Categories
रोचक

सलमानसंग ९ वर्ष प्रेममा रहेकी पूर्व प्रेमिकाले सलमानवारे यस्तो कुरा खुलाएपछि फेरी चर्चामा

एजेन्सी । बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमीका फेरी एक पटक चर्चामा छन् । उनले सलमान र आफ्नो प्रेमका बारेमा केही कुरा खुलासा गरेकी छन् । उनी अहिले पनि अविवाहित नै छन् । करिब ९ वर्ष सलमानको प्रेममा रहेकी उनले अहिले भने उनले प्रेम छुटेकोमा कुनै पछुतो मानेकी छैनन् । उनी पछिल्लो ५ वर्ष देखि सलमानसंग सम्पर्कमा नरहेको बताएकी छन् ।

सलमानको थुप्रै नायीकाहरुसंग नाम जोडियो । तर उनको पूर्व प्रेमिका सोमी अलीसंग लामो समय प्रेममा रहे । सलमान आफ्नो फिल्मका अलावा अफेयर्सको कारण पनि चर्चामा आइरहन्छन् । उनको प्रेम जिवनमा कहिले उनले धोका खाए भने कहिले उनलाई धोका दिए । सलमानको नाम बलिउड अभिनेत्री रहिसकेकी सोमी अलीसँग पनि जोडिएको छ । सलमान र सोमी अली ९ वर्षसम्म प्रेममा थिए । तर उनीहरुको प्रेम पनि दिगो रहन सकेन ।

हालै अभिनेत्रीले सलमानसँगको प्रेमका बारेमा सार्वजनिक गरेपछि उनी चर्चामा आएकी छन् । उनी गत ५ वर्षदेखि सलमानसँग सम्पर्कमा नरहेको बताउँछिन् । उनले भनेकी छन्, उनीसँग टाढा हुन ठिक भयो । थाहा छैन उनको कति गलफ्रेन्ड रहे होलान् ।

उनी अगाडी खुलेर बताउँछिन्, म पछिल्लो ५ वर्षदेखि सलमान खानसँग कुरा गरेको छैन । मलाई लाग्छ जीवनमा अगाडी बढ्न जरुरी छ । हामी सन् १९९९ मा अलग भएका थियौं । मलाई थाहा थिएन त्यसपछि पनि उनको कति गलफ्रेन्ड रहे होलान् । मलाई यो सम्म थाहा छ कि उनको एनजीओ बिइङ ह्युमन फाउन्डेशनले राम्रो काम गर्दैछ । मानसिक रुपमा पनि सलमानसँग सम्पर्क नराख्नु नै मेरो लागि उत्तम हुन्छ ।

सोमी अली र सलमान खानको सम्बन्धको सुरुवात फिल्म बुलन्दको सेटबाट भएको थियो । सलमान खानसँग सम्बन्धमा रहेकी सोमी अली ४५ वर्षसम्म पनि अविवाहित छिन् । सोमीले बलिउडमा सैफ अली खान, मिथुन चक्रवर्ती र सुनील शेट्टीजस्ता स्टार कलाकारसँग पनि काम गरिसकेकी छन् । ९० को दशककी अभिनेत्री सोमी अली फिल्मी क्षेत्रबाट टाढा रहेर विदेश फ्लोरिडामा बस्दै आएकी छन् ।

Categories
समाचार

कोरोना माहामारीकै बीच पशुपतिमा साउने सोमबारको भीड (फोटो फिचर)

४ साउन, काठमाडौं । भगवान शिवको प्रिय महीना मानिने साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति छ ।

बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए । मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।

मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन् ।

कतिपयले त मास्कसमेत नलगाएको देख्न सकिन्छ । सूर्य मिथुन राशी भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

Categories
समाचार

४ वर्षकी बालिकाले गोठमा लाइटर खेलाइन्, आगलागी हुँदा जलेर निधन

काठमाडौ । सानी बालिकाले गोठमा असावधानीका साथ लाइटर चलाउँदा आगलागी हुँदा बालिकाको निधन भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को गोठमा आगलागी हुँदा एक बालिकाको निधन भएको हो ।

आईतबार भक्तिशरी राईको गाई गोठमा आगलागी भएको हो । गोठमा समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्का खेल्दै थिइन् । त्यही बेलामा भएको आगलागीले बालिकाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार आगोमा जलेर घाइते भएकी बालिकाको उपचार गर्न नपाउँदै ज्यान गएको हो।

त्यस्तै, आगलागीमा जलेर गोठमा रहेका दुई गाई र चार खसीबाख्रा पनि म रे का छन्। बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Categories
समाचार

भिखारीको ब्याग हरायो, प्रहरीले ब्याग भेटेपछि त्यसभित्रको पैसा देखेर उड्यो सबैको होस, कति रकम थियो ब्यागमा?

सडक किनार वा  घर घरमा गएर माग्ने वा मन्दिरमा बाहिर बसेर अरुसंग सहायता मागेर आफ्नो दैनिकि चलाउनेलाई भिखारी वा मगन्ते भनिन्छ । आफ्नो आर्थिक अवस्था कमजोर भएपछि उनिहरु जीउनकालागि सहायताको भिख माग्दछन् । तर यसरी भिख माग्ने मानिस साढे २ लाख भन्दा बढि रकम हराएको उजुरी गर्न प्रहरी चौकिमा पुगे, अचम्भित को नहोला? यस्तै भएको छ भारतको महाराष्ट्रमा ।

महाराष्ट्रको वैजनाथ मन्दिरमा बसेर दैनिक भिख माग्ने बाबूराव नायकवाडे नामक एक भिखारी आफ्नो ब्याग हराएको भन्दै प्रहरीमा उजुरी दिन पुगे । जब ब्याग भेटियो त्यसमा फेला परेको मोटो रकमले प्रहरी समेत चकित परे ।

बाबूराव, वैजनाथ मन्दिरमा हुदै आउने जानेसंग दैनिक भिख मागेर दैनिकि चलाउदै आएका थिए । उनी जे जति दानमा पाउथे सबै जम्मा गर्दै गए । तर उनले रकम जम्मा गर्दै गरेको ब्याग हरायो । जसका कारण उनको होसहवास उड्यो र खोजी गरीदिन सहायता माग्दै उनी प्रहरीकोमा पुगे ।

बाबूरावको उजुरी पछि शुरुमा पर्ली प्रहरीले भिखारीको ब्यागमा कति न रकम होला भनेर खोज्न आनाकानी गरे । तर बाबूरावको रोदन, उनको दयनिय अवस्था र कानुनत उजुरी आएपछि कर्तब्यको रुपमा प्रहरीले ब्यागको खोजी तिव्र पार्यो । अन्ततः करिब ३ घण्टाको खोजीपछि उनको ब्याग भेटियो । जसमा भारु १ लाख ७२ हजार २ सय ९० अर्थात २ लाख ७६ हजार ३ सय ४ रुपैयाँ फेला पर्यो । प्रतीकात्मक तस्वीर

Categories
समाचार

विहे नगरीकनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा

काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Categories
समाचार

यीनै हुन जो कसमिरमा सेना’को क’र्तव्य पालना’को सिलसिला’मा ज्या’न गुमाए’का २६ वर्षीय सरोज

सन्धिखर्क न पा वार्ड न : ४ वाङ्ला टुनिपोखरा निबासि आदरणीय दाजु गिर बहादुर श्रेष्ठ’को प्यारो एकमात्र छोरा सरोज श्रेष्ठको भारत’को जम्मु कस्मिर’मा भारतिय सेना’मा क’र्त्य’ब्य पालन’को सिलसिला मा स’बारि दु’र्घट’ना’मा परि अ’क’ल्प’नि’य अ’ल्पा’युमै २६ बर्सको कलिलो उमेर’मा नि’ध’न भए’को छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

दुःख’द नि’धन भयको’मा स्व’र्गि’य बाबु’को मृ’ता आ’त्मा प्र’ति भा’बपु’र्ण हा’र्दिक श्र’ध्दा’ञ्ज’लि ब्य’क्त गर्द’छौ ! साथै सो’क’को यस दु’खद घडि’मा सो’क स्त’प्ध परिबार जन’हरु प्रति धै’र्य धा’रण गर्न सक्ने स’क्ति श्री भ’गवान् प’सुपति नाथ’ले प्रदान गरुन । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

यो पनि पढ्नुहोस

एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?

जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।

कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।

विवाह गर्नैपर्छ त

न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।

पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।त्यसो भए विवाह गर्नैपर्छ त

यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।

विवाह बन्धन कि बाध्यता

हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।

हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।

यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।

गृहस्थी सुखको कुरा

तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

Categories
समाचार

दुनियाँकै रहस्यमय ठाउँ ‘एरिया ५१’, जहाँ एलियन्स आउने दाबी गरिन्छ

तपाईंमध्ये कतिले हलिउडको लोकप्रिय फिल्म म्यान इन ब्लाक हेर्नुभएकै होला । उक्त फिल्ममा आम मानिसहरुभन्दा टाढा अमेरिकी सरकारको एक गुप्त ठाउँ रहेको र त्यहाँ एलियन्स आएर बस्ने गरेको देखाइएको छ ।

यो फिल्म हेरिसकेपछि यो प्रश्न उठ्छ कि आखिर के यथार्थमा दुनियाँमा यस्तो ठाउँ छ जहाँ गोप्यरुपमा एलियन्स आएर बस्ने गर्दछ ?

फिल्ममा वर्णन गरिएजस्तै झण्डै मिल्दो एउटा ठाउँ हो एरिया ५१ । केही मानिसहरु यो ठाउँमा अमेरिकी सरकारले गोप्य रुपमा एलियन्सलाई लुकाएर राखेको दाबी गर्दछन् । साथै यो ठाउँमा अमेरिकाले एलियन्समाथि धेरै प्रयोगहरु पनि गर्ने गरेको दाबी गरिन्छ ।

एरिया ५१ अमेरिकाको नेभादामा रहेको छ । यो ठाउँ संसारकै सबैभन्दा रहस्यमय ठाउँमध्ये एक हो । एरिया ५१ को बारेमा विभिन्न लोकप्रिय डकुमेन्ट्री तथा फिल्महरु बनिसकेका छन् ।

वास्तवमा एरिया ५१ अमेरिकाको सैन्य अड्डाको उपनाम हो । यो क्षेत्र निकै दुर्गम तथा रहस्यमय छ । यो गोप्य स्थानमा केवल अमेरिकी सैनिकहरु मात्र देखा पर्दछन् । यो गोप्य स्थानबाटै अमेरिकी सरकारले आफ्ना कैयन् गोप्य मिसनहरुको योजना तयार गर्ने र कार्यान्वयन गर्ने बताइन्छ । विशेषज्ञहरुका अनुसार यो ठाउँमा अमेरिकी सरकारका यस्ता कैयन् गोप्य तथा रहस्यपूर्ण तथ्यहरु लुकाइएका छन् यदि त्यसको पर्दाफास भएमा संसारमै तहल्का मच्चिन सक्दछ ।

हुनछ आधिकारिक रुपमा एरिया ५१ लाई सैनिक प्रशिक्षण स्थल तथा एयरफोर्स फ्यासिलिटी सेन्टरका रुपमा मानिन्छ । तर विशेषज्ञहरुका अनुसार यो ठाउँमा अमेरिकी वैज्ञानिकहरुले अन्य ग्रहबाट आएका एलियन्समाथि अनुसन्धान गर्दछन् । यो ठाउँको आसपासमा यदि कोही बाहिरी मानिस देखिएमा त्यसलाई गोली हान्ने आदेश हुन्छ ।

एरिया ५१ का बारेमा मानिसहरुलाई तबमात्र थाहा भयो जब सन् १९६७ मा सीईआएका निर्देशकले भुलबस एउटा मेमो लिक गरे । उक्त मेमोमा एरिया ५१ को बारेमा जानकारी दिइएको थियो ।

एरिया ५१ आसपासको ठाउँ अहिले निर्जन छ । तर पहिले यस्तो थिएन । त्यहाँ ठूलो संख्यामा मानिसहरुको बसोबास थियो । अमेरिकी सरकारले जब आफ्नो विशेष प्रयोगका लागि यो क्षेत्रलाई कब्जा गर्यो तब सन् १९५५ मा यहाँको मानव बसोबास पूर्ण रुपमा खाली गराइयो ।

एरिया ५१ को आसपासका क्षेत्रमा पनि उच्च गोपनीयता कायम राखिन्छ । त्यहाँ कुनै पनि आम मानिसलाई यत्रतत्र घुम्न दिइँदैन । उक्त ठाउँका भनिएका कैयन् यस्ता भिडियोहरु सोसल मिडियामा भाइरल छन् जसमा अनौठा जीवहरु देखिन्छन् । ती जीव अन्य ग्रहबाट आएका एलियन्स जस्ता लाग्दछन् ।

एजेन्सी

Categories
समाचार

सेयर बजारमा फर्किएला उत्साह ?

३ साउन, काठमाडौं । पछिल्लो एक महीनामा सेयर बजारमा परिसूचक नेप्से १५२ अंकले घट्यो । जेठ ३१ गते हालसम्मकै उच्च अंक ३ हजार २५ अंक छोएको बजार असार ३१ गतेसम्म आइपुग्दा विभिन्न उतार चढाबका बीच दुई हजार ८८३ अंकमा सीमित भयो ।

आर्थिक वर्षको अन्त्य, मौदि्रक नीतिको पूर्व सन्ध्या र सरकार परिवर्तनको मुख्य घटनाका बीच सेयर बजारले उल्लेखनीय गति लिएन । यही बेला बजारमा बैंकहरुमा तरलताको अभाव हुने भयो, ब्याजदर दोहोरो अंकमा जाने भयो र सेयर बजारमैत्री मौद्रिक नीति नआउने हल्ला चल्यो ।

सेयर लगानीकर्ता छोटेलाल रौनियार नियोजित तीन हल्ला कारण सेयर बजारमा १५० अंकको गिरावट आएको बताउँछन् । ‘निश्चित मान्छेहरुले बजार घटाउन हल्ला चलाए, तर आजको बजारले त्यसको जवाफ दिएको छ,’ रौनियार भन्छन् ।

नाफा बुक गरेर बजारबाट बाहिरिएका केही समूहले चलाएको हल्ला चिर्न एक महीना लागेको भन्दै उनले अब बजारको गति नरोकिने दावी गरे । नकारात्मक हल्लाहरु पछिल्लो दिनहरु सकारात्मक भएको भन्दै उनले दुई अंकको बैंक व्याजदर, बजार विरोधी मौदि्रक नीति र तरलाता अब समस्या नभएको रौनियार बताउँछन् ।

बजारको स्थिरता र अन्यौल अब सकिएको सेयर लगानीकर्ता एवम् नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलको दाबी छ । आइतबारको बजार पूर्वानुमान अनुसार नै भएको र केही अघि नाफा बुक गरेर बाहिरिएका संस्थागत लगानीकर्ता बैंकमा लगानीका लागि पुनः बजार प्रवेश गरेको उनले बताए ।

‘बजार पर्ख र हेरको अवस्थामा थियो, अब सकारात्मक संकेत मिलेको छ, बजार नयाँ गतिमा अघि बढ्यो,’सभापति पौडेलले दाबी गरे ।

९७ अंकको संकेत

एक महिनाको उतारचढाब पछि साउन ३ गते सेयर बजारमा ९७.२१ अंकको हरियाली छायो । ११ अर्ब ६३ करोड बढीको कारोबार भएको बजारमा कारोबारमा आएका सबै उपसमूहमा हरियाली छायो ।

कारोबार रकम असार ८ पछिको सबैभन्दा धेरै हुन पुग्यो । यसअघि असार ८ गते १० अर्ब हाराहारीको सेयर कारोबार भएको थियो ।

ङादी ग्रुप, सिंगटी हाइड्रो इनर्जी, समृद्धि फाइनान्स, सिन्धु विकास बैंक र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने १६ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत भन्दा धेरैले बढ्न पुग्यो । कारोबारमा आएका २२१ कम्पनी ११२ कम्पनीको सेयर मूल्य बढेको थियो ।

आइतबार कारोबारमा आएकामध्ये मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४१ करोड रुपैयाँ, नबिल बैंकको ३८ करोड ६३ लाख, अरुण भ्याली हाइड्रो पावरको ३७ करोड ६८ लाख र एनआईसी एसिया बैंकको ३५ करोड ३५ लाखको सेयर खरिद बिक्री भएको थियो ।

यस्तै कामना सेवा विकास बैंकको ३४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको २८ करोड रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा किनबेच भयो । आइतबार विकास बैंक, वाणिज्य बैंक र फाइनान्स र जलविद्युतमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको थियो ।

हौसिने अवस्था छैन

अर्थमन्त्रीको अभिव्यक्ति बैंकहरुले सार्वजनिक गरेको बेसरेटका कारण बजारमा उच्च अकंको वृद्धि देखिए पनि हौसिने अवस्था भने नरहेको लगानीकर्ता प्रकाश तिवारी बताउँछन् ।

आइतबारको बजार यसअघि कै निरन्तरता भएको भन्दै उनले लगानीकर्तालाई संयमित रहन आग्रह गरे । अहिलेको अवस्थामा मौदि्रक नीतिले मात्रै बजारको भविष्य निर्धारण गर्ने भएकाले त्यसअघिको अवस्था चनाखो हुनुपर्नेमा उनले बताए ।

अहिले यसअघिको किर्तिमान तोडिने गरी बजार अघि बढेपनि लगानीकर्ता सचेत रहनुपर्छ । मौद्रीक नीति नै बजारको भविष्य तय गर्छ,’ तिवारीले भने ।

Categories
समाचार

उमेर नपुग्दै विवाह

काठमाडौं । जुम्लामा उमेर नपुग्दै विवाह हुने गरेको छ । सत्तरी प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । बालविवाह न्यूनीकरण गर्न जिल्लामा सक्रिय दर्जनौँ सङ्घसंस्थाले सचेतना कार्यक्रम गर्दै आए पनि प्रतिफल निराशाजनक छ ।

यहाँका केही स्थानीय तहले बालविवाह रोकथाम अभियान चलाउँदा ठूलो रकम खर्चे पनि उपलब्धि शून्य पाइएको छ । सडक नाटकदेखि घरदैलो जस्ता कार्यक्रम पनि बारम्बार भइरहेका छन् । औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा प्रभाव पार्न नसक्दा बालविवाह न्यूनीकरण हुन नसकेको हो । प्लान नेपालको आर्थिक सहयोगमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले जिल्लाका तीन स्थानीय तहमा बालविवाह न्यूनीकरणका लागि कार्यक्रम गरिरहे पनि ग्रामीण क्षेत्रमा बालविवाह घटेको छैन ।

विसं २०६८ को जनगणनाअनुसार जुम्लाको कूल जनसङ्ख्या एक लाख १८ हजार छ । यसमध्ये ५५ हजार ४४२ बालबालिका छन् । सत्तरी प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको एक तथ्याङ्कले देखाएको हो । क्याड नेपालका अनुसार कर्णाली प्रदेशमा सबैभन्दा कम डोल्पामा ४९ प्रतिशत र सबैभन्दा बढी रुकुमपश्चिममा ७१ प्रतिशत बालविवाह हुने गरेको छ । जुम्लामा ७० प्रतिशत बालविवाह छ । हुम्लामा ५२, मुगुमा ५७, कालीकोटमा ५९, जाजरकोटमा ६५, सुर्खेतमा ६८, सल्यानमा ६९ र दैलेखमा ७० प्रतिशत बालविवाह हुने गरेको क्याडका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईंले बताउनुभयो ।

गाउँमा बालविवाह हुने गरे पनि उजुरीका रूपमा मुद्दा नआउने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनुभयो । बालविवाह न्यूनीकरणका विषयमा जनप्रतिनिधि र स्थानीय सरकार सक्रिय नबनेकाले न्यूनीकरण हुन नसकेको बताइएको छ । बालविवाह अन्त्य गर्न स्थानीय सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको यहाँका सरोकारवाला बताउँछन् ।

विपन्न बालबालिकालाई राहत

जिल्लाको चन्दननाथ नगरपालिकाभित्रका १६९ विपन्न बालबालिकालाई राहत उपलब्ध गरिएको छ । अनाथ, असहाय र विपन्न बालबालिकालाई राहत दिइएको नगर उपप्रमुख अप्सरा महतले बताउनुभयो । नगरपालिका र युनिसेफ नेपालको सहकार्यमा सञ्चालित बालसंरक्षण कार्यक्रमअन्तर्गत महिला तथा बालबालिका शाखाले १० वटै वडाका विपन्न, असहाय, अनाथ बालबालिकालाई राहत प्रदान गरेको छ । सम्बन्धित वडाको सिफारिसअनुसार प्रतिबालबालिकालाई रु दुई हजार ५०० प्रदान गरिएको महिला तथा बालबालिका शाखा संयोजक पुष्पा थापाले बताउनुभयो ।

Categories
समाचार

बेवारीसे शिशुलाई महिला प्रहरीले गराईन स्तनपान, दुनियाँका आँखा रसायो, को हुन ति महिला प्रहरी ?

सामाजिक सञ्जालमा निकै भाईरल सबैले रुचाएको तस्विर जहाँ एक महिला पहरीले स्तानपान गराईरहेकी छिन् । यो तस्विर देख्दा सायद जोकोहिको पनि आखा नरसाउला भन्न सकिन्न । यो तस्विरको सम्बन्धमा खोज अनुसन्धान गर्दै जादा अर्जिेन्टिनाको रहेको पुष्टि भएको छ । अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलाई स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको त्यो महान कार्यले गर्दा उनलाई बढुवा समेत गरिएको छ । स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन् । अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उद्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन् । उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालाई स्तनपान गराएकी थिइन्। सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालाई स्तनपान गराए र उ शान्त भयो।’ सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए । तस्विर पोस्ट भए लगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो। बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलाई भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए ।

रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेन्टिनालाई यस्तै प्रहरी प्रशासन चाहेको प्रतिक्रिया दिएका छन्।