Categories
समाचार

श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनि ढाँटेर साथीभाइसँग मस्ती गर्ने सोचले वीरगञ्ज पुग्दा…..

सवारीचालक अनुमति पत्र (लाइसेन्स ) बनाउन वीरगन्ज आएका काठमाडौंका एक युवकको ह’ ‘त्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज ७ रामटोलका २५ वर्षीय राहुल महर्जन र २७ वर्षीय दीप लामा तथा बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजकलाई पक्राउ गरेको हो।

घटनामा भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने फ’रार रहेको प्रहरीले जनाएको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको घटनामा सं’लग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । प्रहरीले दिएको जानकारी अनुसार ज्ञानु घरमा सर्लाही जान्छु भनेर ढाँटेर साथीभाइसँग म’स्ती गर्ने सोचले वीरगञ्ज आएका थिए ।

साउन १३ गते बुधबार २ जना साथीसँगै उनी वीरगञ्ज आइपुगे । विगतमा सुमो चलाउने क्रममा वीरगञ्जका राहुलसँग उनको दोस्ती बनेको थियो । पछिल्ला दिनमा ज्ञानु काठमाडौं ट्याक्सी चलाउँथे भने राहुलले पेशा परिवर्तन गरेर सानो पसल व्यवसाय गरिरहेका छन् । राहुलले नै अन्यसँग ज्ञानुको परिचय गराए ।

बुधबार साँझ उनीहरु वीरगञ्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने दीपलामाको खाली घरमा बसे । वीरगन्ज आइपुगेर बुधबार राति सुजनले दीप लामाको कुम्हाल टोल स्थित घरमा साथीहरूसँग बसेर अबेर रातिसम्म बि’यर खा’एका थिए। बियर सकिएपछि थप किन्न जाने बहानमा बा २ ज ५७८५ नम्बरको कारमा सुजनलाई लिएर उनका साथीहरुले रामटोलकै एकान्त स्थानमा लगेर घाँ’ ‘टी थि’चे’र ह’ ‘त्या गरी सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लु’टे’र फ’रा’र भएका थिए।

बाँकी तीन जना हतार–हतार फर्कदै गर्दा घटनास्थल नजिकै मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरीको क्युआरटी टोलीसँग जम्काभेट भयो । उनीहरुले प्रहरीलाई साथी हराएर खोजेको बताए ।

त्यसबेला नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले निजहरू मध्ये ३ जनालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थल नजिकै नालामा लुकाएको मृतकको सुनको सिक्रीको टु’क्रा ब’रामद भएको र उनीहरुले पाख्रिनको ह’ ‘त्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

Categories
समाचार

प्रहरीमा जागिर खान यस्तोसम्म गर्दारहेछन ! ४ जना पक्राउ परेपछी खुल्यो पोल

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेका छन् । उनीहरुले लिखित परीक्षामा अन्य उमेदवार सामेल गर्न लगाई लिखित परीक्षा पास भएपछि अहिले मौखिक परीक्षामा आफैँ उपस्थित भएका कारण छानबिनका क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक केशव पन्तले जानकारी दिए ।

पक्राउ परेकालाई कीर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Categories
समाचार

यीनै हुन् भारतीय एसएसबीले तुइन का’टिदिँ’दा महाकालीमा बगेका जयसिंह धामी

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन का’टिदिँ’दा एक व्यक्ति नदीमा बे’पत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन का’टि’दि’एको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन का’टि’दि’योे, नदीको बिच भागमा पुग्ने बेला तुइन का’टि’एप’छि उनी बे’पत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भन्नुभयो, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन का’टि’दि’ए, भारत पांगलमा रहेका एसएसबीले तुइन का’टि’दि’एका हुन् ।”

धामी बे’पत्ता भएपछि अहिले स्थानीय आ’क्रो’शि’त बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

शुक्रबार बिहान सवा ८ बजेतिर वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए। विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनसम्म पुगेका थिए।स्थानीय बहादुरसिंह धामी र तुइन सञ्चालक कल्याण धामी त्यहीँ थिए।

एक-एक जना गरी उनीहरूले तुइन तर्न सुरू गरे। भत्ता लिन जाने ३ जना तरिसकेका थिए। काठमाडौं जानेवाला २ जना वारि नै थिए। जयसिंहको तर्ने पालो आयो। ३३ वर्षका जयसिंहले ७ वर्ष जति नेपाली सेनामा काम गरेपछि जागिर छोडेका थिए। अहिले उनी विदेश जाने तयारीमा थिए।‘काठमाडौंमा भिसा आएको भन्ने खबर एक-दुई दिन अगाडि आएको थियो, त्यही कामका लागि काठमाडौं जान हिँडेका थिए,’ जयसिंहका भाइ नरेन्द्र धामीले भने।

यहि घटनालाई लिएर गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको उनिका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।

स्थानीय प्रशासनका अनुसार अहिलेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँ’डि’एर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वे’पत्ता भएको जानकारी प्राप्त भएको जनाइएको छ । स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी का’टे’प’छि नदीमा खसेर वे’पत्ता भएको आरोप लगाएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्टले अहिलेसम्म तुइन चुँ’डि’एर खसेको भन्ने जानकारी आएकाले जानकारी दिए । उनले भारतीय एसएसबीले डोरी चुँ’डा’लेको भन्ने कुराको आधिकारिक जानकारी नआएको पनि बताए । घटनास्थलमा ससस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको आरोपअनुसार भारतीय एसएसबीसमेतलाई पत्राचार गरी के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको भट्टले बताए ।

यसै क्रममा नेपाली काङ्ग्रेसले दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतीय एसएसबीका जवानले तुइन का’टि’दि’एका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीयरूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको काङ्ग्रेसले जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत नदी तर्ने क्रममा तुइन का’टि’दि’एपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा ख’सेर बे’पत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आ’पत्ति’ज’नक भएको उल्लेख गरेका छन् ।

घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा सम्वाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन पार्टीका तर्फबाट उनले सरकारसँग माग गरेका छन् । आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने प्रवक्ता शर्माले विश्वास लिएका छन् ।

Categories
समाचार

संक्रमित बढिरहेका बेला यस्तो अनौठो घटना भयो सार्वजनिक

विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफु आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दावी गरेका छन् ।

विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन् ।

तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।

होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफु अनभिज्ञ भएको बताए ।
उनले घटना बारे सोधखोज भइरहेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Categories
समाचार

हेल्मेट नलगाएका पूर्वयुवराज पारसले प्रहरीलाई थ,र्काए, माथिको आदेश भन्दै पक्राउ गरेन प्रहरीले

पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अ’भ’द्र व्य’व’हा’र गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई यस्तो गरेका हुन्।
हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो। पारसले त्यसक्रममा प्रहरीलाई ध’म्की’पूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।

शुक्रबार साँझ काठमाडौंको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उनी वा’दवि’वादमा उत्रिएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए।

हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वा’दवि’वादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ। पूर्व युवराज पारसले प्रहरीसँग झ’गडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण)ले भिडियो समेत खिचेका छन्। जसमा प्रहरीले उनलाई प्रहरी कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस्?’ भनिरहेका सुनिन्छ।

त्यहाँ रहेका प्रहरी कर्मचारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडि पठाउन माग गरिरहेका भिडियोमा सुनिन्छ। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भिडियोमा देखिन्छ।

नेपाल लाइभका अनुसार पारसलाई चौकी नल्याइ बाटोमै छोड्नु भन्ने आदेशपछि उनलाई कुनै कारबाही नगरी छाडिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए। ‘बाटोमा सर्वसाधारणको भिड पनि बढ्ने र अनावश्यक तनाव सिर्जना हुने भन्दै माथि (महानगरीय प्रहरी परिसर काठमाडौं)बाटै छाड्नु भन्ने आदेश आयो,’ महाराजगञ्ज बृत्तका ती प्रहरी कर्मचारीले भने।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने गल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको बताए।

‘उनीहरुले ट्राफिक नियम उल्लंघन गरेको, हेल्मेट नलगाएको देखियो। त्यसबारे कानुनी रुपमा प्रक्रिया अगाडि बढ्छ नै। ट्राफिक नियम उल्ल‌ंघन गर्दा कसैलाई पक्राउ त गरिँदैन,’ एआईजी पालले भने, ‘ट्राफिक नियम उल्ल‌ंघन गरेका कारण पछि जरिवाना गर्ने गरी आज चाहिँ यस्तो गल्ती पछि नदोहोर्‍याउने भनेर छाडियो।’

यही व्य’वहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई ह’प्कीद’प्की तथा अ’भ’द्र व्य’व’हा’र गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो। संक्रामक रोग अन्तर्गत जारी भएको ऐन अनुसार आकर्षित गरेर पनि प्रहरीले उनलाई कारबाही गर्न सक्थ्यो।

Categories
समाचार

धेरैको ज्यान जोगाएर संसार छोडिन् बिनिताले, बहादुरीको चर्चा सुनेर सयौं मान्छे विनिताको घर पुगे

एजेन्सी । भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लाको ब्रह्मगंगा नालीमा आफ्नो साथी र साइट मालिकलाई बचाउने विनिताको साहसी कथा सुनेपछि गाजियाबाद लोनीमा सबै आँखा रसाएका छन् । विनिताको बारेमा थाहा पाएकाहरु उनको घरमा पुग्न थालेका छन् । अहिले विनिताको घरमा मानिसहरुको भिड छ ।

बुधवार क्लाउड फुटको कारण, मणिकर्णको ब्रह्मागंगामा आएको डुबानमा चारजनाको निधन भयो । बिहीबार पनि, चार मध्ये कुनै एक जना अझै फेला पर्न सकेका छैनन् । यद्यपि बाढीमा बगाएका मानिसहरूलाई खोज्न खोजी कार्य दिनभर जारी रह्यो। तर त्यहाँ कुनै सफलता पाइएन। विनिताका बुबा र परिवारका सदस्यहरु कुल्लु पुगेका छन्। उनले पुलिस र प्रशासनबाट जानकारी संकलन गरेका छन्।

चाखलाग्दो कुरा के छ भने, बुधवारको क्लाउड फोरे पछि ब्रह्मागंगा नाली (मणिकर्ण, कुल्लू) मा पानीको प्रवाह भएको थियो। बाढी ब्रह्मागगामा चलिरहेको कसोल हाइड रिसोर्ट भन्ने शिविर स्थलतिर गएको थियो।

अचानक पानी बढेको देखेर विनिता ब्यापार साथी अर्जुन फरसवाललाई बचाउन कुदिन् । यसमा उनी सफल पनि भइन्। तर, अर्जुन पानीको बाढीमा घाइते भए, तर अर्जुनलाई बचाउँदा पानीले विनितालाई भने लग्यो ।

विनिता चौधरी (२५०) विनोद डागरकी छोरी हुन् । उनको गाँउ निस्तौली, टिला मोर नजिक, लोनी रोड, गाजियाबादमा छ । उनी म्यानेजरको रुपमा कार्यरत थिइन् ।उनी बुधबार दिल्ली जाँदै थिइन्। यस दुर्घटनामा विनिताको व्यवसायिक पार्टनर घाइते भएको छ। उनलाई कुल्लु अस्पताल लगिएको छ।

उनी अझै बयान दिन सक्ने अवस्थामा छैनन्। जब क्लाउडबर्स्ट घटना भयो, त्यहाँ विनिता बाहेक अरु पाँचजना थिए। विनिताले अर्जुनलाई बग्नबाट बचाइन् तर उनी आफैं पानीमा बगिन्। विनीताकै प्रयासका कारण बाकी मानिसहरु सुरक्षित ठाउँ मा पुग्यो।
विनिताले पर्यटन व्यवसायमा कोर्स गरेकी थिइन् । उनी उत्तम तरिकाले पर्यटन सम्बन्धी कार्य गरिरहेकी थिइन्। विनिताले दिल्ली विश्वविद्यालयबाट स्नातक गरेकी थिइन्। उनी प्रतियोगी परीक्षाको तयारीमा थिइन्।

विनिताका बुबा बुलन्दशहरमा शिक्षक हुन्। जब यो गाउँ मा विनीता को बारे मा थाहा भयो, त्यहाँ घर मा स्वास्थ्य को लागी मानिसहरु को भीड लागेको छ । जनताले उनको बहादुरीको कदर गरिरहेका छन्। आमा र छोरा पनि ब्रह्मगंगा नालीले बगाएको छ। वीरेन्द्र छोरा तीर्थ राम, निवासी सांगाना, मणिकर्ण फेला परेका छैनन् । वीरेन्द्र ब्रह्मगंगा पावर प्रोजेक्टका कर्मचारी हुन्। अर्कोतर्फ, बिहीबार, धेरै मानिसहरु यस विनाश को दृश्य हेर्न को लागी मणिकर्ण को ब्रह्मगंगा पुगे। विनाश को यो दृश्य देखेर सबै छक्क परे।

Categories
समाचार

आहा ! अनितालाई काखमा सुताउदै अङ्गालोमा बेर्दै यसरी माया गर्दै बिनोद (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले बिनोदले अनितालाई काखमा राखि सुत्न दिएको ,उनलाई अङ्गालोमा बेरेको र माया गरेको भिडियो अहिले एकदमै भाइरल छ ।बिनोदले निश्चय चाहान्छन् कि अनिता खुसि हुन् र हासुन ,आखिर बिनोदले अनितालाई खुसि बनाउने हर प्रयत्न जो गरिरहेका छन् ।खुसि जति धेरै अनिता हुनसकिन त्यति चाडै उनी निको हुदै जो जानेहुन् ।

हेर्नुस् उक्त भिडियो

Categories
समाचार

डब्लुएचओले दियो संसारलाई त्रसित गराउने खबर ! अब बन्द गर्नै पर्छ?

एजेन्सी । विश्वभरी भाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ। यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

त्यस हप्ता ३८ लाख मानिस भाइरसबाट सङ्क्रमित भएका थिए। संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ। पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन्।

त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ। त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृ’त्यु भएकाहरुको सङ्ख्यामा पनि थोरै बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन्। डब्लुएचओले विश्वका १३२ देशमा को’रोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।

सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई प’छ्याइरहेका छन्। कतिपय देशहरुमा भाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ। त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ । source: taja khaber बाट

Categories
समाचार

आफ्नै श्रीमतीलाई मालिकसंग कोठामा ना’ङ्गै भेटेपछि(भिडियो)

काठमाडौँ | कहिले तपाइले सोच्नु भएको छ, आफ्नै श्रीमतीलाई अरु संग देख्न पर्छ र आफै काम गररहेको मालिकले नै आफु माथि यतिसम्मको घा’त गर्छ भनेर | हो बिचार यी भाइमा यस्तै बितेको छ अहिले | ठुला ठुला सपना सजाएर काठमाडौँ आए तर अहिले यहाँबाट श्रीमती पनि गायब सम्पति नि गायब |

गायब हुनुभन्दा केहि दिन अगाडी श्रीमतीलाई यिनले आफ्नै मालिकसंग रंगेहात समातेका थिए र चौकीमा बुझाएका थिए | राम्ररी आँखा नदेख्ने भाइले श्रीमतीलाई औधी माया गर्थे तर त्यो दिन देखि सबै स’माप्त भएको भन्दै सुक्क सुक्क गर्न थाले |

उनले श्रीमतीलाई आफ्नै कोठामा मालिकसंग रासलीला गरेको भेटाएक थिए | कुरा केहि महिना अगाडिको हो जहाँ सुखी परिवारमा अहिले यस्तो बज्रपात परेको छ | राम्रो संग आँखा नदेख्ने यी भाइलाई अहिले श्रीमतीले बिचल्ली बनाएर छाडेकी छिन र अब यिनलाई श्रीमती भन्दा नि डि’भोर्स चाइएको बताएका छन् हेरौ –

Categories
समाचार

…त्यसपछि ऐश्वर्यले देवयानीलाई ‘सी क्लास’ भन्दै विवाह हुन दिईनन्

दीपेन्द्रले देवयानीलाई रोजेपछि दरबारमा मनमुटाव शुरु भएको थियो । रानी ऐश्वर्य र युवराज दीपेन्द्रबीच विवाहकै विषयमा बोलचाल समेत बन्द हुने गरी झगडा हुने गर्दथ्यो । विवाहको विषयमा ऐश्वर्या र दीपेन्द्रबीच मात्रै होइन ऐश्वर्य र रत्नबीच पनि विवाद थियो।

पूर्व सैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक ’मैले देखेको दरवार’मा उल्लेख भए अनुसार यस विषयमा राजा वीरेन्द्र मौन बसेका थिए । तर बडामहारानी रत्न, श्रुति, निराजन लगायतको धारणा फरक फरक थियो ।

रानी ऐश्वर्य जुद्ध शमसेरका परिवार हुन् भने देवयानी चन्द्र शमसेर खलककी । रानी ऐश्वर्यले यसैकारण देवयानीलाई चाहेकी थिइनन् । यतिमात्रै होइन छानविन प्रतिवेदनमा उल्लेख भए अनुसार दीपेन्द्रलाई देवयानीबाट छुटाउन अनेकन प्रयास पनि भएका थिए । रानी ऐश्वर्यले देवयानीलाई ‘सी क्लास’ भन्दै विवाह हुन नसक्ने बताएकी थिइन् ।

देवयानी आधा भारतीय नागरिक भएकाले पनि ऐश्वर्यले चाहेकी थिइनन् किनकी दरवारमा तीन पुस्तादेखि भारतीय राजघरानासँग विवाह गरिएको थिएन ।रानी ऐश्वयै गरिमा राणालाई बुहारी बनाउन चाहन्थिन् । एसएलसी टपर गरिमा श्रुतीका श्रीमान गोरखशम्शेर राणाका काका लोकभक्त राणाकी छोरी थिइन्। श्रुति पनि गरिमालाई नै भाउजु बनाउन चाहन्थिन् । डिस्कभरी च्यानलमा प्रसारण भएको ‘जिरो आवरः अ रोयल म्यासेकर – नेपाल’ डकुमेन्ट्रीमा श्रुतिका श्रीमान गोरखले दिएको अन्तर्वार्तामा उल्लेख भए अनुसार यसै विषयमा वि’वाद हुँदा दीपेन्द्रले श्रुतीलाई झा’पड समेत हा’नेका थिए ।

बहिनी श्रुति मात्रै होइन भाइ निराजनसमेत आमा ऐश्वर्यको लाइनमा थिए । हजुरआमा रत्न भने सुप्रिया शाहको पक्षमा थिइन् । बुढानिलकण्ठ स्कुलमा पढ्दा दीपेन्द्र पनि सुप्रियालाई मन पराउँथे । तर देवयानीसँगको स’म्वन्ध अघि दीपेन्द्रले सुप्रियालाई मनाएका थिए । सुप्रिया रत्नकी दिदीकी नातिनी थिइन् । स्वयं दीपेन्द्र पनि एसएसलसी पास गर्ने समयसम्म सुप्रियासँग विवाह गर्न चाहन्थे । सुप्रियालाई रानी ऐश्वर्यले भने मन पराउँदिन थिइन ।