Categories
समाचार

दुखद खबर : आ८’ग’:ला’गी मा परी यी दुई क’लिला मुना हरूको अ’कल्पनीय नि:धन , पुरै परिवार शो:’क मा !

सोलुखुम्बु जिल्ला नेचासल्यान -२ निवासी टेक प्रसाद निरौला को नाति ७ वर्षिय सुगम निरौला र नातिनी ४ वर्षिय सुदिस्मा निरौला को अा’८ग:’लागीमा परेर भएको

अ८क:’ल्पनीय नि’८ध:’नले हामीलाई स्त८’ब्ध बनाएको छ । शो’:कको यस घडिमा मृ:’त आ:’८त्माको ची:’र शान्तिको कामना गर्दै हार्दिक श्र८द्धाञ्जली व्यक्त

गर्दछौं। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Categories
समाचार

७० बर्षिय यी बृद्ध बुवाको दुबै खुट्टा छैन ,सडकमा यस्तो अवस्थामा ,कठै (हेर्नुस् भिडियो )

पोखराको बेगनास ताल नजिकै एकजना यस्तो बृद्ध देख्न सकिन्छ ।उमेर ७० बर्ष नाघिसकेका यी बृद्ध काठको पन्जा तर कम्मरको भागमा टाएरले ढाकेर घिस्रिदै हिडेको देखिन्छ ।आज हामी तिनै गेसबहादुरको जिन्दगीको बारेमा तपाइहरु समक्ष भिडियो सामाग्री पेश गर्दैछौ ।

उमेर २२ बर्ष हुदा शरिरमा यस्तो रोग लाग्यो जुन रोग आजसम्म पनि निको भएन ।गेसबहादुरको जिन्दगी आफ्नो उमेर २२ बर्ष पुग्दै गर्दा पुरै जीवन नै तहसनहस भयो ।२२ बर्षको उमेरमा शरिरमा रगतको कमि भएपछि दुबै खुट्टा का`ट्नु पर्यो ।दुबै खुट्टा नभएको हुनाले उनिले बिहे पनि गर्न पाएनन् ।

सधै मुस्कुराई रहने गेसबहादुरको जिन्दगी अलिक फरक छ ।गित एकदमै राम्रो गाउने र बाटो हिडेका मान्छेसग एकदमै मजाले हास्दै बोल्छने उनी ।जिन्दगी सुख के हो र दुख के हो र जिन्दगी जिउदै जादा खेरि पीडा के हो भनेर जान्न बुझ्न गेशबहादुरको जिन्दगीबाट छर्लङ्गै हुन सकिन्छ ।उनी एक प्रेरणाका श्रोत पनि हुन् ।

हेर्नुस् भिडियो सामाग्री

Categories
समाचार

अफगान तनाव : अमेरिकी सेनाहरु, जो युद्द शुरु हुँदा जन्मिए, युद्धमै मारिए

एजेन्सी । बिहीबार स्टीव निकुर्ई एक तमासले टेलिभिजनको अगाडि बसिरहेका थिए । उनले टिभी छोड्ने नाम लिइरहेका थिएनन्। उनी आफ्नो छोराको बारेमा कुनै खबर आउछ की भनेर चिन्तित थिए। सोही समय ढोकामा ढकढक गर्दै आवाज आयो । एक नराम्रो खबर आयो ।

चकलेट बाँडिरहेको करीको त्यो भिडियो

स्टीव निकोलौका छोरा लान्स कर्पोरल करीम निकोउई काबुल एयरपोर्ट हमलामा मारिएका १३ अमेरिकी सैनिकहरु मध्ये एक थिए। एक दिन अघि २० वर्षीय करीमले आफ्नो घरमा एउटा भिडियो पठाएका थिए, जसमा उनी अफगानिस्तानका बच्चाहरुलाई चकलेट दिइरहेका थिए।

मर्नेहरुमा एक सिपाहीकी श्रीमती गर्भवती थिइन्, एकजनाका बुबा क्यालिफोर्निया पुलिस अफिसर थिए र एक ओहायोकी थिइन्। क्यालिफोर्नियाका नर्कोका स्टीव निकुईले फोनमा भने, उनी युद्ध सुरु भएको वर्षमा जन्मेका थिए। उनको जीवन युद्धसंगै समाप्त भयो। उनी सन् २००१ को कुरा गर्दै थिए, जब अमेरिकाले अफगानिस्तानमा आफ्नो सैन्य अपरेशन सुरु गरेको थियो।

मारिनेहरुको नाम, परिवारलाई जानकारी तर औपचारिकरुपमा सार्वजनिक गरिएन

अमेरिकी रक्षा मन्त्रालयले काबुल विमानस्थलमा मारिएका सैनिकहरुको नाम सार्वजनिक गरेको छैन, तर उनीहरुको परिवारलाई जानकारी दिइएपछि उनीहरुको बारेमा थप कुराहरु बाहिर आउन थालेको छ। कट्टरपन्थी संगठन इस्लामिक स्टेट, जो आफैंलाई इस्लामिक स्टेट भन्छ, ‘यी आक्रमणको जिम्मेवारी लिएको छ।’

शुक्रवार, स्टीव निकुई एक अमेरिकी मरीन अधिकारीको लागि उनी र उनकी श्रीमतीलाई डेलावेयर एयर बेसमा लैजान पर्खिरहेका थिए। जहाँ उनको छोराको अन्तिम अवशेष ल्याईदै थियो ।

गर्भवती श्रीमती र गर्भका नानी छाडेर गए राइल

निकुईले भने, राष्ट्रपति जो वाइडेनले परिस्थितिलाई कसरी सम्हालेका हुन् ? त्यसबाट म साँच्चै निराश छु। र अझ धेरै जसरी सेनाले यसलाई सम्हालेको छ। जमिनमा रहेका कमाण्डरहरु यस खतराको बारेमा सचेत हुनुपर्ने थियो र रोकथामका उपायहरु लिनु पर्ने थियो ।’

काबुल एयरपोर्टमा मृत्यु भएका सैनिकहरुमा वायोमिंग प्रान्तका राइल म्याकोलम पनि थिए। उनी विवाहित थिए र उनकी श्रीमती छ महिनाकी गर्भवती थिइन्। राइलकी बहिनी रोयसले शुक्रवार एक फेसबुक पोस्टमा भनिन्, ‘मेरो दाई बाल्यकालदेखि एक समुद्री हुन चाहन्थे।सेवानिवृत्तिपछि इतिहास पढाउन चाहन्थे। बच्चाहरुलाई कुस्ती सिकाउन चाहन्थे। कुस्ती बाहेक, उनले वायोमिंगको ज्याक्सन होल हाई स्कूलबाट सन् २०१९ मा स्नातक हुनु अघि फुटबल खेले।’

वायोमिंग प्रान्तका राज्य निर्देशक जिलियन बैलोले भने, सेवा गरेको राष्ट्रको लागि आभारी छौं, एक आमा र अमेरिकीको हैसियतमा मेरो पीडा र आँशु कम हुने छैन। राइलको परिवार प्रति मेरो संवेदना।

रेगी स्टोनका छोरा एलाई पनि अमेरिकी सेनामा सामेल भएका थिए राइल म्याककुलम यो संगै सामेल भए। एलाइ र राइल राम्रो साथी थिए। रेगी स्टोन बताउँछन्, राइल स्मार्ट, बलियो र साहसी थिए। उनी आफ्नो देशलाई माया गर्थे र फरक पार्न चाहन्थे ।

मेरो स्मार्ट र हिरो दाई अरुलाई बचाउँदा मारियोः बहिनी मर्लिन

मर्लिन, नौसेना मेडिकल स्टाफ मैक्स साविकाको बहिनीले इन्स्टाग्राममा लेखेकी छन्, ‘मेरो सुन्दर र स्मार्ट दाइ अरु मानिसहरुको जीवन बचाउँदा मारिएको थियो ।’

सोविकाको मृत्यु ओहायो सिनेटर रोब पोर्टम्यानद्वारा ट्विटरमा पुष्टि भएको थियो। उनको सुन्दर जीवनको एक झलक मैक्स सोवियाकको इन्स्टाग्राम पेजमा देख्न सकिन्छ। यी मा, कहिले काहिँ उनीहरु केहि समुद्र तटमा छन्, कहिलेकाहिँ उनीहरु स्कीइंगमा छन् र कहिलेकाहिँ उनीहरुका दुई साना बच्चाहरुसंग प्रस्तुत गरीरहेछन्।

वर्ष २०१९ मा एक इन्स्टाग्राम पोस्टमा, उनले लेखे, ‘म मात्र एक ठूलो दाई होइन। म कूल ठूलो दाइ हुँ। उसको अन्तिम पोस्ट अझ अशुभ लाग्यो। म्याक्सले जुन १० मा लेखेका थिए, ‘मार्नेछन् वा मारिनेछन् । ’

Categories
समाचार

दिनरात मातेर आउँदै,श्रीमती लछारेरले नालीमा फाले यी लिम्बू श्रीमानले(भिडियो हेर्नुहोस्)

प्रेम सबैले गर्छन । भनिन्छ माया प्रेममा जात, धर्म, वर्ग, भोगोल इत्यादि केही हेरिदैन, हेरिन्छ त मन । माया प्रेमका कतिपय सम्बन्ध जिन्दगीभरका लागि त कतिपय बिचमै छुटेका पनि छन । यस्तै कथा छ झापा माइधारकि ३३ वर्षीय भुमिका तिमल्सिनाको । १६ वर्षको उमेरमा लिम्बू थरको केटासगँ परिवारको सहमती बिना अंतरजातीय बिहे गरेकी उनका श्रीमानले अहिले अर्कै लिएर हिडेका छन ।

१६ वर्षको सानै उमेरमा SLC दिदाँ दिदै उनले गाँउकै जोन लिम्बुसगँ भागेर बिबाह गरिन । यति सानै उमेरमा घर गरि नखाने केटासगँ बिहे गरेर गै भनेर भुमिकाको परिवारले 1 महिना पछि छुटाएर उनलाइ काठमाडौँ पठाइदियो । सामाखुशीमा पार्लर सिक्दै बसेकी उनको परिवारलाई त्यही निहुमा माओवादीले तनाव दिन थाले पछि उनी काठमाडौँमा रहेको जोनले थाहा पाएर खोज्दै काठमाडौ आएर उनिहरुले पुन बिबाह गरे ।

काठमाडौबाट फेरि बिहे गरेर गाउँमा गए पछि उनीहरुको मिलापत्र माओवादीले गराइदिएको भुमिका बताउछिन । आफू जोन सगँ बिहे गरेर बस्ने भने पछि माओवादीका प्रतिनिधिले मिलापत्र गरि बिहे गराइदिएको उनले बताइन । तर उनका माइती पक्षले भने त्यो कुरामा असहमती जनाएर गाउँ नै छोडेर हिडे । माइतीपक्षले त्यो बेला गल्ती गरिस तेरो घरजम त्यो केटा सग हुदैन भन्दै बारम्बार फिर्ता आउन आग्रह गरेको तर आफुलाइ त्यो बेला कुनै गल्ती गरे जस्तो नलागेको तर अहिले मेरै भलोको लागि उहाँहरुले बुझेर भन्नू भएको जस्तो लाग्ने गरेको, आफुलाइ अहिले पछुतो लाग्ने गरेको उनले बताइन ।

बिहे गरेर छोरी जन्मेको २८ दिन पछि जोनवैदेशिक रोजगारिका लागि मलेसिया गए । मलेसिया गएर उतैका केटिहरुसगँ लागेर पासपोर्ट पनि हराएर इलिगल भएपछि नेपाल फर्किए । बिदेश गएको रिन पनि त्यसै बाकी भएकै अवस्थामा घर फर्किएका उनको मोबाइलमा फोन म्यासेज थुप्रै आउने गरेको आफुले भेटेको उनले बताइन । तर मलेसिया र नेपाल आउन जान सम्भावना नभएकोले आफुले त्यसमा खासै वस्ता नगरेको उनी बताउछिन ।

त्यसपछी उनी भेरेटार काम गर्न भन्दै गए । त्यहा पनि एकजना छोराछोरीको आमा सगँ सम्बन्ध भएको थाहा पाए पछि जोनलाइ घर लिएर आएको उनले बताइन । घर बसेर रिन मात्र लाग्ने गरे पछि परिवारबाट उनहरुलाइ छुट्टिएर फल्टै बसाइदिए । जोनले फेरि मेनपावर खोले आफ्नै नाममा त्यो मेनपावर पनि नचलेर डुबेपछी आफ्नो जग्गा बेचेर रिन तिरी उनी थाहै नदिइ काठमाडौ तिर अर्कैकी श्रीमती हानिए । त्यो कुरा उनले पछि मात्र थाहा पाइन । अर्कै श्रीमती लिएर काठमाडौ बस्ने गरेता पनि उनी घर आउने जाने गर्ने गरेको उनले बताइन ।

घर आएको बेला उनको मोबाइलमा भुमिकाले म्यासेज, फोटो भेटिन । त्यही कुरामा झग*डा भयो उनिहरुबिच । मोबाइल हेरे पछि उनलाइ श्रीमानले ना*ली मा फा*लेर पि*टेको बताइन । जे भेटो त्यहिले हा*न्ने गरेकोले आफुले छे*क्दा हातका औलाहरुले अहिले केही काम नगर्ने गरेको उनी बताउछिन । आफुलाइ धेरै चोटि मा*र्ने प्रयास पनि गरेको उनी बताउछिन । कतिले सिरानिले मुख छो*पी, कहिले हा*तले घाँ*टी स*माइ त कहिले ल*डाएर खुट्टाले घाँ*टी थि*ची मा*र्ने प्रयास गर्ने गरेको उनले सुनाइन । अहिले दुई छोरी छन उनिहरुका । प्रहरीमा पनि उजुरी दिएकी उनी अब मिलेर बस्ने त कुनै आधार नै छैन । कानुनले जे गर्छ आफू त्यही प्रक्रियामा जाने बताउछिन । (भिडियो हेर्नुस)

Categories
समाचार

ललितपुरमा घट्यो निकै दर्दनाक घट्ना महिला र बालकको गयो ज्यान ।

दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्या’न जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो ।

वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी गराउनुभयो । स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान हुनाका साथै बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न नसकेको बताउनुभयो ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको सुचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराउनुभयो । विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुव्बानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ ।

त्यस्तै उता भिरबाट ल’डेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट ल’डेर भाट घाइते हुनुभएको थियो । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो । उहाँको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँका एक छोरा र श्रीमती छन् ।

Categories
समाचार

मलेसियामा नेपाली होटल ब्यावसायी गणेश ग्यवालीको कोरोना संक्रमणले मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले एकजना नेपाली होटल ब्यावसायीको मृत्यु भएको छ।

बिगत १७ बर्षदेखि मलेसियाको पोर्ट केलाङ भन्ने ठाउँमा बसि बिन्ताङ् सेम्बिलान एसडिएण बिएचडी नामक कम्पनीसंग पनि आबद्द रहि आफ्नो वैदेशिक रोजगारीसंगै होटल ब्यावसाय समेत सञ्चालन गर्दै आईरहनुभएका नेपाल ठेगाना रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नम्बर ४ निवासी बुवा बुद्धिराम ग्यवालीको ४७ बर्षिय छोरो गणेश ग्यवालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

बिगत केहिदिनदेखिनै कोरोना संक्रमित भैइ थप आवश्यक उपचारको लागि केलाङकै सरकारी अस्पतालमा कोभिड-१९ वार्डमा उपचाररत रहनु भएका पासपोर्ट नम्बर ०७४७६३९७ रहेको गणेश ग्यवालीको अस्पतालमा उपचारकै क्रममा हिजो शुक्रवारको दिन मृत्यु भएको जनाइएको हो।

मृतक गणेशको घरमा आमा,बुवा,श्रिमति,छोराछोरी रहेका छ्न। मृत्युको कारण कोरोना संक्रमण रहेकोले शव नेपाल फर्काउन नमिल्ने भएकोले नेपाली दूतावासको सहयोग,समन्वयमा आवश्यक सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेर यतै मलेसियामै हिन्दू धर्म अनुसारनै मृतकको अन्तिम दाहसंस्कार,अन्त्यष्टि गरिने ब्यावसायी तथा हातेमालो कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुस्वत्तम कार्की ढोली ले जानकारी दिनुभयो।

पछिल्लो केहि महिनादेखि मलेसियामा कोरोना संक्रमणको साथै अन्य विभिन्न कारणले दिनहुँजसो दुई,तीनजनाको सङ्ख्यामा नेपाली श्रमिकहरुको मृत्यु हुने गरेको नेपाली दूतावासको तथ्यांकले देखाउछ।

Categories
समाचार

नेपालमा फेरी यो के भयो १६ बर्से छोरि र १२ बर्से छोरा अलपत्र (हेर्नुहोस भिडियो)

कृष्ण परियार एक कुसल र चर्चित पत्रकार हुन । उन्ले एस्तै सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै गरीब दु,खिहरु लाई सयोग गरिसकेको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ।

हेर्नुहोस भिडियो

Categories
समाचार

२५ बर्षिया सुत्केरी महिलाको मृत्यु

गोरखामा एक सुत्केरीको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो । उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उहाँले बताउनुभयो ।

बुधबार राति सुत्केरी भएकी लामाको सा’लना’ल न’झरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि गाउँपालिकाले बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिकप्टर झिकाउन नसकिएको उहाँको भनाइ छ । “प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला”, उहाँले भन्नुभयो, “सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भए पनि सुत्केरी बचाउन सकिएन ।” बाक्लो हुस्सुका कारण मन्त्रालयले पठाएको हेलिकप्टरसमेत अवतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाइ हुँदा सुत्केरीको ज्या’न ग’एको उहाँको भनाइ छ ।

सडक सञ्जालसँग नजोडिएको उत्तरी गोरखाको सो गाउँपालिकामा प्रसव व्यथा लागेका महिलालाई हेलिकप्टरमार्फत सुत्केरी गराउन काठमाडौँ पठाउनुको अर्को विकल्प छैन ।

Categories
समाचार

यदि यो रुखमा तपाई जसले नाग (सर्प) देख्नुहुन्छ उसलाई मिल्नेछ चमत्कार !

काठमाडौं । सामाजिक सञ्जालमा समय समयमा अनेक कुराहरु सर्वत्र फैलिने गर्छन् । अहिले पनि सामाजिक सञ्जालमा एक तस्विर निकै फैलिरहेको छ । तस्विर हेर्दा तपाईं पनि सोचनिय अवस्थामा पुग्नु हुनेछ । मानिसहरुलाई त्यस्ता तस्विरहरु धेरै मन पर्छ । अहिले एक तस्वीर चुनौतीसहित इन्टरनेटमा फैलिरहेको छ । यो चुनौती पूरा गरेर, तपाईं आफ्नो आँखा कति तेज छ भनेर थाहा पाउनुहुनेछ ।

यो तस्विर अहिले निकै नै फैलिरहेको छ । तस्विरमा एउटा रुख देखिन्छ । त्यहाँ एउटा सर्प ( snake ) त्यो रुखमा लुकेर बसेको छ । उक्त रूखमा भएको सर्पलाई सजिलै देख्न सकिदैंन् । किनकी रुखका धर्सा र साप उस्तै उस्तै छन् ।

मानिसहरु यो तस्विरमा सर्प खोज्न को लागि धेरै कोशिश गरीरहेका छन् । ध्यान दिएर हेर्दा, त्यहाँ एक सर्प लुकेको छ । मानिसहरु ध्यान दिएर तस्विरमा सर्प खोज्दै छन् । तर केहि मानिसहरु तस्विरमा लुकेको सर्प देख्न सक्षम छैनन् । यो तस्विर आईएफएस अधिकारी सुशान्त नन्दा द्वारा ट्विटरमा साझा गरिएको छ ।

उनले क्याप्सनमा लेखेका छन्, ‘छलावरण यो तस्विर हेरेर तपाईं रूख मात्र देख्नुहुनेछ । तर जब तपाईं ध्यान दिएर हेर्नुहुन्छ, रूखको बिचमा एक सर्प देख्नुहुनेछ ।’ यो तस्विर हेरेर तपाईं आफ्नो आँखाको दृष्टि पनि परीक्षण गर्न सक्नुहुन्छ ।

Categories
समाचार

दाङमा मलामी गएका व्यक्तिको पनि यसरि भयो दु:खद मृत्यु

अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले बगाउँदा दाङमा एक मलामी गएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेब देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

सोही गाउँका एक पुरुषको मृत्यु भएपछि मलामी गएका देवकोटा नुहाउने क्रममा शुक्रवार दिउँसो निर्माणाधिन बबई नदीको पुल नजिकैबाट बाढीले बगाएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनुभयो । गाउँलेले ५०० मिटर दक्षिणको बैबाङ भन्ने ठाउँबाट उनलाई उद्धार गर्दा मृतअवस्था भेटिएको थियो ।

त्यस्तै वर्षासँगै रोहिणी र दानव नदीमा आएको बढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । रोहिणी खोलाले बगाउँदा जिल्लाको ओमसतिया गाउँपालिका–४ का ५० वर्षीय रामेश्वर कहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।

यसैगरी नदीमा बगाएको दाउरा छोप्न जाने क्रममा समरीमाईका एक युवक बेपत्ता भएका छन् । समरीमाई–३ बस्ने २० वर्षीय बब्लु लोधलाई स्थानीय दानव नदीमा आएको बाढीले बगाउँदा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । वर्षाले रुपन्देहीका ९५० घर डुबानमा परेका छन् भने २६ घरमा क्षति भएको छ ।