Categories
समाचार

एकाबिहानै नेपालका बहुचर्चित ब्याक्तिको निधन

कठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका लम्सालको ८४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् ।

उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए । सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न २०५८ मा लम्सालको अध्यक्षतामा बहुचर्चित एक न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ ।

यो पनि : कस्तो छ आजको मौसम ?

काठमाडौं – आज बिहीबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Categories
समाचार

सिंहदरबार भित्रै कस्ले चलायो गो’लि ?

चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक रा’उण्ड गो ली फा यर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पे’स्तोलबाट एक रा’उण्ड गो’ली फा’यर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

डियुटी सकेर पे’स्तो’ल चेकजाँच गर्ने क्रममा उक्त गो ली फा’यर प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

यो पनि : बाटोमा खाल्डा देखेपछि आक्रोशित सिडिओले भने- पक्राउ पुर्जी जारी गर्छु

मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशीराज दाहालले समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी काट्ने चेतावनी दिएका छन् ।

अलपत्र अवस्थामा छोडेका तथा बाढी पहिरोका कारण क्षति पुगेका योजनाको अनुगमनका क्रममा निस्किएका सिडिओ दाहाले उक्त चेतावनी दिएका हुन् ।

उनले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘ठेकेदार, त्यो योजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएका छु’, उनले भने, ‘समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेर कानुन अनुसार अगाडि बढ्छु ।’

केही दिनअघि आएको बाढी पहिरोका कारण कटान गरेर जोखिम बढेपछि विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुलको उनले अनुगमन गरेका थिए । पुलको पिलरमा बातिले असर पुर्‍याएको तथा खाल्डा खुल्डी धेरै परेको सूचना पाउन साथ दाहाल प्राविधिक इन्जिनियरको टोलीसहित निरीक्षणमा पुगेका थिए ।

हुलाकी सडक परियोजनाअन्तर्गत पर्ने उक्त पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालय विराटनगरलाई कटान गरेको क्षेत्रबाट नै प्रजिअ दाहालले टेलिफोनमार्फत निर्देशन दिएका थिए । औधोगिक क्षेत्र भएकाले पिलरको काम दिउँसो र माथि ढलानको काम राति गर्नसमेत उनको निर्देशन छ ।

यस्तै बुधबार ६ लेन सडकको अनुगमन गरेका छन् । बरगाछि चोकमा सडक अलपत्र अवस्थामा देखेपछि आक्रोशित बनेका सिडिओ दाहालले स्थानीयलाई निवेदन दिन आग्रह गरेका थिए । उनी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई लिएर अनुगमनमा गएका थिए ।

बगरगाछि र दुहबी खन्डामा समस्या देखिएको ६ लेन आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए । उक्त सडकअन्तर्गत सुनसरीको दुहबीमा भने अहिलेसम्म ठेक्का लागेको छैन ।

मोरङ खन्डामा वरगाछिदेखि ७५ मिटर सडक बनाउने जिम्मा कन्चन जगा पिए सी जेभरि कन्स्ट्रक्सनले पाएको थियो । ठेक्कामार्फत कन्स्ट्रक्सनले जिम्मा लिएको हो । अधुरो रहेको सडक निर्माणको काम सक्न पटक-पटक ताकेता गरे पनि जिम्मा लिएको कन्स्ट्रक्सने अटेरी गरेको इन्जिनियर दासको भनाइ छ ।

Categories
Uncategorized

पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान

पाल्पाकी एक महिलाले एकै पटक चारवटा छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो ४ वटा छोरीलाई जन्म दिएकी हुन्।

विवाह भएको सात वर्षमा पहिलो पटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पाल्पामा जुत्ता पसलमा कालिगढको काम गर्दै आएका सन्तोषले श्रीमती गर्भवती भएपछि तानसेनस्थित मिसन अस्पतालमा परीक्षणको लागि नियमित लगिरहन्थे।

पेटमा ४ वटा शिशु हुर्किइरहँदा पनि सीतालाई ६ महिनासम्म कुनै अप्ठेरो महशुस भएको थिएन। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराउँदा चिकित्सकले पेटमा ३ वटा शिशु रहेको जानकारी दिएका थिए।

तानसेनमा एक महिनाको अन्तरमा दुई पटक र कार्तिक ६ गते भैरहवा मेडिकल कलेजमा पनि एक पटक भिडिओ एक्सरे गर्दा तीन वटा बच्चा देखिए पनि मंगलबार अप्रेशन गरेपछि मात्रै चार वटा बच्चा भएको थाहा भएको हो।

गर्भवती भएको सात महिनामै चार वटा शिशु जन्मिएकोले कम तौलका शिशुहरू जन्मिएको भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। आमाको सफल शल्यक्रिया गरिएको भए पनि सबै शिशुको तौल एक किलोभन्दा अलिकतिमात्र बढी भएकाले सबैको आइसियूमा उपचार भइरहेको गुरुङले जानकारी दिए।

अस्पतालका अनुसार चार वटा शिशुमध्ये एक किलो ६० ग्राम, एक किलो एकसय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राममात्र तौल रहेको छ। सामान्यत: साढे दुई किलोको शिशुलाई सामान्य मानिने गरेकोमा सीताले जन्म दिएका चार वटै शिशु स्वस्थ रहे पनि तौल अत्यन्त कम रहेकोले एनआईसियूमा राखी उपचार गरिएको गुरुङले बताए।

‘शल्यक्रिया गर्ने डाक्टर तारा केसीका अनुसार सबै बच्चाहरू स्वस्थ त छन्, तर पनि तौल कम भएकाले बाहिरी वातावरणमा घुलमिल हुँदा संक्रमण नहोस् भनेर एनआइसियूमा राखिएको हो।

Categories
समाचार

सोफामा टाँसिएर चु’म्बन गर्‍यो, त्यसपछि मेरो मुखभित्र जिब्रो राखेर…गर्‍यो

न्युयोर्क – अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौ’ ‘न दु’र्व्यव’हार गरेको खुलासा गरेकी छिन् । हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौ’ ‘न दु’व्र्य’बहा’र गरेको बताएकी हुन् ।

सोफामा आफूसँग टाँ’सिएर सिनेटरले चु’म्बन गर्न खोजेको र आफू घरबाट भा’गेको हुमाले आरोप लगाएकी छिन् । आफ्नो पुस्तक बोथ / एन्डः अ लाइफ इन मेनी वल्डसमा उनले यस्तो आरोप लगाएकी हुन् । सो पुस्तक अर्को साता प्रकाशन हुँदैछ ।

चिया खाने क्रममा सिनेटरले गरेको दु’र्व्यव’हा’रलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छिन्, ‘उसले मतर्फ त’न्किएर मेरो काँ’धमाथि वायाँ हात राख्यो र चु’म्बन गर्‍यो र मेरो मुखभित्र जि’ ‘ब्रो राखेर यौ’ ‘न दु’र्व्यव’हार गर्‍यो ।

हुमा हिलारीकी नजिकको विश्वास पात्र हुन् । हुमालाई क्लिन्टनले एक पटक आफ्नो दोस्रो छोरी भनेकी थिइन् । क्लिन्टन सिनेटर हुँदा उनको कार्यबारे बर्णन गर्दा आफूमाथि यौ’ ‘न दु’र्व्यव’हार भएको उनले उल्लेख गरेकी छिन् । ४५ वर्षीया हुमाले दु’व्र्यब’हार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आबद्धताबारे केही खुलाएकी छैनन् ।

वासिंगटनमा आयोजित डिनरपछि आफू ती सिनेटरसँग बाहिर निस्किएर उनको घरमा पुगेको उनले उल्लेख गरेकी छिन् । त्यसपछि सिनेटरले गरेको चिया खाने प्रस्ताव उनले स्वीकार गरेका थिए । एजेन्सी

Categories
समाचार

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम नगर इलाकामा बस्ने फरमानलाई साइनाको प्रेम भयो। दुबैको फोन कुराकानी यति धेरै भयो कि उनीहरूले विवाह गर्ने निर्णय गरे।

यद्यपि साइनाको परिवार यस विवाह बाट खुसी थिएनन्। तिनीहरू साइनाको परीवार विवाह गरेको चाहँदैन’थे। तर जब दुई हृदयले एक अर्कालाई साँच्चि कै प्रेम गर्दछन् भने संसारले तिनीहरूलाई कहाँ रोक्न सक्दछ।

फरमान र साइनाको सन्दर्भमा पनि त्यस्तै भयो। दुबै परिवारको इच्छा विपरीत गए र १७ मे मा विवाह गरे। उसको परिवारका सदस्यहरू यो विवाहमा उपस्थित थीयनन। तर दुबैले विवाह गरी धेरै खुसी थिए।

विवाह पछि सबै ठीकठाक थियो। साइना र फरमान एकै घरमा खुशीसाथ बस्दै थिए। तर एक दिन सायना आफ्ना परिवारका सदस्यहरूलाई भेट्न गइन्। केही समय पछि, ३१ मेमा, उनि आफ्नै घरमा शं’का’स्पद तरिकाले मृ’त अ’बस्थामा भेटीईन ।

साइनाका परिवारका सदस्यहरूले भने कि उनकी छोरी बिरामी परेकी थिइन उनको स्वास्थ्य राम्रो थिएन त्यसैले उनले अकालमै ज्यान गुमाईन । तब फरमानले यो कुरा स्वीकारे र आफ्नी पत्नीलाई परिवारका सदस्यहरू’सँगै गा’डे।

आफ्नी श्रीमतीको मृ,त्यु पछि फरमान साह्रै दु: खी थिए। उसले बुझ्न सकेन कि माएती उसलाई यो के गर्यो। उसको गल्ती के थियो? त्यसपछि उनलाई थाहा भयो वा शंका लाग्यो कि ऊ आफ्नी पत्नीको मृ,त्युको बदला लिन कटिबद्ध भयो।

सायनाको ,मृ,त्यु भएको २५ दिन पछि उनी पुलिस स्टेशन गए र साइनाका परिवारका सदस्यहरूले उनलाई मा’र्ने कुरा प्रहरीमा गुनासो गरे। फरमानले आरोप लगाए कि सायनाका परिवारका सदस्यहरू हाम्रो विवाहमा खुसी थीयनन। उहाँ हाम्रो प्रेम विवाह मन पराउनुहुन्न थीयो। त्यसैले उनले साइनाको ह’ त्या ग’ रे तर अहिले बिरामीले गर्दा मृ,त्यु भएको हो भनेर भनिरहेछ।

यसै बीच केससँग सम्बन्धित अडियो पनि भाइरल भइरहेको छ। यसमा सासु र जोइ बीच एक श a्का कुराकानी सुन्न सकिन्छ। छ फर्मन यस अडियो कलमा भन्छ कि उनकी श्रीमतीका हत्यारहरु’लाई स,जाय दिइसके पछि मात्र उनी मर्नेछन्।

फरमानको गुनासो पछि, पुलिस पनि हरकतमा आयो। उनले investigate दिन अगाडि सायनाको ला,स भेट्टाए र उनलाई अनुसन्धान गर्न चि’हा’न’बाट बाहिर निकाल्यो। शरीर पोस्ट,मार्टम जाँचको लागि पठाइएको छ। यस केसको बारेमा थप विवरण रिपोर्ट आए पछि मात्र खुलासा हुनेछ।

Categories
Uncategorized समाचार

यी हुन् काठमाडौंमा पक्राउ परेका अफगान दम्पती जब जब सत्य थाहा भयो सबैको होस् उड्यो

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार काठमाडौंबाट नियन्त्रणमा लिएका ११ जना अफगान नागरिकलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग बुझाइएको छ । पक्राउ पर्नेमा ३ महिला र ८ जना पुरुष छन्।

जमसध्ये पाँचजना एकै परिवारका हुन् भने बाँकी छ जना फरक फरक परिवारका तथा एकले अर्कोलाई पनि नचिन्ने अवस्थाका रहेको पाइएको छ।पाँचजनाको परिवारमा रहेकाहरु श्रीमान्, श्रीमती र छोराछोरीसहित भैरहवा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका दम्पतीमध्ये श्रीमान् यूनएनको जागिरे र श्रीमती सरकारी कर्मचारी रहेको खुलेको छ। डीआईजी सिंहले भने, “पाँचजना परिवारै आएका रहेछन्। अफगानिस्तानमा उनीहरु हुनेखाने परिवारकै पनि रहेको देखियो । त्यहाँ असुरक्षाका कारण नेपाल आएको पाइयो । उनीहरुबाट सुरक्षा जोखिम नदेखिएपछि हामीले थप अनुसन्धानका लागि अध्यागमन विभाग बुझाएका हौं । अबको प्रक्रिया विभागबाटै हुन्छ।”

विभागले उनीहरुलाई डिपोट गर्ने वा कारवाही गर्ने अनुसन्धानपछि टुङ्गो लाग्नेछ। पक्राउ परेका ६ जनाले भारतीय नक्कली आधार कार्डसमेत बनाएको फेला परेको छ । सीआईबी प्रमुख सिंहले आफूहरु अवैध रुपमा नेपाल प्रवेश गर्नेहरुप्रति सचेत रहेको र ब्यूरो थप सूचना संकलनमा पनि जुटेको बताए।

उनीहरुले प्रहरीसँगको कुराकानीमा भारतको नयाँ दिल्लीमा रहेको यूनएन कार्यालयमा शरणार्थीको परिचयपत्र बनाउन लामो समय लाग्ने भएकाले आफूहरु नेपाल आएको बताएका छन्। पछिल्लो समय नेपालमा विभिन्न देशबाट मुस्लिम समुदायका व्यक्तिहरु नेपाल आउने क्रम बढ्दो छ । काठमाडौंमा सयौंको संख्यामा रोहिङ्ग्या शरणार्थी बसिरहेका छन्।

पूर्वसुरक्षा अधिकारीहरु शरणार्थीको रुपमा तेस्रो मुलुकका नागरिक प्रवेशलाई समयमै नियन्त्रण गर्न नसके ठूलो सुरक्षा जोखिम हुनसक्ने बताउँदै आएका छन् । विभिन्न देशका नागरिक नेपालबाट अमेरिका जान पाइने भन्दै काठमाडौं आइपुग्ने गरेको देखिएको छ।

Categories
समाचार

यिनै तामाङ हुन् जसले धामी बस्दा श्रीमती र छोरीको ह’ त्या गरे, अरु २ छोरी र आमाबुवा पनि थिए पालोमा, यसरी समात्यो प्रहरीले

इलाममा एउटा अनौठो घटना भएको छ । घटनामा आमा छोरीको मृत्यु भएको छ भने अन्य २ छोरी र बुवाआमा भने भाग्यले जोगिएको छ । करिब ८ दिन देखि धामी बस्ने भन्दै पुजा कोठामा बसेका पूर्णचन्द्र तामाङ (कमल) ले गरेको उपचारले आमा छोरीको मृत्यु भएको छ । झाँक्री श्रीमानले जोखाना हेर्ने क्रममा श्रीमती र छोरीलाई यसरी टो के दुवै जनाको मृत्यु भयो ।

सोमबार राति देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पूर्णचन्द्र तामाङ (कमल)ले आफ्नी ३५ वर्षीया श्रीमती सीता र १६ वर्षीया छोरी दीक्षा तामाङको मृत्यु हुने गरी घटना गराएका हुन् । ८ दिन देखि पुजा कोठामा बसेका उनले पालै पालो परिवारका सदस्यलाई पुजा कोठामा लैजादै झारफुक गर्ने योजना बनाएका थिए । आमा र छोरीको मृत्यु पछि पनि अन्य २ छोरी र बुवा आमा पनि पुजा कोठामा जाने लाइनमा थिए ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार आमा छोरीको श रि रमा टो के को दाग देखिएको छ । श्रेष्ठका अनुसार तामाङ सात(आठ दिनदेखि पूजा कोठामा धामी बस्दै आएका थिए।

त्यसक्रममा सोमबार राति आमाछोरीको उपचार गर्ने भन्दै धामी बसे। सुरूमा उनले आमालाई पूजा कोठामा एक्लै लगेका थिए। सीताको पेटमा टो के को देखिएको श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सीता बे हो स भएपछि १६ वर्षीया छोरीलाई पूजा कोठामा लगेका थिए । छोरीको पनि त्यसरी नै मृत्यु भयो ।
‘रा ति भर धामी बसेर उज्यालो हुँदा श्रीमती र छोरीको मृत्यु भएको थाहा पाएपछि उनी भा गे का थिए । प्रहरीले उनलाई चारैतिरबाट छेकेर पक्राउ गरेको हो ।

Categories
समाचार

अहिले विश्वभर भाइरल भएको यो तस्विर जस्ले आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाडेन (५ तस्विर सहित)

लुसाका – एउटा बयस्क चि’तुवाले बाँ’दरको टा’उको नि’ल्छ । तर, बच्चा कति बेला आमाले खानेकुरा खु’वाउँछिन भनेर मृत शरिरमा झु ‘न्डि’एको छ । यो हो जाम्बियाको साउद लुवांगवा नेसनल पार्कको एउटा दु’र्लभ दृश्य । १४ अक्टोबरमा खिचिएको यो तस्विर पछिल्लो समय सामजिक सञ्जालमा भाइरल बनेको छ ।

सो ‘ह्द’य’वि’दा’रक क्षणलाई बन्यजन्तुसम्बन्धी पत्रकार साफिक मुल्लाले आफ्नो क्यामरामा कै’द गरेका थिए । चितुवाले सुरुमा आमालाई झ ‘म्टिए’पछि बच्चा पनि सँगै झु’ ‘न्डि’एको थियो । आमालाई खा’ए’पछि चितुवाले बच्चालाई पनि मा’ ‘रेको थियो ।

घटनाका ह्द’यवि’दारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत श’रीर च्या’पे’र बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टा’उको चि’तुवाको मु’खभि’त्र छ ।

आफैँ ठूलो ख’तरामा परिरहँदा पनि यसले आमाको साथ छा’ड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चि’तुवा’हरुले खा’इदि’न्छन् ।

‘प्रकृति सधै सुन्दर हुँदैन् र यो तस्विरले प्रकृतिको क्रु’र वास्तविकता देखाउछ,’ सो दु’र्लभ तस्विर कैद गरेका पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँ’च्नका लागि जनाबरहरु अरुका लागि म’र्नु पर्छ ।’ तस्विरहरु तल हेर्नुहोस

चितुवा फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर “Big Cat” समुहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो। कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार संगै अस्तित्व सं’कटको सङ्घारमा पुगेको छ।

वर्तमान अवस्थामा मुख्यगरी अफ्रिकाको सहारा क्षेत्रमा सिमित भएको यो जनावर पाकिस्तान, भारत, श्रीलङ्का, नेपाल, मलेशिया र चिनमा केही सङ्ख्यामा पाइन्छ। दिन प्रतिदिन घट्दै गइरहेको यसको सङ्ख्याका कारण यो जनावरलाई पनि IUCNले लोपुन्मुख् जनावरको सुचिमा सुचिक्रित् गरेको छ।

फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ। झट्ट हेर्दा अमेरिका तिर पाइने जगुआर जस्तै देखिएपनि यो केही सानो र छरितो शरीरको हुन्छ। यसको शरीरमा हुने पाटाहरू पनि जगुआरको जस्तै देखिन्छन् तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो केन्द्रिक्रित पाटाहरू पनि हुदैनन्। शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रङ्ग भएका चितुवाहरूलाई प्यान्थर भन्ने गरीन्छ।

शि’कार गर्ने अवसरहरूलाई राम्रो उपयोगगर्ने क्षमताका कारण चितुवा एक सफल शि’का’रीको रूपमा चिनिन्छ। वासस्थानमा राम्रो अनुकुलन क्षमता, ५८ किमी प्रति घण्टाको र’फ्तारमा दौडने क्षमता र तुलनात्मक रूपमा निकै ठूला शरीर भएका शि’कार’लाई समेत सजिलै बो’केर रूखमा च’ढ्नसक्ने क्षमताका कारण शि’कारको मामलामा अन्य जनावर भन्दा चितुवा निपुण मानिन्छ। आफूले समाउन सक्ने र शि’कार गर्नसक्ने जुनसुकै जनावरलाई पनि यो जनावरले आफ्नो आ’हार बनाउने गर्दछ। चितुवाको वासस्थान समशितोष्ण जङ्गलहरू देखि मरुभूमिसम्म फैलिएको छ।

Categories
Uncategorized

वैदेशिक रोजगारीमा गएका ९ हजार ४ सय २४ जना नेपालीको अकालमै मृत्यु (भिडियो)

देशमा रोजगारी नपाएपछि विदेशिनेहरूको लामो लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ देखिन्छ ।परिवारको सुखका लागि ऋणको भारी बोकेर विदेशिने नेपालीहरूले विदेशमा पनि अनेक दुखकष्ट सहनु परेको छ । सस्तो श्रम गर्नुपर्ने, शारीरिक शोषणमा पर्नुपर्ने बाध्यतादेखि अनाहकमा ज्यान गुमाउनु पर्ने नियति वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोगिरहेका छन् । नागरिकलाई स्वदेशमै गरिखाने वातावरण नदिने राज्यले विदेशिएका नागरिकहरू कस्तो अवस्थामा छन् भन्ने बारे चासो समेत देखाउन भ्याँउदैन ।

वैदेशिक रोजगार नेपालीहरुको बाध्यता हो। स्वदेशमा जती भौतारिए पनि खोजे जस्तो काम पाउन मुस्किल छ। यहि बाध्यताका कारण परिवारको खुसीका लागि नेपाली युवावर्ग विदेसिन बाध्य छ। खाडी मुलुक होस वा अध्यनका लागि भन्दै युरोप र अमेरिकि मुलुक जहा भए पनि काम खोज्न जानु पर्ने अबस्था छ। अझ पछिल्लो समय त एसियाकै कतिपय देश नेपालका लागि आकर्षक रोजगारिको गन्तव्य बनिरहेका छन।

वैदेसिक रोजगारिमा जानेहरुको सख्या बढ्दै जादा देशभित्र गाउँ गाँउ खाली भइसके। गाउ घरमा कि त बृद्धबृद्धा कि महिला र बालबालिका देखिन्छन। पछिल्लो समय वैसिक रोजगारिमा जाने महिलाहरुको सख्या समेत दिन प्रतिदिन बढिरेहको छ। आधुनिक जीवनशैली र महंगो स्वास्थ्य, शिक्षा जस्ता कारणले नेपालमा इमानदार तरिकाले दैनिकी चलाउन साचिक्कै गाह्रो छ। त्यहि कारणले होला युवा वर्ग जुन सुकै सर्तमा पनि विदेशिन बाध्य छ।

आफन्त, परिवार, र समाजले पनि छोरा छोरी विदेशमा हुनुलाई सानमानसँग जोडेर हेर्ने गरेका छन। यस्तो प्रवृतिले १२ कक्षा पास भएका युवा युवतीहरुमा विदेश जानु पर्ने एक प्रकारको मानसिक दबाब परेको छ। समाजले नै वैदेसिक रोजगारि लाई सामाजिक र आर्थिक हैसियतसँग जोडेर हेर्ने गरेको छ। यो ज्यादै दुखद पक्ष हो। नेपालमा श्रमको सम्मान छैन। सामान्य काम गर्ने आफन्तलाई हेर्ने दृष्टिकोण ठिक छैन। अर्को तर्फ विदेशमा जस्तोसुकै काम गरे पनि अपमान गर्ने कोहि हुदैन।

श्रमको सबैले सम्मान गर्छन। नेपालीहरु विदेसिनुको एउटा प्रमुख कारण यो पनि हो। देशभित्र महँगी बढेर सास्ती खेप्नु परेको छ। सामान्य नागरिकको दैनिकि निकै कष्टकर छ। त्यस्तो वेला युववाहरुले वैदेशिक रोजगारीलाई नै उत्तम विकल्प देखिरहेका छन। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु २५ देखि ३५ वर्ष उमेर समूहका छन। तर पछिल्लो समय प्लस टु सक्ने वितिक्कै विदेश जान खोज्ने युवा युवतीको सख्या अधिक छ।

यस अर्थमा देशको उर्जावान जनशक्ति अरु देशको विकासमा खटिएको छ। नेतृत्वलाई यसमा कहिले पनि चासो राख्दैन। एकातीर देशमा औद्योगिक क्षेत्रमा लगानी गर्र्न प्रयाप्त पुजी छैन, नेतृत्वसँग युवा वर्गलाई रोजगारि दिने आधार समेत छैन। अर्को तर्फ भएको जनशक्ति विदेश पलायन भइरहेको छ। यस्तो अबस्थामा देश विकास गर्छु भनेर भन्नु नेतृत्वको कोरा कल्पना मात्र हो।

याहा सम्म कि आफ्ना नागरिकहरुले ज्यान जोखिममा राखेर अर्काको देशमा सस्तोमा श्रम बेचिरहेको मा हामी गर्व गरिरहेका छौ। परिवारको लालन पालन र शिक्षा दिक्षाका लागि अनेक हण्डर खाएर विदेसिनु अधिकांस नेपालीहरुको रहर नभएर बाध्यता हो। सीप नसिकी विदेशा जाँदाको पीडा वैदेसिक रोजगारिमा जानेहरुलाई मात्र थाहा छ। देश भित्र रोजगारि दिन नसक्ने नेतृत्वले वैदेसिक रोजगारिमा जानेहरुलाई सीप सिकाएर पठाउन समेत सक्दैन।

यति मात्र होइन वैदेसिक रोजगारिमा गएका कतिपयस नेपालीहरु बाकसमा फिर्ता हुने गरेका कहाली लाग्दा घटना हरेक दिन घटिरहेका छन। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै १ हजार २ सय ४२ जनाले विदेशमै ज्यान गुमाए। यस अर्थमा वैदेसिक रोजगारिमा जानेहरुमध्ये दैनिक तीन जनाको मृत्यु हुने गरेको छ।

पछिल्लो १३ वर्षमा ९ हजार ४ सय २४ जनाको विभिन्न देशमा अकालमै ज्यान गएको छ। हृदयघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना बाट मृत्यु हुनु सामान्य जस्तै बनि सकेको छ। नेपालमै उद्यम गर्ने सक्ने अबस्था भएको भए विदेशमा यसरी ज्यान गुमाउनु पर्ने अबस्था आउदैन थियो।

नेताहरुले देशको अर्थतन्त्रमा योगदान पु-याएकै कारण वैदेसिक रोजगारि र विदेशबाट आउने रेमिट्यान्सलाई ठिक हो भनेर भनिरहेका छन। नागरिक आर्थिक रूपमा सबल हुने पक्ष राम्रो पनि हो। तर ज्यु धनको रक्षा नहुने गरि अव्यवस्थित र असुरक्षित रूपमा आफ्ना युवा वर्गले विभिन्न देशमा भोगेको पीडालाई नजर अन्दाज गर्न मिल्देन। केहि कमाउला परिवार लाई खुसी दिउला भनेर विदेसिएकाहरु बाकसमा फर्केको कहाली लाग्दा घटना यत्र तत्र छन। यो विषयमा सम्बन्धित सबै पक्ष गम्भिर हुन जरुरी छ।

जुन सुकै देशमा पनि नागरिकलाई समस्या परे सरकारले सहयोग गर्न सक्नु पर्छ। नागरिकबाट कर मात्र उठाउने होइन। उनीहरुको अभिभावक पनि राज्य नै हो भन्ने अनुभती गराउन सक्नु पर्छ। आज विश्वभर नेपालीहरु ठगिएका छन, हेपिएका छन, अनाहकमा मृत्युवरण गरिरहेका छन तर राज्यको ध्यान यस तर्फ जान सकेको छैन। आफ्नो उर्जाशील युवा वर्गलाई विदेश पठाएरु देशभित्र लुटतन्त्र मच्चाउने प्रवृतिका कारण आज देश र जनताले ठुलो मूल्य चुकाउनु परेको छ। सांकेतिक तस्बिर

Categories
समाचार

पाँचथर बस दुर्घटनामा गम्भीर घाइते भएका १६ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

नेपाली सेनाको एम( १७ हेलिकोप्टरले १६ जना बिरामी र तिनका तीन जना कुरुवासमेतलाई फिदिमबाट धरान पुर्‍याएको हो । बिरामीहरूको रेफरका लागि साँझसम्म पर्याप्त एम्बुलेन्स नभएको तथा घाइतेहरूको स्वास्थ्य अवस्था झनै जटिल हुने भएपछि नेपाली सेनाको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरेको हो ।

आज बिहान ११ बजे भएको दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । अहिले फिदिमस्थित समर्पित अस्पतालमा नौ जना र पाथीभरा अस्पतालमा आठ जना घाइतेहरूको उपचार भइरहेको छ ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा लेटाङ नगरपालिका( ६ मोरङका सात वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । एक जना मृतक महिलाको पहिचान हुन सकेको छैन ।

फिदिम नगरपालिका( ४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका( ४ सरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको थियो । अर्को सवारीलाई उछिन्ने क्रममा सडक छेउमा रहेको माटोबाट अगाडि बढ्ने क्रममा माटो भत्किई बस सडकबाट करिब २० मिटर तल झरेको थियो ।

दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोक बजारबाट ट्याक्सीमा निवु खोलासम्म आएका थिए । बाढीका कारण निवु खोलामा रहेको पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरू बसमा चढेका थिए । तर, बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।

यसअघि तीन दिनसम्म भएको वर्षाका कारण मेची राजमार्गसहितका सडकहरु अवरुद्ध भएका थिए । दसैँ मनाउन गाउँ तथा आफन्तकहाँ आएकाहरू सडक सहज भएपछि आज उक्त बसमार्फत गन्तव्यतर्फ जाँदै थिए ।