Categories
समाचार

ज्वाला संग्रौला प्रकरण थप पेचिलो बन्दै ! यस्ता नक्कली कागजात फेला परे, ११ वर्ष कैद हुनसक्ने

काठमाडौ । प्रहरी हिरासतमा रहेकी ज्वाला संग्रौलाका सरकारी कागजात नक्कली भएको प्रमाण फेला परेका छन् । उनको जन्मदर्ता, विवाह दर्ता लगायतका कागजात नक्कली भएको प्रमाण फेला परेका हुन् । अ भद्र ब्यवहार सम्बन्धी विषयमा पक्राउ परेकी ज्वालाको कागजात अनुसन्धान गर्दा यस्तो फेला परेको हो । संग्रौला दम्पतिले सरकारी कागजात कीर्ते गरेको पाइएको छ। ज्वाला संगै उनका पति हिमाल उपाध्याय र आफुलाई सामाजिक अभियन्ता बताउने एक युवती पनि पक्राउ परेका थिए ।

प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले सरकारी प्रमाणपत्र कीर्ते गरेको भेटिएको हो। अनुसन्धानका क्रममा जन्मदर्ता तथा नाता प्रमाणित र सम्बन्ध विच्छेदको प्रमाणपत्रमा कीर्ते गरिएको अनुसन्धानबाट खुलेको परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए ।

ज्वालाको पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र कीर्ते भेटिएको छ। उनले गाउँ पालिका भइसकेपछि प्रमाणपत्र लिएकी थिइन् । त्यस्तै उनका पति हिमाल उपाध्यायसँग गरिएको नाता प्रमाणित पनि कीर्ते पाइएको अनुसन्धानवाट खुलेको हो ।

अछामको मंगलसेन नगरपालिकाबाट यी दुईबीच नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको अनुसन्धानका क्रममा देखिएको छ । हात पात र अ भद्र व्यवहार गरेको भन्दै ज्वाला पति हिमालसहितलाई गत असार ६ गते प्रहरीले पक्राउ गरेको थियो। अहिले उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

३ वटा कसूरमा अनुसन्धान, दो षी ठहरिए ११ वर्षसम्म कै द
संग्रौलाविरुद्ध अहिले एकैसाथ तीन वटा मु द्दामा अनुसन्धान भइरहेको छ– अ भद्र व्यवहार, जातीय विभेद तथा छुवाछुत र लिखतसम्बन्धी कसूर।

ट्राफिक प्रहरीलाई कार्यालयमै गएर जातिय विभेद सम्बन्धी कसुर गरेको देखिएको छ । त्यसमा जातीय विभेद गरेको पाइएमा त्यस्ता व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

युवा संघकी नेता घिमिरेको उजुरीअनुसार कसूर प्रमाणित भएमा अ भद्र व्यवहारको कसूरमा संग्रौलालाई बढीमा १ वर्षसम्म कै द र १० हजार रुपैयाँसम्म जरिवाना हुने देखिन्छ। सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कै द र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

Categories
रोचक

छत्र शाही र जुरेलीको हिलोमा गा’डिएको भिडियो बन्यो भा’इरल, (भिडियो हेर्नुस्)

यो असारको महिना हो त्यो पनि अझै बिशेस दिन असार १५ गते। असार १५ गते इन्र्द्रेनीको टिम खेत रोप्न पुगेका छन्। यस महिना भरि मानिसहरुले धान रोपेर बर्षौ भरि खानपुग्ने गरि खेतीमा काम गरिरहेका हुन्छन। समयमै पानी परेका कारण मौसमको अनुकूलता र को रोना भा इरसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ ।
यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृष्ण कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका छन् । रमाइला रमाइला गीत गाउदै इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो ।एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको हो । सो ठाउमा इन्द्रेणि परिवारसहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उपस्थिति थियो ।

एकदिन मात्रै यसरी जम्मा भएर धान रोपेर कृषिमा क्रान्तिनै हुने भन्ने हैन् तर धानले संसारको ६५ प्रतिसतभन्दा बढि मानिसहरुलाई आश्रित गराएको र यशको महत्त्व र कृषकलाई उर्जाका निमित्त सो रोपाइमा समावेश भइएको सन्देश दिन खोजिएको छ । नेपालमा आफ्नै भाषा सास्कृतिक भेष भुषा र रहन सहन रहेको र कोरोना महामारीका कारण यस वर्षकोदिवसमा सांस्कृतिक, परम्परागत कार्यक्रम गरिने छैन ।

कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । नेपालमा खेती हुने कूलजमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । अघिल्लो वर्षको तुलनामायस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ ।

Categories
समाचार

विवाह भएको १७ मिनेटमै वेहुलाले यस्तो दाइजो मागे की उपस्थित सबै चकित परे जन्ती आएका सबैले यस्तो भन्नथाले

काठमाडौ । भारतमा अहिले एउटा विवाहको निकै चर्चा भएको छ । महामारीकाबीच निकै सावधानीका साथ परिवारका थोरै सदस्य भेला भएर गरीएको यो विवाह अरुका लागि पनि उदाहरण हुन सक्छ भनेर निकै चर्चा भएको हो । भारत यूपीको शाहजहांपुरमा भएको यो विवाह केवल १७ मिनेटमा सकिएको थियो । यो विवाह यस कारण चर्चित भयो की विवाहमा वेहुलाले वेहुलीका परिवारसंग अचम्मको दाइजो लिए ।

विवाह सामान्य तरिकाले धेरैले गर्छन त्यो कुनै ठूलो कुरा भएन तर वेहुलाले दाइजोको रुपमा जे मागे त्यो भने धेरैलाई अचम्म बनाउने खालको छ । यो अनौठो विवाह पटनाको एक मन्दिरमा सम्पन्न भएको हो । विवाहमा न धेरै जन्ति थिए न बाजागाजा थिए । घरका केही सदस्यको अगाडी वेहुला वेहुलीले मन्दिरको सात पटक परिक्रमा गरेर र सिन्दुर लगाए । उनीहरुको मुख्य उद्देश्य भारतमा कुरीतीको रुपमा रहेको दाइजो प्रथा उन्मुलन गर्नु थियो ।

उनीहरुले अपनाएको यो तरिकाको अहिले सो क्षेत्रमा निकै चर्चा भएको छ । खासमा थाना कलान क्षेत्रका सनाय गाउँमा बस्ने पुभेन्द्र दुवे उनी गाउँमा शिक्षण संस्था चलाउँछन् । उनी दाइजो प्रथा विरोधी हुन् । उनको विवाह हरदोईकी प्रीति तिवारीसंग भएको हो । उनले विवाह तय भए देखि नै आफुले दाइजो नलिने बताउँदै आएका थिए । पटनाको एक देवी मन्दिरमा उनीहरुले सामान्य तरिकाले विवाह गरे । विवाह १७ मिनेटमै सम्पन्न भएको थियो ।

उनले दाइजो लिन्न भनेर निकै इन्कार गरेपछि पनि वेहुली तर्फका आफन्त मान्दै मानेनन् । अनि उनले वेहुलीका परिवारसंग अचम्मको दाइजो मागे । त्यो थियो रामायणको किताव । वेहुलीको माइतीले निकै कर गरेपछि उनले रामायणको किताब मागेका थिए । उनको यो तरिका देखेर त्यहाँ उपस्थित सबै चकित परे । भुपेन्द्र र प्रीतिले आफुहरुको विवाह समाज परितर्वतका लागि एक उदाहरण बनाउन चाहेको बताए । अरुलाई पनि दाइजो रहित विवाह गर्न उनीहरुले सल्लाह दिएका छन् ।

Categories
समाचार

पढाइ खर्च जुटाउन आँप बे’चिरहेकी बालिकाको १२ वटा आँप २ लाख रुपैयाँमा कसले किनिदिए ?

काठमाडौं। को’रोनाभाइरस महामारीका कारण विद्यालय बन्द भयो । त्यसपछि ५ कक्षाकी विद्यार्थी तुलसी घरमै बस्न बा’ध्य भइन् । विद्यालयले पढाइ सुरु गरेको तुलसीले जानकारी पाइन् तर उनी कक्षामा उपस्थित हुन स’क्दिनथिन् ।

कक्षा अनलाइनबाट च’लिरहेको थियो र यसका लागि तुलसीसँग स्मा’र्टफोन थिएन । त्यसैले स्मार्टफोन किन्ने पैसा जम्मा गर्न उनले सडक कि’नारामा आँप बेच्न थालिन् ।यी बालिकाको कथा समाजिक संजालमा यसरी भाइरल भयो कि उनको सपनाले उडान भर्न पाउने भएको छ ।

बाटोमा आँप बे’च्न बसेकी तुलसीसँग १२ वटा आँप थिए । एक व्यक्तिले उनलाई ती प्रत्येक आँपको १० हजार भा’रतीय रुपैयाँका दरले १२ वटा आँपको १ लाख २० हजार रुपैयाँ (नेपाली रुपैयाँ झण्डै २ लाख) दिएर सबै आँप किनिदिए । यी आँप खास आँप पनि थिएनन् ।

तर, पढाइको लागि ती बालिकाको सं’घर्ष देखेर ती व्यक्तिले यति म’हंगोमा आँप कि’निदिएका थिए ।भारती’य मिडियाका अनुसार भारतको झा’रखण्ड राज्यको ज’मशेदपुरमा स्ट्रे’ट मा’इल्स रोडमा बं’गला नम्बर ४७ को आ’उटहाउसमा बस्ने ११ वर्षकी तुलसी ५ कक्षाकी छात्रा हुन् ।

उनको परिवारको आर्थिक अ’वस्था कमजोर छ । उनको परिवारले उनलाई पढाइरहेका त थिए तर को’रोनाकालमा स्कुल ब’न्द भए । स्कुल ब’न्द भएपछि अनलाइन कक्षा सुरु भयो तर तुलसीको पढाइ भने ठप्प भयो किनकि उनीसँग स्मा’र्टफोन थिएन ।तुलसीले पैसा जुटाउन आँप बेच्न थालिन् ।

उनले आफू बस्ने बंगलाको बगैंचामा फ’लेका पाकेका आँप टिपेर ल्याएर सडकमा बे’चिरहेकी थिइन् । यस क्रममा तुलसीको यो क’हानी सामाजिक संजालमा भाइरल भयो । सामाजिक संजालमा भाइरल भइरहेको यो क’हानी मुम्बइको भ्या’लुएबल ए’डुटेनमेन्ट कम्पनीमा उपाध्यक्ष अमे’या हे’तेसम्म पुग्यो ।

त्यसपछि उनले तुलसीलाई सहयोग गर्न अगाडि आए ।उनले तुलसीका १२ वटा आँप प्रतिआँप १० हजारका दरले १ लाख २० हजारमा कि’निदिए । अब अमेया हेतेले तुलसीको सपनालाई नयाँ उ’डान दिएका छन्, तुलसी कहाँसम्म पुग्छिन् त्यो भने हेर्न बाँकी नै छ ।

यो पैसाबाट लुतसीले १३ हजार रुपैयाँमा स्मा’र्टफोन किनेकी छिन् । बाँकी रकम उनले अ’गाडिको पढाइको लागि राखेकी छिन् । अब भने उनी सडक कि’नारामा आँप बे’चिरहेकी दे’खिन्नन ।

Categories
रोचक

बेहुलिले बिदाईमा रुनै आएन भनेपछि ,हंगामा मच्चियो (हेर्नुहोस् भिडियो)

छोरिले आफ्नो घर छोडे’र परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामक’रण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अव’धारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कु’रो सत्य हो ।

सामा’जिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो मा’इति भयो ,मान्छे उहीँ छन् तर स’म्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामा:जिक संजालमै देखेका छौ ।

तर आजको यो भिडियो सामा’ग्री अलि भिन्न छ ।बेहुलिको बिदाई हुँदै गर्दा परम्परागत सबै बेहुलि अक्सर रुने गर्छन् तर यी बेहुलिले आफुलाई रुनै नआएको भन्दै ठट्टा गरेपछि एकदमै हासोको माहोल बनेको थियो ।जिव’नभर सगै रहेर जिन्दगी बेथित गर्नुपर्ने छ फेरि आँसु झार्नु पो किनर ।नवबिवाहित जोडिलाई हार्दिक बधाई तथा सुखद दाम्पत्य जिवनको शुभकामना ।

हेर्नुस् भि’डियो सामाग्री:

Categories
समाचार

लकडाउनमा भोकालाई निशुल्क खाना खुवाइरहेकाहरु पक्राउ, उनीहरुले प्रयोग गरेको जमिन पनि प्रहरीले खाली गरायो

काठमाडौ । महामारीको समयमा काम नपाएर भोको पेट भएकाहरुलाई निशुल्क खाना खुवाउँदै आएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले भोकाहरुलाई खाना खुवाउन प्रयोग गरेको ठाउँ पनि खाली गराइएको छ । काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले लकडाउनमा काम गुमाएर भोको पेट हुनुपरेकालाई खाना खुवाउँदै आएको थियो ।

उनीहरुले निशुल्क वितरण गर्दै आएको खाना खान टाढावाट त्यहाँ विपन्नहू पुग्ने गरेका थिए । तर सोमवार उनीहरुले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ। काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको छ । अब भोको पेट हुनेहरुले कहाँ खाना खान्छन् त्यसको कुनै ठेगान छैन । प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ।

हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले खाना बनाउन बनाएका संरचना पनि प्रहरीले भत्काइदिएको छ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,’ मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो। उनले वडा कार्यालयले आफुहरुलाई अनुमति दिएका कारण आफुहरु त्यहाँ खाना बनाइरहेको बताएका छन् । प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।Sorce:-tajakhabar

Categories
समाचार

सडकमा रहेको भोकाहरुलाई खाना खुवाउँदै गरेकि सपना रोका मगर प क्राउ ,चल्यो हा हाकार (हेर्नुस् भिडियो )

काठमाडौ महानगरपालिकाले पल शाह आबद्ध हाम्रो टिम नेपालको कार्यलय भ त्काइएको छ ।हाम्रो टिम नेपालले लामो समयदेखि सडकमा रहेको भोकाहरुलाई खानाको व्यवस्था र कोरोना कहरसगै आक्रान्त भएको यो भ यावह स्थितिमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन अहोरात्र खटिरह्यो र अनेकौ समयअवदिमा पि डितको घा उमा मलम लाइनै रह्यो ।

पछिल्लो समय पल शाह निकै समाजसेवामा लागिपरेका छन् र उनका हर सामाजिक कार्य यहि हाम्रो टिम नेपालबाटनै हुनेगरेको थियो ।

काठमाडौंको अनामनगरमा रहेको सो हाम्रो टिम नेपालको कार्यलय भ त्काइएको छ र राहातका निमित्त राखिएको थुप्रै लता कपडाहरु पनि यत्रतत्र नै फ्यालिएको छ ।

सपना रोका मगर सहित थुप्रै समाजसेविहरु प क्राउ परेका छन् ।आफुहरुको यसरी गाँस नै खोसेको र अब खाना खान नपाउने अवस्था सृजना भैरहदा आफुहरुलाई मा रिदिन समेत त्यहा खाना खान आउनेले आ क्रोश पोखे ।

गरिब दिन दुखिकै लागि भनेर यसरी काम गर्नु अनि कामको मुल्यांकन त दुर यसरी उल्टै स जाय दिनु हदसम्मको नि न्दनिय कार्य हो ।

हेर्नुहोस भिडियो

Categories
समाचार

विमानस्थलमा दश मिनेटको अन्तरालमा उडान

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ ।

विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान सङ्ख्याका आधार १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन÷तीन उडान स्वीकृति दिइएको छ ।

कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आगमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी स्वास्थ्यसम्बन्धी मापदण्ड÷प्रोटोकल प्रभावकारी रुपमा पालना गर्न÷गराउन विमानस्थल सुविधादेय समितिको पछिल्लो बैठकबाट कार्यान्वयन समिति र सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ ।

नियमित आन्तरिक उडान सञ्चालन हुने निर्णयसँगै आन्तरिक उडानका एयरलाइन्स पनि जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्र्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि यही असार १७ गते देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

Categories
समाचार

मेलम्ची बाढी पिडितको उपचारमा तल्लिन प्रहरी अस्पतालका चिकित्सक

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा सञ्जयविक्रम श्रेष्ठको नेतृत्वमा ११ चिकित्सक बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थचौकी र वडा नं–४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहनुभएका डा श्रेष्ठले बताउनुभयो ।

बिहिबार हेलम्बु–४ चिलाउनेघारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७९ को स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा १७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई डेसिङ्ग गरिएको छ ।हेलम्बु–६ स्थित इचोक आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिविरमा १६२ को निःशुल्क उपचार गरिएको छ । इचोकमा १६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड र नौ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ ।

यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १६६ को निःशुल्क उपचार गरिएको छ । मेलम्ची स्वास्थ्य केन्द्रबाट १५६ लाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड र १० जनाको ‘माइनर’ शल्यक्रिया तथा १५ जनालाई डे«सिङ्ग गरिएको छ ।

अस्पतालको टोलीमा डा श्रेष्ठ सहित, प्रहरी उपरीक्षक डा आशिष दत्त(सर्जन), प्रहरी नायब उपरीक्षक निर्मल घिमिरे (फिजिसिएन), प्रहरी नायब उपरीक्षक सुवास थापा (आन्तरिक औषधी), प्रहरी नायब उपरीक्षक रोजीना मानन्धर (रेडियोलोजिस्ट), प्रहरी नायब उपरीक्षक मुत्ती घिमिरे (स्त्री रोग विशेषज्ञ) छन् । यसैगरी प्रहरी नायब उपरीक्षक भवानी गुरुङ ( बाल रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक शंकर थापा (दन्त रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन) र प्रहरी निरीक्षक डा. प्रबिना मास्के तथा डा. एलिना श्रेष्ठ टोलीमा संग्लन हुनुहुन्छ ।

Categories
समाचार

मनकारी गायिका एलिना चौहान २ सय परिवालाई गरिन खाद्यान्न सहयोग

काठमाडौं : पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा एक छत्र राज गर्न सफल लोकप्रिय गायिका हुन् एलिना चौहान। आफ्नो जादुमया आवाजले करोडौं नेपाली दर्शक स्रोताको मन जितेकी एलिनाका सयौं गीत बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू लोकप्रिय छन् ।

व्यवहारमा पनि सरल देखिने एलिना गायनमा मात्रै होइन पछिल्लो समय सामाजिक कार्यमा पनि अग्रसर देखिएकी छिन् । उनले हालै मात्र चितवनको एक नगरपालिकामा बस्ने गरिब वासिन्दालाई खाद्यान्न सहयोग गरेकि छ्न। चितवनको राप्ती नगरपालिका १३ का गरिब परिवारलाई दाल, चामाल, नुन तेल लगायतका खाद्यान्न सहयोग एलिनाले शनिबार उक्त स्थानमै गएर हस्तान्तरण गरेकी हुन् ।

वर्षदिन काम गरेर पनि खान नपुग्ने त्यस स्थानका वासिन्दालाई केही खाद्यान्न सहयोग गर्न पाउँदा आफुलाई निकै सन्तुष्टि मिलेको कुरा एलिनाले बताएकी छिन् । उनले आफ्नो फेसबुक वालमा सहयोग गर्दाका तस्वीरहरु सेयर गर्दै सहयोग सम्बन्धि जानकारी गराएकी हुन् ।आफू टिकटक लाइभमा बस्दा लाइभबाट आएको पैंसा र देश विदेशमा रहनुभएका नेपालीमनहरुको सहयोग मिसाएर उक्त सहयोग गर्न सफल भएको पनि एलिनाको भनाइ छ । विकट ठाउँ भएकोले त्यस स्थानमा आजसम्म सहयोग लिएर कोही नपुगेको र आफुले सहयोग लिएए जाँदा ति गरिब वासिन्दाहरु खुशी भएको एलिना बताउँछिन् ।एलिनासंगै अर्का गायक किरण भुजेल पनि सहयोग लिएर सो स्थानमा पुगेका थिए।

सहयोग सम्बन्धि आफ्नो अनुभव र विस्तृत विवरण एलिनाले आफ्नो फेसबुक वालमा यसरी लेखेकी छिन् :-“म आज खुशी भएकाे पल, धेरै थाकेकाे छु। तरपनि याे थकान सम्झिंदा आनन्द आउँछ । यी मैले सेयर गरेका फेटाेहरुले प्रत्यक्ष बाेलि रहेका हाेलान ।तपाई मिठाे के खानु हुन्छ ?चामलकाे भात । (सुन्दा अचम्म लाग्दाे हाे हजुरहरुलाई)

केहि दिन अघि किरण दाजु र मैले राप्ति नगरपालिका १३ काे समाचार सुनेर त्यहाँ खाद्यान्न पुर्याउने संकल्प लिएका थियौं। यसै बिच टिकटक लगायतकाे साेसिअल प्लाटफर्ममा जाने कुरा गर्दा धेरैले सहयाेग गर्ने बाचा गर्दै साेचेकाे भन्दा धेरै आर्थीक सहयाेग गर्नु भयाे ।भन्नेहरुले त भन्दै थिए सुगम जिल्लामा खान नै नपाई गिठ्ठा भ्याकुर खाँदै जिवन कटाउने काेहि नहाेला । हुनपनि हाे चितवन जस्ताे जिल्ला अनि नगरपालिका तर समाचार झुठाे थिएन । किनकि हामीले समाचार सुने लगतै त्यहीँकाे वडाध्यक्ष र उप मेयरसंग लगातार कुराकानि गरी रहेका थितौँ । त्याे गाउँमा पुगेपछि थाहा भयाे मिहेनत गरेरपनि वर्षभरी खान नपुग्ने रहेछ । धानकाे चामलकाे त परकाे कुराे, मकैकाे पिठाे काेदाेकाे ढिडाे खान नपाएर गिठ्ठा भ्याकुर, चिउरी, टाँकि, सिस्नाे खाई जिवन गुजार्दाे रहेछन् ।

शरिर ढाग्ने लुगा लगाउँन पाउँदाे रहेनछन् । ८/१० घण्टा टाढाबाट खाद्यान्न लिन आएकाे कुरा थाहा भयाे । यति सम्मकि चामल बाँड्दैछन् भन्ने सुनेपछि चामल बाँड्ने मान्छेहरु कस्ता हुन्छन भन्दै हेर्न आएकाे कुरापनि थाहा भयाे । धेरै कठिन परिश्रमले गाडि त्यहाँ पुग्दाे रहेछ । धेरैकाे घर जान खोज्यौँ तर सपनामा पनि त्याे सम्भव देखिएन किनकि १ बाट अर्काे घर जाँन १०/१५ देखि घण्टाै लाग्ने रहेछ । तलबाट सोध्दा माथि टुप्पाेकाे घर देखाउँदै त्यहाँबाट आएकाे भन्दै थिए धेरै । अनि हामीले दिएकाे सहयाेग लिएर भारी बाेकेर त्यहि पुग्नु पर्ने काेहि त रातकाे १२ बजे तिर पुग्छौँ भन्दै थिए ।

हामी काे हाे ? कस्ले सहयाेग दिँदै छ? हामी अन्जान थितौँ त्याे समाजकालागी । उहाँहरु लाई केहि थाहा थिएन । बस थाहा थियाे त केहि दिनकाे लागि मिठाे खान पाउँदै छौँ । बाटाे असहज भएका कारण आज सम्म काेहि सहयाेग लिएर नआएकाे कुरापनि त्यहि गएपछि थाहा भयाे । २ सय ५० वटा घरलाई सहयाेग दिन पाउँदा धेरै नै खुशी भएकाे छु । बाँकि भिडियाेमा हेर्न पाउनु हुने छ । यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयाेग पुर्याउनु हुने सबै सहयाेगी हातहरुलाई एकमुस्ट धन्यवाद दिन चाहान्छु ।”