई देख्ने बित्तिकै एक्कासि डाको छोडेर रुन थालिन् ।

आफ्नो भाईलाई बचाइदिन अपिल गर्दै उनी एकदमै भावुक भइन् ।भाइ एकदमै ठूलो भएको हेर्ने चाहा राख्ने नौ बर्षिय दिदिले भाईले आफुलाइ पनि अत्यधिक माया गर्ने बताइन् ।भाईलाई जहाँ जादा पनि आफू सगै लैजान्छु भाईसग एक्छिन् पनि छुट्टिन चाहादिन ,मेरो भाइ मुटुको टुक्रा हो भन्दै बहिनि धुरुधुरु रुन थालिन् ।

नौ बर्षिय बहिनी आफ्नो भाईलाई जोगाउन निको पार्न डाक्टर बन्ने सपना देख्छिन् ।आमा भन्छिन् छोराछोरी नभएर मान्छेले कति धेरै तिर्थ व्रत गर्छन् आफ्नो भने सन्तान हुदापनि बचाउन नसक्ने भइयो भन्दै आमा भावुक हुनुभयो ।मेरो यो एउटा छोरो बचाइदिए म अरुको घरमा गोठालो गर्न पनि तयार छु आमा बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Categories
समाचार

आफ्नै छोराले आमालाई पटक-पटक मा’र्न खोजिरहेका छन, आमा रुँ’दै मिडियामा (भिडियो हेर्नुस्)

रेशम राना हेर्दै खाईलाग्दा छन ।तर उनको मा’नशि’क स’न्तुलन गु’मेपछी उनी बि’जोक अ’वस्थामा साङ्लोमा बा’धिएर बस्न बा’ध्य छन ।आमलाई कु’टपि’टबाट ठूलो चो’ट पुर्याएका थिए । उनलाई खुल्ला छो’डेपछि बि’गार गर्दै जाने भएकाले बा’धेर राख्नु परेको बताउनु भयो ।

उनी बिगत १६ वर्ष देखि मा’नशिक रो’गको सि’कार छन ।उनको घर बाहिरै बाँस छ ।बाहिरै खान्छन ।बाहिरै सुत्छन । आगनमै दि’सा_पि’साब समेत गर्छन ।उनलाई केही थाहा हुदैन ।जो भेट्यो त्येसलाई नै कु’ट्छन ।बुबा आमा समेत आ’जित भईसक्नु भयो ।छोरो को यो अ’वस्था देखेर ।

उ’पचार गर्नका लागि अनेक ठाउँ पुर्याईयो तर कतैपनी लैजादा ठिक नभएपछि बा’धेर राखेको बताउनु भयो ।आर्थिक अ’वस्था न्यू’न भएका कारण बेलैमा उ’पचार गर्न सकिन अहिले यो हाल भयो भन्दै आमा बे’लौना गर्नु हुन्छ । जिन्दगिमा यो छोरोलाई हामी हुन्जेल त हेरौला त्यसपछि कसले हे’र्ला भन्दै आँ’सु झार्नु हुन्छ बुबा ।

खेतिपाती गरेर जिबिको पार्जन गर्दे आएको यो परिवारले छोरा बचाईदिन सहयोगको अपेक्षा गरेको छ ।सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुले सहयोग गरि यो जवान युवालाई ब’चाईदिन हामी पनि अनुरोध गर्दछौ ।यस्तो हालतमा कसैलाई पनि देख्न न’परोस ! अब हेर्नुस भिडियो सामग्री :